Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
गर्न अझ धेरै बाँकी छ
केशवराज खनाल
 

लितकलाको दोस्रो महाकुम्भ मेला अर्थात् दोस्रो राष्ट्रिय कला प्रदर्शनी राजधानीमा सुरु भएको छ। राष्ट्रपति रामवरण यादवद्वारा जेठ २९ गते उद्घाटित यो मेलामा देशका कुनाकाप्चाबाट सयौँ कलाकार उत्साहसाथ सहभागिता जनाएकाले पनि ललितकलाको महाकुम्भमा परिणत भएको हो। यस वर्ष आयोजकले राष्ट्रप्रमुखको हातबाट दुई वरिष्ठ चित्रकार मास्टर जीवरत्न शाक्य र कर्णनरसिंह राणालाई 'ललितकला प्रज्ञा सम्मान' द्वारा सम्मानित गर्‍यो।

असार १६ गतेसम्म सञ्चालन हुने यस दोस्रो राष्ट्रिय कला प्रदर्शनीमा विभिन्न नौ विधा र पाँच विकास क्षेत्र गरी जम्मा ३१ कलाकार सम्मानित/पुरस्कृत हुने सौभाग्य पाए। जसअनुसार परम्परागत चित्रतर्फ काठमाडौँका अमृत डङ्गोल प्रथम भए भने दीपेन्द्र सिंखवाल र महेश डङ्गोलले विशेष पुरस्कार प्राप्त गरे। परम्परागत मूर्तिकलामा कलाकार पूर्णकाजी शाक्यले प्रथम स्थान ओगटे भने चन्द्रश्याम डङ्गोल र निरोज नापितले विशेष पुरस्कार पाए। तीनैजना कलाकार ललितपुरका हुन्।

समसामयिक चित्रकला विधामा भक्तपुरका मुकेश श्रेष्ठ प्रथम भए। जीवन राजोपाध्याय, काठमाडौँ र सोलुखुम्बुका अर्जुन खालिङले विशेष पुरस्कार जिते। समसामयिक मूर्तिकलातर्फ अगम श्रेष्ठले प्रथम, सारन तन्डुकार र नवीनकुमार गुरागाइर्ंले विशेष पुरस्कार पाए। लोककलामा अमिरमान चित्रकारले प्रथम पुरस्कार हात पारे भने सप्तरीका बच्चालाल चौधरी र धनुषाका लक्ष्मण मन्डलले विशेष पुरस्कार प्राप्त गरे। हस्तकलातर्फ रामकृष्ण सुवाल प्रथम, एकराज शाक्य र शेषमान महर्जन विशेष पुरस्कारको हकदार बने। वास्तुकलामा काठमाडौँकी सपना शाक्यले प्रथम स्थान ओगटिन् भने मोरङका राजु खड्का र सविन महर्जनले विशेष पुरस्कार थापे।

अन्य सृजनात्मक कलातर्फ कलाकार राजन काˆलेले प्रतिस्थापन कलाबाट पहिलो पुरस्कार कुम्ल्याउन सफल भए। त्यस्तै विशेषतर्फको पुरस्कारमा फोटोबाट लक्ष्मीप्रसाद ङाखुसी र भिडियो कलाबाट सुन्दर लामाले पुरस्कार हात पारे। कला लेखन पुरस्कार वरिष्ठ कलाकार तथा समालोचक रमेश खनाललाई प्रदान गरियो भने कला पत्रकारिता पुरस्कार क्यानभास साप्ताहिकका सम्पादक राजमान महर्जनलाई दिइयो।

क्षेत्रीय पुरस्कार पूर्वाञ्चलबाट मोरङकी सरोजा खड्गी, मध्यमाञ्चलबाट दोलखाका उमेश श्रेष्ठ, पश्चिमाञ्चलबाट कास्कीका नगेनसिंह ठकुरी, मध्यपश्चिमाञ्चलबाट प्युठानका गिरबहादुर घर्तीमगर र सुदूरपश्चिमाञ्चलबाट अछामका पुरन खड्काले प्राप्त गरे। घर्तीमगर एकेडेमीको दुईपटक पुरस्कार पाउने कलाकार भएका छन्। गत वर्ष विशेष पुरस्कार पाएका उनी यो वर्ष क्षेत्रीय पुरस्कार प्राप्त गर्न सफल भएका छन्। त्यसै गरी दोहोरिने पुरस्कृत कलाकारमा राजु खड्का पनि रहेका छन् ।

यस वर्षकोे राष्ट्रिय कला प्रदर्शनी पहिलो वर्षको तुलनामा केही सन्तुलित र व्यवस्थित देखियो। अधिल्लो वर्षको प्रदर्शनीमा कुनाकाप्चा जहाँ पायो त्यहीँ चित्र झुन्ड्याइएका हुन्थे तर यो वर्ष केही हदसम्म कलालाई सम्मान दिएको अनुभूति हुन्छ। तथापि प्रदर्शित कलाको सङ्ख्याका कारण स्थान अभावले चित्रहरू साह्रै साघुँरो ठाउँ, दर्शक पुग्न साथै राम्ररी अवलोकन गर्न मुस्किल पर्ने ठाउँमा कला राखिएका छन्।

यस वर्ष पनि एकेडेमीले कला अवलोकनका लागि आवश्यक प्रकाश व्यवस्था गरेको देखिएन। स्थान अभावका कारण देखाउँदै प्रतिस्थापन कला र अन्य कला एकै स्थानमा राख्दा दर्शक झुक्किन पुग्छन्। चित्रहरू एकअर्कासँग जोडेर राख्नुपरेको छ। बरु विषयवस्तुअनुसार अन्यत्र पनि ग्यालरी लिएर प्रदर्शनी गरेको भए सुनमा सुगन्ध हुने थियो।

यस वर्ष पहिलाको जस्तो पुरस्कार छनोटमा 'अति विवाद' भएन। तर, क्षेत्रीय पुरस्कार चयन भने आलोच्य हुन पुगेको छ। कुलपति किरण मानन्धरले मोफसलमै बसेर कला सृजनामा लागेकालाई क्षेत्रीय पुरस्कार दिइने भने पनि सरोजा खड्गीबाहेक अन्य सबै कलाकार काठमाडौँ उपत्यकामै बसेर कलाकारिता गरिरहेका छन्। यस्तो परम्पराले मोफसलका कला र कलाकारलाई अवश्य पनि सम्मान र अवसर दिन सक्दैन। प्रदर्शनीको 'क्याटलग'मा पनि थुप्रै त्रुटी भेटिन्छन् भने गुणस्तरीय छपाइ अति खराब छ जसका कारण चित्र, मूर्तिलगायत अन्य कलाहरू क्याटलगमा स्पष्ट देखिँदैन। उचित व्यवस्थापन कमीले यस्तो भव्य र गरिमामय कार्यक्रम पनि खल्लो बन्न सक्छ भन्नेतर्फ आयोजक सजग हुन जरुरी छ। केकति कारणले हो यस वर्ष गत वर्षभन्दा कम कलाकारले र कम जिल्लाबाट कलाकारले सहभागिता जनाएका छन्। यसबारेमा एकेडेमी जानकार हुनैपर्छ।

राष्ट्रिय कला प्रदर्शनीकै अवसर पारेर एकेडेमीले हस्तकला मेला आयोजना गरिसकेको छ भने पि्रन्ट मेकिङ कार्यशाला, अन्तक्रिर्या आदि कार्यक्रम पनि आयोजना गरेको छ। एकेडेमीको पहलमा आगामी दिनमा कला जनचेतना कार्यक्रमलाई पनि निरन्तरता दिने बताएको छ। यसलाई प्रशंसनीय कार्य मान्नुपर्छ।

अब ललितकला प्रज्ञाप्रतिष्ठानले दुई वर्षको अनुभव पाइसकेको छ। प्रदर्शनीको स्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै 'हाम्रोलाई होइन राम्रोलाई छान्ने' काम गर्नुपर्छ। पुरस्कृत कला र कलाकारलाई प्रोत्साहित गर्ने र स्तरवृद्धि गराउनेतर्फ लाग्नुपर्छ। पुरस्कार रकम पनि अति न्यून रहेको हँुदा सम्मानजनक रकमका लागि एकेडेमीले कन्जुस्याइँ गर्नु हुँदैन बरु अन्य सङ्घसंस्था र प्रायोजकको सहयोग लिन सकिन्छ। यसले पुरस्कृत कलाकारको मनोबल अझ उच्च हुने थियो। जसरी पहिलो वर्षको तुलनामा यो प्रदर्शनी केही व्यवस्थित बन्यो त्यसरी नै यस वर्षको अनुभवले आगामी दिनमा अवश्य पनि एकेडेमीले सकारात्मक कदम उठाउनेछ भन्ने विश्वास लिन सकिन्छ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px