Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
चियाको चुस्कीमा देशको झझल्को
बूँद राना
 

आज सबेरै साढे चार बजे उठियो। उठाउने काम डुलवा -मोबाइल) फोनले गर्‍यो। यो डुलुवाले अहिले गर्नु गरेको छ। यसले नगर्ने भन्ने केही छैन। सल्लाहअनुसार सङ्गम होटलबाट सातदोबाटोमा निस्केँ। यतिखेर साढे पाँच बजिसकेको छ। आज काठमाडौँ फर्किनुपर्ने, सातदोबाटोबाट काठमाडौँको यात्रा १३३ किलोमिटर। पूरै पहाडी बाटो। समयको हिसाबले ६ घन्टा लाग्ने। सातदोबाटोमा म पुग्दा मलाई 'टाटा बाइबाई' भन्न गजलकार जित कार्की पनि आइपुग्नुभयो। अब हामी त्यो चोकमा चारजना यियौँ। राष्ट्रिय जनसाँस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य कालिका पाठक र सभासद् शान्ति पाखि्रन पनि काठमाडौँ फर्किंदै हुनुहुन्थ्यो। आज ०६८ चैत २६ गते।

हिजो दोलखाको सदमुकाम चरिकोट पुगेको थिएँ। आनन्द पोखे्रलसँग आनन्दसाथ। आनन्दजी पे्रस चौतरीको पाँचौँ अधिवेशन र मचाहिँ जनसाहित्यिक मञ्चको निम्तामा त्यहाँ पुगेको थियौँ।

ठीक ६ बजे हिँड्छ, भनिएको बसमा सिट सुरक्षित गर्न भनेर बसिहाल्यौँ। घुमीघुमी चिया बेच्ने एउटा युवकले बसको ढोकैनिर आएर चिया बेच्न थाल्यो। बिहानी बेला अलिअलि जाडै थियो। जाडोमा चिया राम्रै हुन्छ। हुन त चिया कहिले पो नराम्रो भा'छ र ? चियाको माग बढ्दै छ। ग्राहक थपिँदै गएका छन्। मागअनुसार ग्राहकलाई सेवा पुर्‍याउन युवक अभ्यस्त लाग्थ्यो। ऊ कत्ति हतारमा देखिँदैनथ्यो। कालिका र शान्ति बैनीका तर्फबाट मलाई पनि चियाको 'अफर' आयो। मैले पहिले त खान्नँ भनेँ पछि 'राम्रो छ दाजु, खानोस्' भन्दै बैनीहरूले एकसाथ सिफारिस गर्दा खाने मञ्जुरी दिएँ। तत्काल हातमा प्लाष्टिकको फुच्चे गिलास आइहाल्यो। चियाको चुस्की लिन थालेँ। स्व्ााद चिरपरिचित लाग्यो। दूध नराखेको चियापत्ती, चिनी, बिरेनुन र जिराको धूलोमिश्रति चिया थियो त्यो। यस्तो चिया भैरहवाको बजारमा धेरैचोटि खाइसकेको थिएँ। दुई वर्षअघि त्यो चियाको मूल्य तीन रुपियाँ थियो अहिले पाँच पुगेको रहेछ। तीनको पाँच झन्डै दोब्बर प्रतिशतमा मूल्यवृद्धि दर ६६ प्रतिशत। खेपेकै छन् ग्राहकले।

मैले उही बेला भैरहवामा चिया बेच्ने युवाहरूसित सङ्क्षिप्त कुराकानी गरेको थिएँ र थाहा पाएको थिएँ- उनीहरू भारतको पश्चिम बङ्गालबाट आएका हुन्। दिनको चार/पाँच सय कप चिया बेच्छन्। चिया बेच्ने 'एरिया' आपसमा निधो गर्छन्। चिया बेचेको आम्दानीबाट खाना खर्च, घरभाडा आदिमा खर्चेर हुन आउने बचतमा उनीहरू सन्तुष्ट छन्। सातदोबाटोमा यो युवक पनि पक्कै उतैको हुनुपर्छ भन्ने लाग्यो र बङ्गालीमै सोधेँ- बोलुन्, आपनी बाङ्गाल थे के ना कि ? -तपाईं बङ्गालबाट हो कि क्या हो ?)। जवाफ मैले सोचेजस्तै आयो, 'हेँ, अर्थात् हो। बसले 'घार्रघार्र' गर्न थालेथ्यो। अब त गुड्न पनि लाग्यो। यतिखेर मैले वैदेशिक रोजगारको नाउँमा हाम्रा देशका असङ्ख्य होनहार तर बेरोजगार युवाहरूले अन्य थुप्रैथुप्रै पीडाका साथै ज्यानै गुमाउनुपरेका तीता घटना सम्भिmन पुगेँ। अनि सोचेँ रोजगार त हाम्रै मुलुकमा पनि त रहेछ। खोजी नगरेर पो हो कि ?

गौरीशङ्कर बहुमुखी क्याम्पसको एउटा कक्ष जहाँ पे्रस चौतारीको पाँचाँै अधिवेशन हुने निश्चित थियो त्यहाँ पस्दा उद्घाटनसत्रको कार्यक्रमले गति लिँदै थियो। कार्यक्रमको अतिथिका रूपमा मलाई पनि आसन ग्रहण गराइयो।

यो आसन ग्रहणको कार्यक्रमले हामीकहाँ साँस्कृतिक मान्यता नै प्राप्त गरिसकेको छ। संस्कृतिको अभिन्न अङ्गजस्तो बनिसकेको आसन ग्रहण कार्यक्रम कति पीडादायी हुन्छ ? त्यसले समयको कति हानि गर्छ ? यतातिर सोचिनुपर्ने हो तर सोचिएको छैन। आसन ग्रहण कार्यक्रममा कहिलेकाहीँ त सहभागी दीर्घाको भन्दा मञ्चमा बस्नेहरूको ठूलो जमात खडा गरेको देखिन्छ। यस्तो किन गरिन्छ ? सायद सबैको चित्त बुझाइदिन, मन राखिदिन। यहाँ यो मनोविज्ञानले काम गरेको हुन्छ। अमूक व्यक्ति वा हस्तीलाई आसन ग्रहण गराएर सम्मान गरिएन भने उसको असन्तुष्टिले भविष्यमा नकारात्मक असर पार्न सक्छ, आदि।

पे्रस चौतरीको अधिवेशन १ बजेसम्म सम्पन्न हुने अनुमान गरिए पनि त्यसले फेल खाइसकेको थियो। विविध प्रतिवेदन वाचन, पदाधिकारी चयन, शपथग्रहण, शुभकामना ज्ञापन, नवनिर्वाचित पदाधिकारीबाट प्रतिबद्धता प्रकट आदि अधिवेशनसम्बन्धी थुप्रै औपचारिक व्यवहार गर्नु आवश्यक थियो। ती व्यवहारलाई उपेक्षा गर्ने कुरै थिएन। यी सबै काम कुरा सम्पन्न गर्दा झन्डै दुई घन्टा बढी समय कुर्नुपर्ने भयो साहित्यिक कार्यक्रमले।

अबेर भइसकेको हुनाले हतार गर्नु आवश्यक थियो। साहित्यिक कार्यक्रममा भने आसन ग्रहणमा धेरै समय खर्चिएन साहित्यिक कार्यक्रम अपेक्षाकृत रूपमा अन्य कार्यक्रमभन्दा रोचक हुने गर्छ। गजल, कविता आदि रचना सुन्ने, सुनाउने सहभागीको उपस्थिति राम्रो थियो।

जनसाहित्यिक मञ्च दोलखा शाखाको पुनर्गठन कार्यक्रम थियो त्यो। मञ्च पुरानो नभएर भर्खर दोस्रो वर्षमा प्रवेश गर्न लागेको अवस्थाले होला त्यहाँ प्रतिस्पर्धाको चर्को वातावरण थिएन। पुनर्गठन कार्यक्रमको सञ्चालन जसांम सङ्घकी केन्द्रीय सदस्य कालिका पाठकले निकै कुशलतासाथ गर्दै हुनुहुन्थ्यो। उहाँबाट प्रस्तावित नामहरूले फटाफट सर्वसम्मतिबाट समर्थन प्राप्त गरे। पुनर्गठनको कार्यक्रम यसरी सम्पन्न भएपछि कविता वाचनको कार्यक्रम थियो। सुरुमै सहभागीको तर्फबाट सामूहिक प्रस्ताव यस्तो आयो प्रमुख अतिथिको मन्तव्य थोरै र गजल धेरै सुन्ने। मैले मनमनै भनेँ- अहा क्या राम्रो प्रस्ताव ।

हामीकहाँ कामभन्दा कुरा धेरै गर्ने रोगजस्तै छ। पहिलोचोटि भेट हुँदा जो भेटिन्छ उसको नाम, गाम, पेसा, छोराछोरी र तिनको पढाइ, जागिरबारे जम्मै सोध्ने हाम्रो हक नै हो जस्तो ठानिन्छ। कार्यक्रममा वक्ता एकातिर श्रोता अर्काेतिर अर्थात् तेल र पानीका रूपमा रहेको प्रायः धेरैजसो ठाउँमा देख्न पाइन्छ। श्रोता आप\mनै गफमा मस्त वक्ता आफ्नै धुनमा व्यस्त। यो सबैदेखि बेहोरिआएको हुनाले मलाई त्यो प्रस्ताव मन परेको थियो। प्रमुख अतिथिको हैसियतमा नवनियुक्त अध्यक्ष जित कार्कीलाई बधाइ दिइयो र सहभागीको आग्रहअनुसार रचना पाठ गरियो।

दोलखा जिल्लाको नाम दोलखा किन

राखियो ? पढ्न पाएको छैन। चरिकोटका बारेमा सुनेको छु- कुनै एकजना तपस्वीका दाह्री वा केशलाई हो चरीले आफ्नो ओत बनाएको हुँदा चरिओतबाट चरीकोट भएको रे। दोलखालाई अनुमानकै आधारमा भनिहालौँ न दोलखाको कुनै भूभाग त्यसबेला जतिबेला यसको नामाकरण भयो दुई लाख मूल्यबराबरको थियो कि ? त्यो बेलाको दुई लाख रुपियाँ आजको मूल्यमा अरबौँ हुन सक्छ।

दोलखाबारे अर्को समयसुहाउँदो अनुमान यस्तो पनि गर्न मन लाग्यो- दो-दुई, लखा- लक्ष्य। हुन पनि यतिखेर सिङ्गो मुलुक दुईवटै लक्ष्यमा केन्दि्रत छ। शान्ति र संविधान। यी दुईथोकबाहेक अर्थोक केही सोच्ने अवस्था छैन। चरिकोट जाँदा सहयात्री आनन्द पोखरेलले कुशल 'गाइड'को भूमिका निर्वाह गर्नुभएको थियो। बाटोमा पर्ने प्रत्येक ठाउँलाई यो यस्तो भनेर चिनाउन छुटाउनु भएन। फर्किंदा त्यो अवस्था रहेन। बसको अघिल्लो सिटमा कालिका र शान्ति बस्नुभएको थियो भने म मध्यभागतिर घरिकुन-घरिकुन अपरिचित यात्रुसँग रहने अवस्थामा थिएँ।

फर्किंदा बाटोमा 'म्याग्नेसाइट' कारखानाको खिक्रिक्क अस्थिपञ्जर देखेँ। नेपाली खनिज पदार्थको त्यो कारखाना पहिलो र अत्यन्त महत्त्वको थियो रे। जनयुद्धताका त्यो बन्द भएको रहेछ। कारखानाको कङ्कालले भावुक तुल्यायो। सिङ्गो राष्ट्र नै अस्थिपञ्जरमा परिणत हुन थालेको शङ्काले मन थरर्र काम्यो।

दिनप्रतिदिन धराशयी हुँदै गइरहेको चारित्रिक र नैतिक मूल्यमान्यताको विकराल रूप जहीँतहीँ देख्न पाइन्छ। यतिखेर सबैसबै देशलाई केकस्तो योगदान दिने ? भन्दा पनि देशबाट आफू वा आˆनो समुदायले केकति लिने ? भन्नेतिर कम्मर कसेर घुँडा घसेर लागेका जस्ता देखिन्छन्।

म बुझ्न सकिरहेको छैन यो कस्तो यथार्थ र शाश्वत सत्य हो- आˆनो रगत आफँैले पिउनुपर्ने, आˆनो मासु आफँैले लुछ्नुपर्ने ? सोच्छु कतै हामी बुद्धि दिग्भ्रमित हुने युगमा त आइपुगेका छैनौँ ? होइन भने किन बन्द हुन्छन् त चलिरहेका कारखानाहरू ?

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px