Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
सुब्बिनी बज्यै
चूडामणि खनाल
 
दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन्

 । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने दिनभरि कार्यालयको नोकर र रातभरि आˆनै घरको मालिक हुन्छु । दिनभरिको कार्यव्यस्तताले गर्दा मैले घरमुलीले निर्वाह गर्नुपर्ने भूमिका रातको समयमै गर्नुपर्छ । मेरी गृहिणीले पनि दिनभरिको सारा वृत्तान्त सुनाउने समय बाँडेकी छन् खाने र सुत्ने बेलामा । त्यसैले होला मलाई अहोरात्रमा सबैभन्दा कष्टकर समय यही सुत्ने बेला हुन्छ । म सुब्बिनी बज्यैसँग दुई हात जोडेर बिन्ती गर्छु, "बज्यै Û मलाई सुतिन्जेल, पढिन्जेल, खाइन्जेल र कतै हिँड्ने साइत गरेको बेला कचकच र करकर नगर न ।" तर, मेरो यस करजोरी बिन्ती गराइको कुनै सुनुवाइ हुँदैन किनभने सुब्बिनी बज्यैलाई आˆनो दुःख बिसाउने सबैभन्दा सजिलो समय यही सुत्ने बेला नै जुरेको हुँदोरहेछ ।

''ए बूढा

 Û बैङ्कको चेक काटिदिनुहोस् न,'' निद्रामै सुब्बिनी बज्यै बोल्छिन्, ''बिन्दुको ब्याज तिर्नुपर्ने भयो, अर्को महिनामा त पूरै साँवा भनेकी छन् ।'' निद्रामै सुब्बिनी बज्यै फतफताउँछिन् । ''ग्यास सकिनै लागेको छ, भरेभोलि भएको छ,'' निद्रामै सुब्बिनी बज्यै दुःखेसो गर्छिन् । मेरी सुब्बिनीको बर्बराइ सुनेर मलाई लाग्छ- सपना भनेको पनि विपनाकै प्रतिविम्ब रहेछ । विपनामा नपुगेका कुरा नै सपनामा देखिँदोरहेछ । अनि म जुरुक्क उठ्छु र भन्छु- ए सुब्बिनी बज्यै Û निदाइन्जेल त आरामसँग निदाऊ न । त्यसरी बर्बराउन त भएन नि । तिमीले त बचेखुचेको इज्जत पनि बर्बराएर नै छारस्ट पारिदिँदी रहिछौ । बर्बराएको बेला त भए/नभएका कुरा पो फलाक्दी रहिछौ ।

'होइन बूढा

 Û तपाईंको जागिरे पद र हर्षबहादुरको जागिर खाने ओहोदा एउटै सुब्बा होइन र ? जागिरको नियुक्ति पनि सँगसँगैजसो भएझैँ लाग्छ, होइन र ? किन हाम्रो कमाइ र उनको कमाइमा आकाश जमिनको फरक छ ?' मैले भनेँ- हो, तर 'रोटी पनि हेर्नाका लागि हुँदा रहेछन् नि' । हर्षबहादुरले अर्थ मन्त्रालय छोड्नै परेन । मैले भने सञ्चार मन्त्रालयको हुलाकबाट मुक्ति नै पाइनँ । मैले यता यसरी स्पष्टीकरण दिँदै गर्दा उता भने सुब्बिनी बज्यैका आँखा रसिला हुन थालेछन् । सुब्बिनी बज्यै अवरुद्ध कण्ठले मसँग गुनासो गर्छिन्, "मैले सुब्बिनी बज्यैको इज्जत कसरी राख्ने हँ ? भोलिमात्र भतिजाको विवाहका लागि माइत जानु छ, आˆनो भने नाक, कान, घाँटी सबै रित्तै छन् । कति वर्षअघिको आˆनै बिहेमा लाएको मूल सारी लगाएर जाँदा माइतीले के भन्छन् हँ ? उही 'छिः छि छिः' र 'घिनाएकी' होइन ?" उनको आन्तरिक मर्मबाट मर्माहत भएपछि म लाज पचाएरै भन्छु- हामी भोलि बिहानै उठौँ र 'यो सुन पसल होइन'मा जाऔँ अनि एकजोर गरगहना ल्याऔँ, हुँदैन र ? तिम्रा माइतीले तिम्रो छड्के तिलहरीमा कसी लाउने छैनन् क्यारे ।

"यो 'सुब्बिनी' को इज्जत पनि कति महँगो छ

 । सुब्बाङ्गी अहिले जेजस्तो अवस्थामा भए पनि अघिअघि त हालको मन्त्रीको जस्तै थियो रे, यो निकै सम्मानित पद थियो रे । सुब्बाको सन्तान भनेपछि सात पुस्तासम्म नै इज्जतदार मानिन्थ्यो रे । हो बूढा ?" सुब्बिनी बज्यै सुब्बिनी हुन पाएकीमा गौरवबोध गर्छिन् र भन्छिन्, "मलाई भने यही सुब्बिनी पद गह्रुँगो भएको छ । 'सुब्बा साहेब' भएका बूढालाई सधैँ एकाङ्गी बनाउनु भएन भनेर भरथेगका लागि दुईटा पाठा ल्याएर पाल्न थालेँ । अहिले भने यिनै पाठा झ्याउ भइसके 'सुब्बा साहेब'को इज्जतले गर्दा । सुब्बिनी बज्यै घाँसको भारी बोकेर हिँड्न लाज लाग्दैन ? लोग्ने अड्डामा हाकिम, सुब्बा साहेब, सुब्बिनी बज्यै भने घाँस काट्तैमा बेहाल ।" सुब्बिनी बज्यैका हृदयदेखि नै आएको भक्कानोमा सान्त्वना दिँदै म भन्छु- काम गरेर खाँदा जाने इज्जत के इज्जत ? यदि तिमीलाई सुब्बिनीको इज्जत धान्न गाह्रो भयो भने भोलिदेखि हामी दम्पती बिहानै सँगसँगै उठेर घुम्न जाऔँ । हिजोआजको सभ्यताअनुसारको मर्निङवाक पनि हुने । यसै वाक्काका क्रममा उतैबाट एक/एक मुठा घाँस लिएर आएपछि पाठा पनि हुर्किने भए, तिम्रो इज्जत पनि यथास्थानमै रहने भयो, कसो हँ बज्यै Û म उनलाई थामथुम पार्छु ।

मेरी सुब्बिनी बज्यै मेरो देश नेपालजस्तै छन्

 । यस पहाडी मुलुकमा घुम्दै जाँदा एउटा डाँडो सकिएलगत्तै अर्को डाँडा अगाडि ठिङ ठिङ्गिएझैँ एउटा खोलो तरेपछि अर्को खोलो अगाडि तेर्सिएझैँ सुब्बिनी बज्यैका समस्या पनि एकपछि अर्को गर्दै अगाडि आउँछन् । मानुँ उनी समस्याको अजङ्गकी पोका हुन्, जुन पोकाको गाँठो जति फुकायो उति फुक्नै बाँकी रहन्छ झन् ।

यस महिनाको ३० गते पनि भोलि नै हो क्यारे

 । हाम्रो साझेदारीको बैठक पनि भोलि नै हो । भोलिसम्ममा मैले बाँकी रहेको तीन किस्ता बुझाइसक्नुपर्छ । साझेदारीको नियमानुसार ब्याज र हर्जना मैले तिर्नुपर्छ । उधारो खाएको बाँकी बक्यौता नतिरेकाले साहुजीले नराम्ररी आँखा तरेर हेरेका छन् । प्रत्येक मसहनाको अन्त्य/अन्त्यमा पाइने भएकाले तलबलाई महिनमारी भनिन्छ होइन त बूढा ? भोलि ३० गते हो, तलब बुझ्नासाथ घर आउनू नि नत्र ....।

म कम तलबी जागिरदार हुँ, त्यसैले होला मैले यस्ता नत्रहरू धेरै सुन्नुपर्छ

 । बिजुलीको महसुल नतिरे घरै अन्धकार हुन्छ, उसको नत्र ज्यादै धारिलो हुन्छ । केबुलको पैसा नतिरे सिङ्गै टेलिभिजन झ्यारझ्यार गर्छ । केबुलको नत्र...लाई पनि चानेचुने मान्नु भएन । टेलिफोनको लाइन काटियो भने सिङ्गै व्यवहार अवरुद्ध हुन्छ, सारा सम्बन्धसूत्र छुट्छ । यसको नत्र... कति धेरै पेचिलोे हुन्छ स्वतः अनुमान गर्न सकिन्छ । सबैभन्दा भय त मलाई नर्सरी कक्षामा पढ्ने नातिनीसँग लागेको छ, किनभने उसले भनेकी छे, "भोलि बोर्डिङको 'फी' नतिरे कक्षामा प्रवेश गर्न नदिने रे हबा । फी तिरिदिनुहोस् है हबा ।"

यस्तैयस्तै 'नत्र' सुनेपछि म मेरी पत्नी सुब्बिनी बज्यैलाई बोलाउँछु र मन बहलाउन खोज्छु

 । जागिरेहरूको पदीय जिम्मेवारीअनुसार वेतनक्रम न्यून र अधिक हुन्छ । न्यून वैतनिक वा अधिक वैतनिक जेजस्तोसुकै भए पनि नोकरी भनेको अकर्ैैको अधीनमा रहेर गरिने काम हो । तिमीमा र ममा ठूलो भिन्नता यही छ । मैले तिमीले भन्दा धेरै पढेलेखेको छु, त्यसैले मैले नोकरी गर्छु, म नोकर हुँ । पढेलेखेपछि नोकर हुनुपर्दो रहेछ । तिमीले पनि सुख र दुःखका काम गछ्र्यौ जिउनेक्रममा यस्ता काम गर्नैपर्छ तर आजसम्म तिम्रा नामका अगाडि दन्डस्वरूपको रातो मसीको चिह्न कसैले लगाएको छ त ? छैन । तिमी आˆनो मालिक आफँै हौ, तिमीलाई दाग लगाउने कसको तागत तर मेरो नामअगाडि राता चिह्न कति लगाइए कति गनिसाध्य छैन । त्यसैले सुब्बिनी बज्यै Û म नोकरभन्दा तिमी कति धेरै इज्जतदार छौ कति तुलना नै हुन सक्तैन । आत्मसम्मानभन्दा ठूलो सन्तुष्टि कहीँ पनि पाइँदो रहेनछ । 'कहाँको राधाराम, कहाँको गने भण्डारी' त्यसै भनिएको होइन रै'छ, गाँठे ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px