आयु आरोग्यले राम्ररी साथ दिए हाम्रो सातपुस्ते पारिवारिक संस्कार हो, आफूले जिजुबुबा-आमा देख्ने र आफू जिजुबुबा-आमा बन्ने। नभए पाँचपुस्ते त कहीँ नजा। आफूले हजुरबा-आमा देख्ने र आफू पनि हजुरबा-आमा बन्ने। एउटै गोलटोल मिलेर बस्ने। जीवन गुजाराको कारोबार छुट्टाछुट्टै गरे पनि आस्थाका धरोहर एउटै वरिष्ठतम व्यक्ति। तल्ला गराको पानी उपल्ला गरामा ननिस्किए पनि उपल्ला गराको पानी त चुही, रसाइ तल्लो गरामा र्झछ नै। आˆनै खुन पोलिहाल्छ नि Û साउँकोभन्दा ब्याजको माया। ... यस्तै-यस्तै भन्दै छुट्टििभन्न भएका आˆना छोराबुहारीका सन्तान अर्थात् आˆना नातिनातिना स्याहार्ने बूढाबूढीहरू। बूढाबूढीका हातपाखुरा चलुन्जेल आयआर्जनको साख नगिरुन्जेल हजुरबुबा-आमा बसेको घर सबै नातिनातिनालाई साझा धौलेघर।
दुःखमा गुहार भनेर चिच्याउन नपरी मद्दत जुट्ने, सुखमा निम्ताविना पनि सुख बाँड्न आउने त्यो निश्चल हार्दिकता। निम्ता नभनेकाले पनि साक्षी बक्ने, गीता, तामो, तुलसी, पीपल, आगो, द्यौ, पितृप्रतिको अटल आस्था र सत्यप्रतिको निष्ठा। त्यो सामाजिक एकताको दृढता। यस्तो हुँदाहुँदै पनि अझ पुग्दैनथ्यो हजुरबुबा र हजुरआमालाई। र, भन्नुहुन्थ्यो, ''सत्ते जुगमा जन्मियो, अहिले कलिको भुक्तान गर्न परिरहेछ।'' बूढाबूढीहरू कलहमा कलि देख्थे, मन मलिनतामा कलि देख्थे, सायद तीव्र परिवर्तनको अत्याहटमा पनि कलिको झझल्को आउँदो हो।
यो टुक्रिएको पारिवारिक परिवेश, केवल दुईपुस्ते बाध्यात्मक सीमाबद्धता। जन्मने र जन्माउनेबीचको सम्बन्ध। नातिनातिनाले हजुरबुबा-आमा चिन्दैन हजुरबा-आमाले आˆना नातिनातिना जान्दैनन्, उनीहरू भोकाएको जान्दैनन्, उनीहरू के खान्छन् कुन्नि त्यो पनि जान्दैनन्, उनीहरूलाई कसरी उचाल्नुपर्छ, कसरी काख लिनुपर्छ, त्यो पनि जान्दैनन्, उनीहरूलाई सेकताप, कानीकानी गर्नुपर्छ पर्दैन त्यो झन् जान्दैजान्दैनन्। थाङ्ग्रामा सुताउने हुने हो कि होइन त्यो पनि जान्दैनन्, सुतेको बेला यताउता सार्दा कोलाकोला भन्न हुने हो कि होइन Û शङ्का व्यक्त गर्छन्, सुतिरहेको बेला गुन्द्रीसित सार्दा नानी बाढ्यो नानी बाढ्यो भन्दा साह्रै पुरातनवादी होइने हो कि ? भित्रभित्रै त्राहीमाम बन्छन्। वर्ष दिनको दसैँमा स्वदेशमै मुग्लानी भएका छोराछारीको जहान घर भित्रिए। नातिनातिना खेलाउने बूढाबूढीको रहर छोरीपट्टकिो नातिलाई थिरिथिरि, तातेताते गराउन जोतियो। ज्वाइँ उदास देखिए। बूढाबूढी शिताङ्ग भए। नातिनीलाई धैयाधैया गराउँदै तारबाजी लैलै.. को लयमा लोली मिलाउँदा बुहारी निराश देखिई। बूढाबूढी झसङ्ग भए।
ए बूढाबूढी हो, तिमी पत्रु भइसक्यौ भनेर कसले भनिदेला उनीहरूलाई। अबको जमानाले न तिम्रो कुरा बुझ्छ न तिमीहरू नै आजको जमानाका कुरा बुझ्न सक्छौ भनी कसले बुझाइदेला ती आपस्तले भरिपूर्ण अनाथलाई। अबका केटाकेटी त भोक लाग्दा रुँदैनन्। उनीहरूलाई त घडीको समय हेरेर कैले न मैले बनेका सुख्खा तैयारी खानेकुरा दिनुपर्छ। ए बूढाबूढीहरू हो, तिम्रा पालामा पुराना धानका चामल खान्थ्यौ, खुवाउँथ्यौ। पुराना जौका सातु खानुपर्छ भन्थ्यौ, पुराना मकैको आँटो पथी -पथ्य) हुन्छ भन्थ्यौ अहिले पनि पुरानु त छोडिएको छैन, पुरानिएका पीठाको खुराक, ओजिनोमोटो मन्द विष घोलेर, प्लास्टिकमा पोका पारी परानु गराएर खुवाउने चलन छ। उचालिने र काखिने बानी कहाँ छ र उनीहरूमा कोल्टे पर्ने, कोखो र्फकने अवस्था नहुँदै चाइल्ड केयर सेन्टर -शिशु स्याहार केन्द्र) मा भर्ना हुन्छन्। उनीहरूको सेकताप त जगत् साझी सूर्यैले गर्छन्। तिमीहरू भन्दा हौला जसको कोही छैन उसको भरोसा ईश्वर हुन्छ तर हर यिनीहरूको सबै हुँदाहुँदै पनि त नानी ताती नानी ताती भनेर तेलमा लतपतिएको तातो हाल उनको शरीरमा पर्न पाएन। पुराना, भाँचिएका हलाका ठुटा चिरेर रनकठाहा लाएर सुत्केरी सेक्ने चलन धेरै पुरानु भइसक्यो। बच्चा सेक्दा सुत्केरी पोसिन्छन् भन्थ्यौ। जति तेल लगाएर माड्यो सेक्यो उति छिटो बच्चा सपि्रन्छन् भन्थ्यौ अब ती कुरा उहिलेका भएर खुइलिइसकेका छन्। बच्चा सेक्दै गरेका हातले आˆना चन्डी पुर्पुरा सेके सुत्केरीको टाउको दुख्दैन भन्ने कुरा अहिले आहान भएको छ। कुनामै हुँदा कोखा र तल्लो पेट सेक्दा बाओँरो -तल्लो पेट ठूलो देखिएर सधैँ दोजियाजस्तो देखिने स्थिति) रहन्न भन्ने भनाइ अहिले उखान भएको छ।
ए वृद्धात्माहरू Û तिम्रा पालामा जस्ता आडिला थाङ्ग्रामा केटाकेटीलाई सुताउने कल्पना गर्दा हौ। अहिले त लचकदार डन्लपमा सुताउने चलन छ। निद्रा नबिथोल्न प्रयोग गर्ने सासैसासले उच्चारण गर्ने कोलाकोला ... तिम्रो मन्त्र त सायद कोकाकोला, कोकाकोला भएको छ होला, जुन अन्तर्राष्ट्रिय पेय पदार्थ तिम्रा नातिनातिनाका पेटमा गोरस प्रवेश गर्नुभन्दा अघि नै प्रवश गरिसकेको हुन सक्छ। त्यसै आधुनिक भइन्छ र Û तिमीहरू नातिनातिनासँग बोल्न जान्दैनौ। स्टान्डअप स्टेप-स्टेप भन्नुपर्नेमा उही थाङ्गे्र थिरिथिरि तातेताते भन्दा ज्वाईंको अनुहार उब्लेको तिमीहरूले पनि ख्याल गरे हौला। धैया नानी धैया भन्दा ताराबाजी लैलैको लयको अलापले बुहारीका अनुहार भुतुक्क निभेको याद गरे हौला। त्यसबेला तिमीले 'ट्वीङ्कल ट्वीङ्कल लिटल स्टार हाउ आई वन्डर वाट यु आर' गाउन जान्नुपथ्र्यो। नजाने चुपचाप बस्न सक्नुपथ्र्यो।
ए दाँत झरेका गाउँमा बस्ने सत्यात्माहरू, तल्लो पुस्तालाई संस्कार दिने तिम्रो हतार र छटपटी हर्ने लायकको छ। संस्कार दिने हो कि लिने ? यो त दिनेभन्दा लिने हो। अनुभूति पनि त दिनेभन्दा बढ्दा लिने हो। तिमीहरू त महासागर हौ, ज्ञान र अनुभव सागर जसले जत्रो भाँडो लिएर आउँछ उत्ति पानी लिएर जान्छ। गोरुलाई पानीघाटसम्म लिएर जान सकिन्छ, पानी आफँैले खानुपर्छ। तिमीहरू त्यै गाउँमा महासागरझैँ अटल भई रहन्न, निश्चल र निश्छल भइरहनू। कुनै दिन तिम्रै सन्तान समाज कल्याणमन्त्री बनेर तिम्रो जीवनको उल्टो गनाइको निरीक्षण गर्न, वृद्धाश्रमको प्रतिवेदन तयार गर्न हेलिकोप्टर चढेर आउनेछन्। प्रतीक्षा गर्नू।
अव्यवस्थित खचाखच खाँदिएको बसोबास नै सहरी जीवनको परिभाषा। उच्च अहम्, तीव्र छटपटी। अस्तव्यस्त बसाइलाई सहरिया सभ्यता ठान्ने एउटा कोरा भ्रम। आमा भए कर हुन्थ्यो, बुबा भए भर हुन्थ्यो, सासू भए डर हुन्थ्यो, ससुरा भए भर हुन्थ्यो, थकित सुस्केरापछिका परिकल्पना। केवल कृत्रिम अभावको नाटकमात्र। अहिले स्वतन्त्रताका नाममा एक्लै रुने, एक्लै कुहुने अवस्था छ। लैङ्गिक समता शिक्षाले विपरीत लिङ्गीको परिपूरक स्वभावको व्याख्या गर्न नसक्दा द्वन्द्व सिर्जना भएको छ। यही द्वन्द्वको तमासा हेर्दै हुर्केका बालबालिकाले आमालाई झिँगाको लेखा र बुबालाई झुसे बारुलोको हैसियतमा बुझ्ने गरेका छन्। बीसवर्षे बालबालिकाको बाल अधिकारले बाआमाको कर्तव्यबोधको बोझ अझै थपिँदो छ। 'अरू कोही नभए धुरी खाँबालाई सोध्नू' भन्ने कथन त्यसै बनेको होइन रहेछ। सबैलाई गल लागिरहेको छ। जीवन काटिएको चङ्गाजस्तो सबैलाई अनुभूति भइरहेछ।
आमा अस्पतालमा छटपटाइरहँदा छोराछोरीको मात्र फोन आउँछ। बाबु मृत्युशय्यामा घिटीघिटी हुँदाको घिटकिसो सुनिदिने कोही छैन। पूरा गर्ने त धेरै परको कुरा। मृत्यु संस्कारको संवेदनशीलता केवल औपचारिकतामा परिवर्तन भइरहेको छ। स्नेहशील आदर््रता शून्यतर्फ उन्मुख छ। आँसु र हाँसो रित्तिएको उराठ जीवन Û कौवाको, बाँदरको जत्तिको एकता पनि मानवीय एकताका लागि ठूलो चुनौती बनेको छ। आमाले झैँ दूध खुवाएको भनी गाई, भैँसी र बुबाले झैँ आर्जन खुवाएको भनी गोरुको मलामा गर्दाको दिन छाक छाड्ने कुरा केवल शुष्क सम्झनाका लागि मात्र।
बाबु, छिट्टै फर्किस् त स्वास्थ्यले साथ दिएन कि Û सन्चै त आइस्।
आमाबाबा, मैले मेरो अभिभावकीय छाता धुजाधुजा पारेको छु। अब सिलाउँदा धागोले कपडा काट्ने कपडाले धागो काट्ने हुन्छ होला। अब म जीवनभरि यही पश्चातापमा तड्पिरहनेबाहेक कुनै विकल्प छैन।
प्यारो औतार तैँले छाता च्यात्दै गर्दा बाबा आफैँ रुझिन्छ नि भनेकै थियौ। कानमा बतास लागेन। अहिले तँलाई समयको झरीले कुट्दा कालक्रमको घामले पोल्दा हामी तमासे बन्नुको विकल्प रहेन। हामी केवल अनचिनारु रमिते बन्न बाध्य छौँ। बाबु, यो छाता सानो झरीमा वषिर्ने, सानो हावामा उल्टिने, चर्को घामले फाटिहाल्ने छाता होइन। यो असली घरबुनाको छाता हो। यो त जति भिज्यो उति नबर्सने, जति तात्यो उति शीतल दिने, जति तुन्यो उति बलियो, जति पुरानिँदै गयो उति बाक्लिँदै जाने जातको छाता हो। ए बुढेसकालका बैसाखी, तैँले मात्र अपनाइस् भने यसको म्याद अझै कटिसकेको छैन।
विद्यार्थी जीवनमा सीपका लागि मेरो हात अभ्यस्त हुन सकेनन्। परिश्रमका लागि मेरो जिउ माडिएन, दाइएन। विकासका लागि अठार घन्टासम्म पनि काम गर्न पछि नपर्ने देशमा पुगेको म एक निम्नस्तरको ज्यामी त्यहाँ के काम गर्न सक्थेँ र केवल तमासे बनेर आएँ। परिश्रमले सानो हुने भए ती देशवासीको अस्तित्व उहिल्यै विलीन भइसक्थ्यो। अरूलाई आदर सम्मान गरेर सानो हुने भए उनीहरू भुसुनाभन्दा साना हुने थिए। सक्दो काम सबैले गर्नुपर्छ, परिश्रमप्रति श्रद्धा गर्नुपर्छ भन्ने मान्यताले नै उनीहरूका नाम विश्वमा चम्किरहेको छ। मेरो सत्र वर्ष अध्ययनभन्दा त्यो देशको ६ महिने असफल भ्रमण मेरा लागि उच्च शिक्षाप्रद रहृयो। त्यहाँ मैले जीवनमा शिक्षा देखेँ र शिक्षामा जीवन। देशवासीको परिश्रमको चमक त्यस देशको मुद्रामा देखिँदोरहेछ। मेरो अर्थशास्त्रमा स्नातकोत्तर तहको प्रथम श्रेणीको दीक्षा त्यहाँ पाएँ। छाता च्यात्ने प्रवृत्ति अन्त्यका लागि आˆनो र तल्लो पुस्तालाई तालिम गर्ने प्रण मेरो अन्तस्करणले गरेको छ। अब अभिभावक नतड्पिने वातावरण सिर्जनाका लागि लाग्ने वाचा मेरो अन्तरआत्माले गरेको छ। बाबाआमा, दसैँमा मलाई यही आशीर्वाद चाहिएको छ। हामी र हामीजस्तालाई यही चाहिएको छ। á