डा. भोला रिजाल अर्थात् गाइने डाक्टर। गाइने डाक्टर यस अर्थमा कि उनी सुमधुर गला भएका डाक्टर हुन्, गाइने डाक्टर यस अर्थमा कि उनी प्रसिद्ध गाइनोकोलोजिस्ट अर्थात् स्त्रीरोग विशेषज्ञ हुन्। काठमाडौँको ओम हस्पिटल तथा जोरपाटीको नेपाल मेडिकल कलेजका एक संस्थापक डा. रिजालसँग उनको धार्मिक आस्थाबारे गरिएको छोटो कुराकानी।
. भगवान्को अस्तित्वमा विश्वास छ ?
भगवान् छैन भनेर कसैले प्रमाणित गर्न सक्दैनन्। मलाई अनुशासित बनाउने, सुमार्गमा लगाउने कुनै न कुनै शक्ति छ। त्यो शक्ति गुरु, महात्मा वा भगवान्बाट प्राप्त हुने भागवत कृपा हो भन्ने त्ाथ्यलाई आत्मसात् गरेको छु।
. पछिल्लोपटक गइएको मन्दिर ?
केही दिनपहिले नेपाल मेडिकल कलेज अत्तरखेल हातामा निर्मित मुक्तेश्वर महादेव मन्दिरमा दिनभरिजस्तो बिताएँ।
. बढी पि्रय लाग्ने भगवान् ?
सन्त, ऋषि, गुरुलगायत सबै भागवत तत्त्व नै पि्रय लाग्छन्। विशेषगरी भगवान् राम र कृष्णका भजन ब्ाढी गाएको छु।
.. धार्मिक उपवास ?
मुक्तिनाथजस्ता धार्मिक क्षेत्रमा पूजाआजा गर्दा उपवास लिने गरेको छु। मुक्तिनाथ मात्र ६ पटक गइसकेको छु।
. दैनिक पूजाआजा ?
मेरो घरमा श्रीमतीले मन्दिर नै बनाएकी छन्, जुठो सुत्केरो पर्दाबाहेक घरबाट प्रत्येक दिन बिहान अस्पतालका लागि निस्कँदा तथा बेलुका घर र्फकंदा सो मन्दिरको नित्य दर्शन गर्छु।
. शरीरमा जनै छ ?
-लामो हाँसो ....) जनै पूणिर्मा तथा श्राद्धमा नियमित रूपमा जनै लगाउँछु। विविध कारणले सधैँ जनै लगाउन असजिलो हुन्छ। अरू बेला जनैको श्रद्धामा कमी नआओस् भनेर सुरक्षित तथा शुद्ध ठाउँमा झिकेर राख्ने गरेको छु। मेरा गुरु तथा भक्तले दिएका रुद्राक्षको माला भने घाँटीमा सधैँ धारण गर्छु।
. गायत्री मन्त्रको स्मरण ?
गायत्री मन्त्र कन्ठस्थ छ। प्रत्येक बिहान इमेज टेलिभिजनबाट प्रसारण गरिने गायत्री मन्त्र पनि श्रवण गर्छु। नियमित नभए पनि कहिलेकाहीँ जप्छु पनि।
. ईश्वरीय शक्तिको अनुभव ?
०५८ जेठतिरको कुरो हो, स्वामी कमलनयनाचार्यसँग विराटनगरमा थिएँ। उहाँको आँखामा विचित्र भाव देखेँ र एकान्तमा उहाँसँग प्रश्न गर्दा राजपरिवार तथा मुलुकमा ठूलो विपत पर्दै छ भन्ने जवाफ पाएँ। यसको ठीक १६ दिनपछि दरबार हत्याकाण्ड भयो। यो घटनालाई प्रचारमा ल्याउन चाहेको थिइनँ।
. अहिलेसम्म दर्शन गरिएको ठूलो तीर्थस्थल वा धार्मिक मेला ?
भारतमा आईएस्सी पढ्दा बाह्रवर्षे कुम्भमेला गएको छु। यस्तै वराहक्षेत्रलगायत तीर्थस्थलको पनि दर्शन गरेको छु।
. भगवान् वा मन्दिरका नाममा दिएको चन्दा वा सहयोग ?
कमाएको केही अंश छुट्याउँछु। रकम नतोकौँ। यस्ता कार्य निरन्तर र अनगिन्ती चलिरहेका छन्।
. धार्मिक विद्वान् वा गुरुसँगको सङ्गत ?
डा. स्वामी प्रपन्नाचार्य, स्वामी कमलनयनाचार्य मेरो गुरुहरू हुनुहुन्छ। यस्तै स्व. नरनारायण बाबा, स्व. पण्डित नारायणप्रसााद पोखरेलसँग पनि मेरो राम्रो उठबस थियो। á
. अमृत कँडेल