Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
रासलिलामा क्रिकेट
प्रजित शाक्य
 

क्रिकेट इज जेन्टलमेन गेम' अर्थात् क्रिकेट भलाद्मीहरूको खेल हो भनिन्छ। यस भनाइलाई क्रिकेटरहरूले वषौर्ंसम्म मैदानभित्र र बाहिर अनुशासित र नियमसङ्गत बनेर सार्थक पारे। तर, आधुनिक क्रिकेटको पहिचान अब 'जेन्टलमेन गेम' का रूपमा रहेन। शालीन रूपमा खेलिने क्रिकेट २१औँ शताब्दीमा आइपुग्दा क्रिकेटको स्वरूप, ढाँचा, संरचनामा मात्र व्यापक परिवर्तन भएको छैन, फिक्सिङ, नशा, ग्लामर आदिले भलाद्मी खेलको छवि बनाएको क्रिकेट अहिले बद्नाम नै भइसकेको छ।

यही हप्तामात्र अस्ट्रेलियाका राष्ट्रिय क्रिकेटर पोमर्सबाख, भारतका स्पिनर राहुल शर्मा र दक्षिण अपि|mकाका तेज बलर वायने पार्नेल यस्तो यस्तो कारणले पक्राउ परे। इन्डियन पि्रमियर लिग -आईपीएल) खेल्न भारतमा रहेका पामर्सबाखले अबेर राति पार्टीमा रक्सी पिएर अमेरिकी महिलामाथि दुव्र्यवहार गर्नुका साथै उनका प्रेमीलाई निर्घात कुटे। जसको परिमाण उनी यतिबेला अदालतमा तारेख धाउँदै छन्। त्यसपछि राहुल र पार्नेल पनि अर्को रेभ पार्टी -अबेर रातसम्म चल्ने रक्सी, नशा, सेक्स पार्टी) मा पक्राउ परे। गैरकानुनी रूपमा आयोजना हुने हाईक्लास रेभ पार्टीमा रक्सी, सेक्समात्र होइन खुला रूपमा हेरोइन, कोकिनजस्ता लागूपदार्थ प्रशस्त भेटिन्छ। आईपीएलको सुरुवातसँगै अहिले नाइट क्लबमा क्रिकेटरहरू रक्सीको नशामा धुत हुने घटना निकै बढेका छन्।

आईपीएलमा यस्ता घटना विगतमा नघटेको होइनन्। आईपीएलका चियरलिडर्ससमक्ष खेलाडीले नै रात बिताउन राख्ने प्रस्ताव बाहिर आएकै हो। दक्षिण अपि|mकाका कप्तान ग्रायम स्थिमले एक चेयरलिडर्समाथि आँखा गाडेपछि ठूलै बखेडा भएको थियो। त्यसैले भन्न सक्छौँ, क्रिकेटमा ग्लामर्सको प्रवेशसँगै यो खेल अब जेन्टलम्यान गेमका रूपमा रहेन।

वास्तवमा यी सबै कमजोरीको प्रमुख कारण मादक पदार्थ नै देखिन्छ। यस्ता कैयौँ घटना छन् जहाँ चर्चित खेलाडीले रक्सी र नशाका कारण क्रिकेटलाई बद्नाम पारे।

अस्टे्रलियाका पूर्वकप्तान रिकी पोन्टिङ यस मामिलामा बद्नाम नै हुन्। सन् १९९९ मा पोन्टिङ र्फममा थिएनन्। टिममा उनको स्थान नै खतरामा थियो। सो समय इङ्ग्ल्यान्ड टिम अस्टे्रलिया भ्रमणमा थियो। उनी मैदानमा पटकपटक असफल बनिरहेका थिए। त्यसैले उनले असफलताको पीडा भुलाउन रक्सीको सहारा लिए। उनी एक स्थानीय बारमा पुगे र टन्न रक्सी पिएर बबाल गरे। सो घटना तस्बिरसहित सिड्नी मर्निङ हेराल्डले छापेपछि पोन्टिङले कति दिन अनुहार लुकाउँदै हिँड्नुपरेको थियो। यस घटनाले पोन्टिङको यति हाइहाई भयो कि उनले सार्वजनिक रूपमा माफी नै माग्नुपर्‍यो। पोन्टिङको चर्तिकला यत्तिमै सीमित छैन। यसअघि भारत भ्रमणमा कोलकातास्थित नाइट क्लबमा महिलाहरूसँग दुव्र्यवहार गरेपछि झगडामा सामेल भएका थिए। पोन्टिङले सो क्लबकी नर्तकीसँगै एक्लै नाच्ने जिद्दी गरेपछि झगडा बढेको थियो।

अस्टे्रलियाका एन्ड्रयु साइमन्ड्स र इङ्ग्ल्यान्डका एन्ड्रयु ˆलिन्टफलाई जँड्याहा क्रिकेटर नै भनिन्छ। विश्व क्रिकेटमा यी दुईको नाम सम्मानसाथ लिइन्छ। तर, खेलजीवनमा यी दुई उदाहरणीय बन्न सकेनन्। साइमन्ड्सको चम्किलो क्रिकेट जीवन त रक्सीको लतकै कारण समाप्त भएको भन्न सकिन्छ। सन् २००५ मा उनले रक्सी पिएपछि देखाएको चर्तिकला अहिलेसम्म सायदै कसैले भुलेका होलान्। इङ्ग्ल्यान्डमा बङ्गलादेशविरुद्ध एकदिवसीय खेलअघिको रात एक पबमा रक्सीले धुत भएर साइमन्ड्स बिहानमात्र होटल फर्केका थिए। सो समय अस्ट्रेलियाको टिम बिहानको खाना खान होटलमा थियो। साइमन्ड्सको स्थिति यस्तो थियो कि उनका साथी खेलाडीले होसमा ल्याउन उनलाई शावरमा राख्नुपरेको थियमो। यतिमात्र होइन उनी अभ्यासक्रममा पनि लड्खडाइरहेका थिए। यस घटनाले नियमित ११ मा रहेका साइमन्ड्सलाई १२औँ खेलाडी घोषित गरियो। सोही खेलमा बङ्गलादेशले अस्टे्रलियामाथि ऐतिहासिक जित हात पारेको थियो।

इङ्ग्ल्यान्डका अलराउन्डर ˆलिन्टफ पनि साइमन्ड्सभन्दा कम थिएनन् रक्सी पिउनमा। सन् २००६/०७ मा उनलाई कैयौँपटक सार्वजनिक स्थलमै रक्सीले मातेको भेट्टाइयो। सन् २००७ को विश्वकपको समयमा उनी महत्त्वपूर्ण खेलको अघिल्लो रात पबमा रक्सी पिएर बसेका थिए। जुन कारणले उनी दण्डित पनि भए। खराब बानी नसुधारेपछि उनलाई उपकप्तानबाट हटाइएयो। तत्कालीन प्रशिक्षक डङ्कत ˆलेचरले एक टुर रिपोर्टमा उल्लेख गरेका छन्- ˆलिन्टफ कति समय त मैदानमा पनि धुत भएर आउँथे जसले गर्दा उनले क्रिकेट बल थ्रोसमेत गर्न सक्दैनथे।

अभद्रता र अनुशासनहीनताको घटना यतिमा मात्र सीमित छैन। पाकिस्तानी खेलाडी पनि उत्तिकै बदनाम छन्। विगतमा दक्षिण अपि|mका

भ्रमणमा सोयब अख्तर र फैजल अकबरसमक्ष पोर्ट एलिजावेथको एक नाइट क्लबमा पूरै रात केटीहरूसँग मोजमस्ती गरेको आरोप लागेको थियो। पाकिस्तानका जुनियर टिमका खेलाडी जिसान परवेज त त्योभन्दा एक कदम अगाडि नै बढे। उनीमाथि जमैकाकी केटीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाकिस्तानकै साहिद अपि|mदी पनि विगतमा विमानमै केटीलाई 'मेन्टली हृयारेस' गरेकोमा आलोचित बनिसकेका छन्। सो समय अपि|mदीको उजुरी उनकै टिमका साथी खेलाडी अकिब जाभेदले गरेका थिए। यसैगरी, पाकिस्तानको मोहम्मद अक्रम र सक्लेन मुस्ताकको पिटाइ नाइट क्लबमा केटीहरूलाई जिस्क्याएपछि नै भएको थियो।

रक्सी र केटीमा मात्र होइन कति चर्चित क्रिकेट खेलाडीहरू ड्रग्समा पनि मुछिएका छन्। विगतमा न्युजिल्यान्डको टिम दक्षिण अपि|mकाको भ्रमणमा छँदा म्याथ्यु हार्ट, डियोन नैस, पि्रङ्गल र स्टेफन फ्लेमिल र वेस्ट इन्डिजका भ्रमणमा छँदा पाकिस्तानका वसिम अकरम, वकार युनुस, अकिब जाबेद, मुस्ताक अहमदले ड्रग्स लिएको पाइएको थियो। यिनीहरूले मारिजुआना नामको गभ्भीर लागूपदार्थ आफूसँगै राखेका थिए।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px