Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
'माननीय' शब्द नसुनेकी सांसद
लक्की चौधरी
 

आठ वर्षको भएपछि शान्ता चौधरी स्थानीय गाउँको जमिनदारकहाँ कमलरी भइन्। विनाज्याला अरूको घरमा काम गर्ने सानी केटी या महिलालाई कमलरी भन्ने गरिन्छ भने केटालाई कमलर या कमैया। २०६२/०६३ सालको जनआन्दोलनअगाडि गाउँमा यस्तै प्रथा कायम थिए। गाउँमा हुनेखाने जमिनदारको रवाफ हुने गथ्र्यो। उनीहरू कमैया, कमलरीलाई खरिद बिक्री गर्थे। तीमध्येका एक शान्ता चौधरी दासी जीवन ज्युँथिन्। सानैदेखि माना, छाना र नानाका लागि सङ्घर्ष गरेकी शान्ताले एक दिन कमलरीबाट सभासद् हुन्छु भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर, समय बलवान् हुन्छ भन्ने उखानझैँ उनले एकाएक सभासद्को जिम्मेवारी पाइन्।

२६ वर्षको हुँदासम्म उनी कमलरी थिइन्। जीवनको १८ वर्ष उनले जमिनदारको काममा लगानी गरिन्। सरकारले ०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरेको थियो तर कमलरीले मुक्ति पाएका थिएनन्। त्यसैले कमैया मुक्ति घोषणापछि दासदासी जीवनबाट मुक्त हुनुपर्छ भन्ने एक किसिमको अभियान आन्तरिक रूपमा सुरु भयो। सोहीक्रममा कमलरी, हरुवा, चरुवा, हलियाहरूमा पनि मुक्त हुन पाउनुपर्छ भन्ने आवाज उठ्यो। त्यसैको परिणाम शान्ता चौधरी पनि जनआन्दोलन ०६२/०६३ सालपछि कमलरी जीवनबाट मुक्त भइन्। यद्यपि उनी कमलरी छँदै भूमिहीनको आन्दोलनमा संलग्न भइसकेकी थिइन्। जमिनदारका सदस्यको आँखा छलेर उनी आन्दोलनमा जाने गर्थिन्। दिउँसो समय नपाए राति पनि अभियानमा जान्थिन्। जमिनदारले उनको अभियान थाहा पाएपछि निकै दुःख दिएको उनीसँग अनुभव छ। यद्यपि, उनले अभियानलाई छाडिनन्। अभियानमा छँदा उनी कुनै पार्टीको सदस्य थिइनन्। उनलाई पार्टीमा प्रवेश गराउन माओवादी, काँग्रेस, एमाले र मालेले प्रशस्त प्रयास नगरेका होइनन्।

२०६४ चैत २८ को संविधानसभा निर्वाचन आउन थालेपछि उनले एउटा न एउटा पार्टी छनोट गर्नैपर्ने बाध्यता आइलाग्यो। भूमिहीन आन्दोलनताका उनले थुप्रै दलबारे सुनेकी थिइन्। जतिजति संविधानसभा निर्वाचन नजिकिँदै गयो, त्यतित्यति विभिन्न पार्टीका पदाधिकारीले उनलाई पार्टीको सदस्यता लिन दबाब दिन थाले। आफ्नो पार्टीको तर्फबाट संविधानसभाको उम्मेदवार बनाउने सबैले आश्वासन दिए। तर, उनले कुन पार्टीको सदस्यता लिनेबारे निर्णय लिन सकिरहेकी थिइनन्। यद्यपि, कुनै पार्टीको विचार भने उनले बोक्न थालिसकेकी थिइन्। भूमिअधिकार मञ्चको पदाधिकारीका नाताले मञ्चलाई पार्टीको आरोप आउला भनेर उनले सदस्यता लिन हिम्मत गरेकी थिइनन्।

मञ्चकै पदाधिकारीको दबाब र भूमिहीनको अधिकार सुनिश्चित गर्न पनि राजनीतिक दलमा आबद्ध हुनुपर्ने आवश्यकता उनले महसुस गरेर कुनै एक पार्टीमा जाने निर्णय गरिन्। काँग्रेसमा जाने उनको परिस्थिति थिएन। जमिनदारको घरमा दासी जीवन व्यतीत गर्नुपरेकै कारण उनलाई काँग्रेस मन परेन। माओवादीको क्रान्तिकारी नाराले उनलाई छोएको थियो। सशस्त्र युद्धताका उनले धेरै माओवादीलाई आफ्नै घरमा भात पकाएर खुवाएकी थिइन्। पटकपटक आफ्नै सानो झुपडीमा माओवादी कार्यकर्तालाई आश्रय दिएकी थिइन्। भूमिहीन, कमैयाका लागि ठुल्ठूला नारा उठाएको देख्दा उनलाई माओवादी पार्टी नै राम्रो हो कि

Û भन्ने नलागेको होइन। तर, जब उनको आफन्तलाई माओवादीले घाँटी रेटेर हत्या गरे, उनी विचलित भइन्।

उनको विचार मिल्ने साथीहरू एमालेमै रहेकाले उनले अन्तिममा एमाले पार्टीमै लाग्ने निधो गरिन्। संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष उम्मेदवार त बन्न पाइनन् तर समानुपातिक तर्फबाट संविधानसभा सदस्यमा छनोट भने भइन्। सभासद् हुँदा उनलाई कतिले 'माननीय' भएको भन्दै बधाइ दिएका थिए। तर, उनलाई 'माननीय' भनेको के रहेछ भन्नेसम्म थाहा थिएन। गाउँमा शान्ता सभासद् भएको खबर चलेपछि त्यो कुरा उनकी आमाको कानमा पनि पुग्यो। उनलाई सभासद् भनेको के हो भनेर सोधिन्। तर, सभासद् कसलाई भन्छन् भन्ने शान्तालाई पनि जानकारी थिएन। सभासद् भनेको काठमाडौँमा बस्ने ठूलो मान्छे, पैसा कमाउने र प्रहरीको बीचमा हिँड्नेसम्म उनलाई थाहा रहेछ। आफ्नी आमालाई उनले त्यही भनेर बुझाइन्। अबिर र माला लगाएर स्वागत गरेको देख्दा उनको श्रीमान्ले पनि 'शान्ता साँच्चिकै ठूलो मान्छे भइछे क्या हो' भन्ठानेछन्।

भूमिहीनको आन्दोलनमा लाग्दा शान्ता गाउँमा एक्लिएकी थिइन्। घर, परिवार, श्रीमान्को सहयोग पाएकी थिइनन्। बोक्सी, चरित्रहीनदेखि लिएर गाउँमा लगाइने सबै आरोप उनले खेपेकी थिइन्। तर पनि उनले हरेस खाइनन्। उनी आफू सभासद् हुनका लागि सङ्घर्ष नगरेको बताउँछिन्। अभियानमा लाग्दै गर्दा पार्टीले मूल्याङ्कन गरेर आफूलाई जिम्मेवारी दिएको उनको बुझाइ छ। जिम्मेवारी पाउँदा उनी खुसीभन्दा बढी दुःखी थिइन्। दुई सन्तानकी आमा, बच्चालाई कहाँ राखेर काठमाडौँ जाने ? उनलाई चिन्ता भयो। काम नगरी साँझ, बिहान बालबच्चाको मुखमा माड नलाग्ने उनको स्थिति थियो। सभासद्ले के गर्दा होलान्, कहाँ बस्दा होलान् भन्ने उनको मनमा खुल्दुली परेछ। सभासद् छनोट भएपछि उनलाई काठमाडौँ आउने खबर गएछ। त्यो पनि हवाईजहाजमा। उनले भूमिहीनको आन्दोलनमा लाग्दाताका एकपटक हवाईजहाजको यात्रा गरिसकेकी रहिछन्। ०६१ सालमा भूमिहीन आन्दोलन चर्केपछि सरकारले वार्ताका लागि बोलाएको रहेछ। उनको सबैभन्दा पहिलो काठमाडौँ आएको र हवाईजहाज यात्राको अनुभव त्यही थियो।

सङ्घर्ष गर्दा जस्तोसुकै काम सजिलो हुने आत्मविश्वास शान्तामा छ। संविधानसभाको अधिकांश विषयमा सहमति जुटे पनि राज्य पुनःसंरचनाकै विषयमा सहमति जुट्न नसकेपछि अन्तमा संविधानसभा नै विघटन भयो। विघटनले आफूहरूले गरेको मिहिनेत सबै खेर गएको उनको दुःखेसो छ। संविधानसभा, संविधान नबनाएर विघटन होला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन्। भूमिहीनको अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने जिम्मेवारी उनको काँधमा थियो। त्यो पूरा हुन सकेन। त्यसैले उनलाई निकै पीडा भएको छ। सभासद् पदबाट मुक्त भएपछि उनलाई गाउँ जान समस्या छ। कुन अनुहारले जाने, के भनेर जनतालाई मनाउने चिन्ता छ। यद्यपि, समस्या सभासद्बाट नभई प्रमुख दलका नेताहरूबाट भएको कुरा जनताले बुझेको हुनुपर्छ उनी भन्छिन्। त्यही कुरा लिएर उनी गाउँ जाने तयारीमा छिन्।

चार वर्षसम्म सभासद् भएर काम गर्दा उनले सबैभन्दा राम्रो काम कमैया, कमलरी, हलिया, हरुवा, चरुवा शब्द समितिको प्रतिवेदनमा उल्लेख गरेको सम्भि

mन्छिन्। प्राकृतिक स्रोत र साधन समितिको सभापतिको जिम्मेवारी पनि राम्रोसँग पूरा गरेको उनको ठम्याइ छ। तर, उनले आफूलाई चित्त नबुझेको काम पनि गर्नुपरेको सम्भिmन्छिन्। हदबन्दीभन्दा बढीको जग्गा सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुपर्ने प्रतिवेदनमा आफूले हस्ताक्षर गर्दा उनलाई निकै दुःख लागेको रहेछ। तर, पार्टीविरुद्ध जान नसक्दा आफूले जानीजानी सो कागजमा हस्ताक्षर गरेको उनले सुनाइन्। क्षतिपूर्ति दिँदा धनी झन् धनी र गरिबहरू गरिबकै गरिब हुने कुरा उनलाई थाहा थियो।

संविधानसभा विघटनलाई उनी आफ्नो सन्तानको हत्या गरेको झैँ महसुस गर्छिन्। आफ्नो बच्चालाई दूध चुसाउन नपाएर उनले एक सन्तान गुमाएको दुःख सुनाइन्। संविधानसभाको अवशान पनि त्यस्तै प्रकृतिको रहेको उनको बुझाइ छ। संविधान बनाएर हातमा संविधान लिएर गाउँ जान पाएको भए वातावरण अर्कै हुन्थ्यो तर खाली हात जानुपर्दा निकै उनलाई कठिनाइ भइरहेको छ।

 

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px