Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
सुनको ब्रा
वासुदेव गुरागाई
 

कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा छोराका लागि किन कन्जुस्याइँ गर्नु थियो र Û उनी यसो गर्थे । छोरी अर्काको थुपार्नु मात्र थियो, आˆनु एउटै पनि कतै कसैलाई दिनु थिएन ।

सार्वजनिक यातायात चल्ने सुविधाप्राप्त ठाउँमा पनि आठ/दस किलोमिटर बाटो पैदलै हिँड्न रुचाउने उनलाई पैसाको भने कत्ति पनि खाँचो थिएन । उनको काम-कारबाही र फुर्सद देख्दा लाग्थ्यो छोरा पाउनेबाहेक उनले अरू कुनै पेसा, व्यवसाय अँगालेका वा उद्योग सञ्चालन गरेका पनि छैनन् । कुन बाटो कसरी कतिखेर पस्छ थाहा छैन तर सम्पत्तिको विशाल समुद्र पन्छाउनै नसक्नेगरी सदासर्वदा उनको घरमा पसेको पस्यै हुन्छ । यो कुरा उनले भनिरहन पर्दैन । उनको हाउभाउ, गतिविधि, चालचलन र अन्य व्यवहारबाट सबै आँकलन गर्न सकिन्छ ।

सहरभरि उनको छुट्टै किसिमको रोवरवाफ छ । यस्तो देख्ता लाग्छ, चौबीस घन्टाको दिनरातमा कमसेकम आठ/दस घन्टा उनकै मात्र घरमा बास बस्छिन् सबैकी आराध्य धनधान्यकी देवी लक्ष्मी । यो बसाइबापत उनले दुवै मु्ठ्ठी खोलेर भाडा तिरेकी छन् यी कुवेरमानलाई । यदि यस्तो होइन भने उनको अरू कुनै अदृश्य कारोबार हुनुपर्छ सहरमा । जसले उनलाई जे छोयो त्यही सम्पत्ति बनाइदिन्छ र उनी यतिविधि धनाढ्य भएका छन् । तर, जेहोस् सरकारबाहेक यो अरूको चासोको विषय रहेन ।

ंं

मुलुकको प्रचलित कानुनको खिल्ली उडाएर थुपि्रएका छन् बिहेका निम्तारू । बोलाउनेले नै कानुन मिचेपछि आउनेले मिच्नु कुन ठूलो कुरो भयो र ? उपस्थितिको कुनै हिसाबकिताब छैन। उन्मुक्त छ वातावरण । खानपानको पूरै जिम्मा लिएका पार्टी प्यालेसका पौरखी सञ्चालक प्यालेस स्थापनापछिको इतिहासमै यति भ्याइनभ्याइ भएर खटिइरहेका छन् ।

यति व्यस्तताको खटाइमा पनि उनी दङ्ग परेर मनमनै यस्तो सोचिरहेका छन्- यो बिहेमा आउने सबैलाई खुवाइपियाइ गरेर राम्रोसँग पार लगाउन सके वर्ष दिनसम्म त आरामले खान पुग्छ मलाई । हुन पनि कार्यक्रममा आउनेहरू यतिविधि ओइरिएका छन् कि त्यत्रो भीड त सबैलाई सबैथोक गरिदिन्छु भनेर भरखर चुनाव जितेर आएको राजनीतिक नेताकहाँ पनि हुँदैन, अरूका के कुरा । बिहेमा आउनेको यो भीड देख्ता लाग्छ, सहरका कुनै पनि घरमा घर कुर्नेसम्म मान्छे छैनन् यतिखेर । सबै यहीँ उपस्थित भएका छन्, कुवेरमानको कान्छा छोराको बिहेभोजको निम्ता मान्न ।

खानपिनमा कसैलाई कुनै किसिमको बन्देज छैन । न केही रोकावट छ, न कुनै छोइछिटो । जसले जहाँबाट जे चिज जतिखेर जति सक्छ जसरी झिकेर खाए पनि हुन्छ । ठोस खाउ कि पेय । चिसो खाउ कि तातो । विदेशी खाउ कि स्वदेशी । काँचो खाउ कि पाको । शाकाहारी खाउ कि मांशाहारी । मिठाइ खाउ कि अरूथोक । सबै खुला छ । रोजीरोजी छ खुवाइपियाइ ।

भोजभतेरकै दिन भए पनि बेलाबेलामा ब्यान्ड बाजा घन्किरहेछ । कतिखेर क्यासेटका गानाबजानाले यिनलाई पालो दिइरहेका हुन्छन्, कतिखेर नाचगानले । पूरा वातावरण सङ्गीतमय छ । रोमाञ्चक छ । खाने खाइरहेछन्, नाच्ने नाचिरहेछन् । कोही पूर्वपश्चिम, देशविदेश सबै जोडेर गफिइरहेछन्, कोही मात्रा बढी भएर रन्थनिइरहेछन् ।

कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेभै"m कोही सेता नेप्किनले छोपेका गिलास हातमा उठाएर पश्चिमी शैलीमा ठाड्ठाडै छाती जुधाएर आलिङ्गनमा व्यस्त छन् । कसैलाई कसैको पर्वाह छैन । अरूथोक त के कुरा खानपिन, हाउभाउ, लुगा लवाइ वा अरू कुनै कुराले कतिपय निम्तारू त 'को भाले ?' 'को पोथी ?' झ्वाट्ट छुट्याउन पनि गाह्रो छ ।

कान्छा छोराको बिहे । निकै प्रफुल्ल छन् कुवेरमान । कहीँ, कतै, कुनै कुरामा कन्जुस्याइँ देखाएका छैनन् । हप्तामा दुई गाग्री पानी थाप्न हानाथाप गर्नुपर्ने सहरमा आयोजित कुवेरमानको यस भोजमा ड्रमका ड्रम खपत भए पनि फरक नपर्नेगरी बोतलबन्द विदेशी पेय तैनाथ छन् ।

कतिपय निम्तारू घरमा पानी पिउन नपाएको प्यास यिनै बोतलबन्द रसिला विदेशी पेयबाट मेटाइरहेका देखिन्छन् । कोही लुकेर पिइरहेछन्, कोही ढुकेर । कोही देखिएर पिइरहेछन्, कोही छेकिएर । अर्काको पाए चार पाथी चुक खाने नेपाली उखानलाई चरितार्थ पारिरहेछन् अधिकांश निम्तारू ।

भोज निकै राम्रोसँग जमेको छ । नपुग्दो केही छैन । खानपिनको जिम्मा पार्टी प्यालेसलाई दिए पनि यसमा कुनै किसिमको कमीकमजोरी नहोस् भन्नेमा निकै सजग छन् कुवेरमान । उनकै सिफारिसमा कतै खसी ढलिरहेछन्, कतै बँदेल । कतै कुखुरा भुत्लिइरहेछन्, कतै बट्टाई । कतै ताजा माछाका परिकार थपिएका छन्, कतै अन्य खानेकुरा । सबैमा उत्तिकै धुइरो छ खानेहरूको ।

सक्दो खानका लागि निम्तारुलाई आत्मैदेखि आपै"m उक्साइरहेछन् कुवेरमान । आˆना बाबुको अनुत्पादक नै भए पनि यस किसिमको पे्रमपूर्ण दाइँप्रति निकै सन्तुष्ट देखिन्छन् दुलहा । र त, कहिलेकाहीँ खुसुक्क अरूका आँखा छलेर उनी आˆनो नवविवाहित दुलहीलाई कुहिनाले घुचुक्क घुच्चा हान्छन् र आˆनो वैभवप्रति गौरवपूर्ण सङ्केत गर्छन् ।

शिशिर ऋतुको पहिलो महिना । साँझपखको भोज । हिउँ झरिहाल्न सकेको छैन । तथापि, मौसम हिउँलाई निम्ता गर्न तम्तयार भएभै"m देखिन्छ । हिमाली भेकतिर भए सडक र मानव बस्ती जहीँतहीँ बास बस्न आइसक्थे यत्तिको अनुकूलतामा ती हिउँहरू । तर, त्यस्तो आँट तिनले अझसम्म गर्न भ्याएका छैनन् यतिखेर यहाँ ।

कुवेरमान अघिदेखि नै भोजमा उपलब्ध एकखाले दृश्यले निकै झक्झकाइरहेछन् । यस्ता दृश्यले उनका मनमा निकै खुल्दुली मच्चाइरहेछ । खुट्टा भुइँमै भएर पनि कताकता भुइँमा टेकिएकै छैनभै"m भइरहेछ उनलाई। किनकिन मनमनै फुरुङ छन्। तैपनि कसैलाई केही भन्न सकेका छैनन् । आपै"mमा सीमित छन् उनी। कुरो पनि अनुभूत गर्नेजस्तो मात्र थियो, छ्वास्स अरूलाई भनिहाल्नेखालको थिएन ।

कुरो आधुनिक फेसनका थिए, त्यो पनि बिहेमा आएका निम्तारू महिलाको । कोही जूनेली रातमा देखिने केराका कलिला थम्बालाई बिर्साउनेगरी सुलुक्क परेका नाङ्गा पिँडुलामा देखिन्थे भने कोही अर्धनग्न जिउमा । गोडामा लुगा लगाउन भुलेजस्ता देखिनेमा बढी युवती थिए ।

आधुनिक जमानाका कम उमेरका युवतीलाई यस्ता कुरा सामान्य लाग्थ्यो । समय नबुझेका कुवेरमानजस्ता वृद्धलाई यो पचिरहेको थिएन वा यस्ता दृश्यले उनलाई अरू कामको एकाग्रताबाट विमुख गराइरहेको थियो उनै जानून् । तर, उनी पलपलमा यिनै दृश्यतिर बढी आँखा लगाइरहन्थे ।

अर्काथरि थिए जिउमा लुगा लगाउन भुलेजस्ता देखिने निम्तारू महिला । भोजमा यस्ताहरूकै बाहुल्य थियो महिला समूहमा । त्यस्तो जाडोमा यस्ता पहिरन देख्ता लाग्थ्यो, यिनीहरूको जाडो पनि पक्कै बाख्राले नै खाइरहेको छ । होइन भने चिसोको यस्तो तानाशाहीमा पनि उनीहरूमा जाडोको कुनै पर्वाह देखिँदैन ।

कम्मरमाथिको अर्धनग्न जिउ देखाएर पल्याकपुलुक फर्‍याकफुरुक गरेर यताउति कुद्नमै व्यस्त देखिन्छन् यिनीहरू । पटकपटक अर्काले हेरेकोमा यिनलाई खासै मतलब छैन, बरु नहेरेकोमा चित्त दुखाइ भएजस्तो देखिन्छ ।

कसैले नहेरिदिँदा उनमा अनेक किसिमको तर्कना पैदा हुन्छ । कतै म चाहेजति आकर्षक पो भइन् कि ? पहिरनमा कतै कुनै त्रुटि पो छ कि ? लगाइएका गरगहना नराम्रा र पुराना मोडलका भए वा लवाइसँग पो सुहाएन कि ? हो, अरूले नहेरिदिँदा यस्तैयस्तै मनोविज्ञानले सताइएभै"m देखिन्छन् तिनीहरू ।

हुन पनि तिनको लवाइ अचम्मकै छ । शिशिर ऋतुको यस्तो चिसो महिना । लुगलुग जिउ कमाउने जाडो । उनीहरूलाई त्यसको कुनै पर्वाह छैन । सुन, चाँदी, हीरा, मोती कहाँ-कहाँ के-के सुहाउँछ त्यसैमा सकेसम्म सजिएका छन् । लुगा लगाउँदा ती सबै छोपिने डरले यसरी नाङ्गिएभै"m लाग्छन् उनीहरू । गहना लगाएर लुगाले झपक्क छोप्ने हो भने यसरी लगाउनु र नलगाउनुमा खास अन्तर पनि के नै हुन्छ र ?

गहना लगाउनुको तात्पर्य आफू राम्रो हुनुमात्र होइन, अरूलाई देखाउनु पनि हो । कोभन्दा को कम ? भनेर सबैसँग नारिनु हो । प्रतिस्पर्धामा उत्रिनु हो । अघोषित रूपमा आˆनो औकात प्रदर्शन गर्नु हो । अझ योभन्दा पनि बढी त उनीहरूतिर पछारिने लोभी आँखाहरूलाई थिलथिलो पारेर मुकुर्‍याउनु हो ।

लोभी आँखाहरूका यी कुरा तिनले राम्ररी बुझेका छन् । गोलीगाँठा छोप्ने धोती र कान छोप्ने पछ्यौराका दृश्यमा अल्भिmआएका कुवेरमानलाई तिनका यस्ता भित्री अक्किल र मनोविज्ञानका कुरा के थाहा ? समाज कहाँबाट कहाँ पुगिसक्यो ÛÛ

कोही बालुवामा फलेका ताजा खरबुजाजस्ता अबोध वक्षलाई निबुवा छोप्नेजत्रा टालाले कसेर टाइँफाइँ देखाइरहेछन् भने कोही बडो सकससाथ अन्डाकारमा उत्रिएका छन् । कोही अल्छीमा 'हा...ई' गर्दाको मुखाकारका नाइटो देखाएर दङ्ग परिरहेछन् । कोही छातीको भित्री अङ्कुसे थुनेटोपीभन्दा बाहिरको लुगा सङ्ग्य्राएर सजिएका छन् ।

कतिपयका वक्षले स्वतन्त्रताका लागि आन्दोलन गर्न खोजिरहेभै"m लाग्छ । त्यसैले ती बेलाबेलामा निसास्सिएर बाहिरी संसार चियाउन तँछाडमछाड गर्दै तम्सिरहेका हुन्छन् । अथवा त्यतिसम्म स्वतन्त्रता तिनलाई दिइएको पनि हुन सक्छ ।

जेहोस्, जाडोको यस्तो निरङ्कुशतामा यिनलाई तोलाका लागि खोला बगाएका गहनाले तताएभै"m लाग्छ । चिसोको पर्वाह नगरी यसरी नाङ्गिएर थरिथरिका गरगहना प्रदर्शन गर्नुले बजार जतिसुकै महँगो भए पनि हामी नलगाई छाड्दैनौँ भनेर हाँक दिएजस्तो लाग्छ । नत्र अन्न र पानीको शरीर न हो, जाडो कसलाई पो हुँदैन र ? प्रकृति मान्छे त होइन नि Û आˆना र अर्कालाई भेदभाव गर्न । पक्षपात गर्न । उसका लागि सबै बराबर । सबै समान ।

समयले चौथाइ रात निलिसके पनि भोज सकिएको छैन । पलपलमा जाडो थपिँदो छ । निम्तारू आउने क्रम अझै जारी छ । एकपछि अर्को र अर्कोपछि फेरि अर्को गरी आउनेहरू सबैले अगाडिका फेसनलाई फिक्का पार्दै गइरहेछन् । रातको बत्तीमा भएर हो वा किन हो ? कुवेरमानका आँखा झन्झन् चम्किरहेछन्, निकै टाढाबाट सिकारको खोजी गर्ने गिद्धका आँखाभै"m ।

यस्तैमा आउँदै गरेकी एउटी निम्तारू महिलालाई देखेर कुवेरमानले हेर्दाहेर्दै आˆनु आँखा मिचे । फेरि उघारे, फेरि मिचे । यो क्रम दुई/चारपटक नै दोहोरियो । अनि, मनमनै उनले एउटा निक्र्योल निकाले, उनका आँखामा अहिलेसम्म कुनै भ्रम छैन । उनले जे देखेका छन्, सही देखेका छन् ।

चालकले इज्जतसाथ ढोका खोलिदियो । आउँदै गरेकी ती निम्तारू महिला बडा सजग भएर निर्धक्कसाथ गाडीबाट ओर्लिन् । ठमठम अगाडि बढिन् । सरासर आएर कुवेरमानसँग हात मिलाइन् । अँगालोमा बाँधिएर बधाइ दिइन् । गालामा चुम्बनको स्पर्श गरेजस्तो पनि देखियो । फटाफट फेरि अगाडि बढिन् । नवदम्पतीसँग हात मिलाउँदै बधाइ र शुभकामना एकैसाथ दिइन् । कुवेरमानलाई भै"m अँगालोमा एकछिन बाँध्न पनि भ्याइन् तिनले ।

यी नवागन्तुक निम्तारू आउनु अलि अघिसम्म त त्यहाँका दृश्यपरिदृश्यले कुवेरमानलाई मात्र झस्का दिएको थियो । आश्चर्यमा पारेको थियो । यी पछिल्ली निम्तारूको आगमनपछि कुवेरमान मात्र होइन, नवविवाहित दुलहादुलही र त्यहाँ उपस्थित अरू निम्तारू पनि उत्तिकै आश्चर्यमा परे । एकनाससँग झुम्मिएर तिनलाई हेरेको हेर्‍यै भए ।

यसरी आश्चर्यचकित हुनुमा एउटै मात्र कारण थियो, हाम्रो समाजका अगाडि अचम्मलाग्ने उनको पहिरन ।

यसअघिका निम्तारुले त ब्लाउज र चोलीको सट्टा प्रतीककै रूपमा भए पनि सानोतिनो टालो लगाएका हुन्थे जिउमा । यिनको त त्यत्ति पनि थिएन । अन्यत्र केके थियो कसैले ध्यान दिएनन् । तर, कम्मरमाथिको जिउमा भने टलक्क टल्किने ब्रामात्र थियो पहिरनका नाममा ।

सबैका आँखा यसैमा परे । देख्नेले सोझै अनुमान गर्न सक्थे कि उनले लगाएको त्यो ब्रा सक्कली सुनको थियो । बत्तीको मधुरो प्रकाशमा पनि त्यसले आˆनो परिचय लुकाउन सकेको थिएन र पूर्ण रूपमा आˆनो पहिचान दिन टलक्क टल्किएको थियो सबैसामु ।

र त्यत्तिकै गर्व गरिरहेथ्यो, सर्वत्र सुरक्षाको अनिकाल परिरहेको यस्तो समयमा पनि जोसुकैको पहुँच नपुग्ने त्यस सुन्दर तथा शान्त टाकुरामा निर्धक्कसँग टाँसिएर बास बस्न पाएकोमा ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px