एसएलसी परीक्षाको नतिजा प्रकाशन भइसकेको। सबै विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्दि्रत छ। उनीहरू अहिले कलेज र विषय छनोटमा जुटिरहेका छन्। नेपालको वर्तमान शिक्षा प्रणाली नै अन्योलताबाट गुजि्ररहेको बेला विद्यार्थी र अभिभावकमा यी निर्णय लिनु निकै कठिन हो।
सर्वप्रथम विद्यार्थीले कुन विषय पढ्ने त्यसबारेमा निक्र्यौल गर्नु आवश्यक छ। त्यसपछि यो विषय आफ्नो अनुकूल छ कि छैन त्यो पनि हेर्नुपर्छ। साथीभाइको लहैलहैमा लागेर अथवा अभिभावकको दबाबमा आएर आफ्नो रुचि नभएको विषय लिएर पछि पछुताउनुपर्ने अवस्था आउनु दिनु हुँदैन। यस्तो अवस्थामा आफूले गरेको लगानी, मिहिनेत र समयमात्र होइन, विद्यार्थीको भविष्य पनि अन्योलमा पर्न सक्छ। त्यसैले यतिबेला विशेष सुझबुझसाथ साथीभाइ, घरपरिवार, समाज सबैको कुरा सुनेर, बुझेर त्यहीअनुसार निर्णय लिनु उत्तम हुन्छ।
एसएलसी पास गरेको विद्यार्थी पूर्ण रूपमा परिपक्व भइसकेका हुँदैनन्। उनीहरू साथीभाइ वा अरूको लहैलहैमा लागेर आफूखुसी निर्णय गर्न सक्छन्। यस अवस्थामा उनीहरूलाई सही मार्गदर्शनको आवश्यकता पर्छ।
आ
ˆनो छोराछोरीको भविष्य निर्माणमा अभिभावकको पनि ठूलो दायित्व हुन्छ। विषय र कलेजबारे विद्यार्थीलाई भन्दा अभिभावकलाई नै बढी थाहा हुन्छ। आˆनो इच्छालाई प्राथमिकता दिँदै वा सन्तानको चाहना नबुझी जबरजस्ती यो विषय यो कलेजमा पढ भन्नु अभिभावकका लागि उचित होइन। कतिपय अभिभावकको चाहना एउटा र सन्तानको चाहना अर्कै हुन सक्छ। यो अवस्थामा देश, काल, परिस्थिति हेरेर उचित विश्लेषण गरी त्यसैअनुरूप निर्णय लिनुपर्ने हुन्छ।
आफू के विषय पढ्ने भन्ने निर्णय गर्ने अधिकार सन्तानको हो भने उनीहरूलाई उचित मार्गदर्शन गर्ने काम अभिभावकको हो। कुनै विद्यार्थीले विज्ञान पढ्न चाह्यो, अभिभावकलाई अर्कै विषय पढिदेओस् भन्ने इच्छा हुन सक्छ। यस्तो अवस्थामा अभिभावक र सन्तानबीच स्वस्थ छलफल हुनुपर्छ। यदि विद्यार्थीको रुचिअनुरूप विषय पढ्दा भविष्यमा उपलब्धि हुन्छ भने उसकै रोजाइलाई स्वीकृति दिँदा राम्रो हुन्छ। यदि त्यसो होइन भने पनि उसलाई धेरै दबाब दिनु हुँदैन।
विद्यार्थीले विषय छनोट गर्दा अहिलेको अवस्थामा रोजगारमुखी विषय छनोट गर्नुपर्छ। विषय छनोटका लागि अर्को महत्त्वपूर्ण पक्ष बजार हो। रोजगारीमात्र होइन, आफूले व्यक्तिगत रूपबाट पनि धेरै गर्न सकिने विषय छन्।
अब विषय छनोटका लागि सामाजिक प्रतिष्ठालाई ध्यानमा राख्ने जमाना गइसक्यो। मेरो छोराछोरीले यो विषय पढेका छन् भनेर बाबुआमाले गर्व गर्ने समय अब रहेन। अहिले त जुनसुकै वा नामै नसुनिएका विषय पनि पढ्न सकिने समय आएको छ। त्यसैले कलेजमा यस्ता विषय पढाइ हुन्छन् र ती विषय पढेपछि भविष्यमा यस्तो सम्भावना हुन्छ भनेर विद्यार्थीलाई जानकारी दिई विषय छनोट गर्ने अधिकार उनीहरूलाई नै दिइनुपर्छ। यसका लागि अभिभावकका साथै एसएलसीसम्म अध्ययन गरेको विद्यालय र प्लस टु कलेजले समेत भूमिका खेल्न सक्छन्।
च्याउझैँ खुलेका प्लस टु कलेज र यिनीहरूका विज्ञापनका कारण कुन कलेज पढ्ने भन्ने एक किसिमको अन्योल छात्रछात्रा र अभिभावकबीच सिर्जना भएको छ। खासगरी धेरै पैसा तिर्नुपर्ने, अङ्गे्रजीकरण गरी राखिएका नाम र चमकदमक भएका कलेजकै बढी चर्चा भएको पाइन्छ। तर, वास्तविकता सोचेजस्तो हुँदैन। पढाइको स्तर सामान्य र चर्चित कलेजमा दुवैतिर सामान्यतया त्यतिविधि भिन्नता नहुन सक्छ। पढाइभन्दा अन्य कुरातिर बढी ध्यान दिने भएकाले नै उनीहरूको चर्चा बढी भएको हो। कलेज छनोट गर्दा स्तरीय अध्यापन कहाँ हुन्छ बुझ्नुपर्छ। यसका लागि उक्त कलेजमा अध्यापन गराउने शैलीबारे प्रारम्भिक रूपमै जानकारी लिनु उपयुक्त हुन्छ। त्यसैगरी त्यहाँका शिक्षकबारे पनि पूर्वजानकारी लिन सकिन्छ। यसका लागि त्यहाँ अध्ययनरत वा अध्ययन पूरा गरिसकेका विद्यार्थीको सहयोग लिन सकिन्छ।
कलेज छनोटमा दूरीको पनि ख्याल गर्नुपर्छ। आफूलाई कुन स्थानमा भएको कलेज ठीक हुन्छ भन्नेबारे पनि ध्यान पुर्याउनुपर्छ। यसले गर्दा पनि समय र पैसा बचत हुन्छ। कलेजको वातावरणले पनि अध्ययनमा असर पुर्याउँछ। भौतिक रूपमा साँघुरो र अति व्यस्त सडकछेउका कलेज उपयुक्त नहुन पनि सक्छन्। आफन्त एवम् परिवारले चिनेका मानिसद्वारा सञ्चालित भन्दैमा कलेजबारे जानकारी नै नलिई भर्ना हुनु हुँदैन।
जथाभावी शुल्क असुल्ने कलेजलाई पनि प्राथमिकता दिइनु हुन्न। कलेजले उपलब्ध गराएका सेवा सुविधाको औचित्य पुष्टि हुनेगरी मात्र शुल्क तिर्न विद्यार्थी तथा अभिभावक तयार हुनुपर्छ।
विशेषगरी सामान्य विज्ञान र कम्प्युटर विज्ञान विषय लिएका विद्यार्थीले कलेजको प्रयोगशालाबारे विचार गर्नुपर्छ। प्रयोगशालाका लागि बर्सेनि हजारौँ रुपियाँ उठाउने तर प्रयोगशाला सुविधा खासै उपलब्ध गराउन नसक्ने कलेज पनि यहाँ थुप्रै छन्।
यस्तै प्लस टु कलेजमा पुस्तकालय व्यवस्था अनिवार्य रूपमा हुनुपर्छ। कक्षाकोठामा शिक्षकले अध्यापन गराएको कुरा मात्र विद्यार्थीलाई पर्याप्त नहुन सक्छ। त्यसका लागि नाम कहलिएका लेखकले लेखेका प्रसिद्ध स्वदेशी र विदेशी पुस्तकको पनि आवश्यकता पर्छ र यसका लागि पुस्तकालय अति उपयोगी थलो हो।
कलेजको भौतिक संरचनाबारे विद्यार्थी तथा अभिभावकको ध्यान जानुपर्छ। चर्को शुल्क तिर्ने तर अध्ययन गर्दा कष्ट हुनेखालको भौतिक संरचना भएका कलेजलाई सकभर छनोट गर्नुहुन्न। सामान्य भए पनि कक्षाकोठा साँच्चिकै कक्षाकोठाजस्तो देखिनुपर्छ। पक्की भवन चाहिन्छ नै। न्यूनतम पूर्वाधार पुगेकै हुनुपर्छ। एयरकन्डिसन वा लि
ˆट हुनैपर्छ भन्ने होइन। कोलाहलमुक्त वातावरण आवश्यक पर्ने भएकाले त्यस्ता कलेजलाई छनोट गरिनुपर्छ।