यसपालि स्पेनमा युरोकप जितको खुसियाली लामो समयसम्म चल्ने पक्का छ। पछिल्ला चार वर्षमा विश्वका तीन सर्वाधिक ठूला प्रतियोगिता जित्नु चानचुने कुरा पनि होइन। यस्तो सफलता विश्व फुटबलमा पहिलोपटक सम्भव भएको हो। सन् १९६४ देखि एउटा प्रतियोगिता पनि जित्न नसक्दा स्पेनलाई क्षमता र शैली हुँदाहुँदै पनि उपलब्धि हासिल गर्न नसकेको टिम मानिन्थ्यो। स्पेनले युरो-२००८ मा च्याम्पियन बनेर 'अन्डरएचिभ'को धब्बा मेटाएको थियो। त्यसपछि स्पेनले दुई वर्षपछि पहिलोपटक विश्वकप जितेर दक्षिण अपि|mकामा अर्को ठूलो पाइला चाल्यो। विश्वकप जिती स्पेनले विश्वकपमा अभागी टिमको आफूमाथि लागेको 'ट्याग' पनि हटायो। त्यसैले युरो-२००८ देखि अहिलेसम्मको समयलाई स्पेनी फुटबलको स्वणिर्म युग भन्दा फरक पर्दैन।
यसपालि युरोकप जित्नेमा भने स्पेन कमै विश्वस्त थिए। विश्व र युरो च्याम्पियनको हैसियत भए पनि चाल्र्स पुयोल र डेभिड भियाको अनुपस्थितिमा स्पेन कमजोर देखिन्थ्यो। अझ जाभी तथा एन्द्री इनिएस्टा पनि स्पेनी लिग र युरोपेली लिगको लामो सत्रले थकित हुँदा स्पेनले सन् २००८ र २०१० मा देखाएको चमत्कार दोहोर्याउने आशा कमैलाई थियो।
अहिले युरो २०१२ को सफलतापछि स्पेनको यो टिम इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ फुटबल टिम हो भन्ने बहस चलेको छ। यो टिमलाई सन् १९७० मा पेलेको ब्राजिल र सन् १९८६ को डिएगो म्याराडोनाको प्रभावमा रहेको अर्जेन्टिनाको टिमसँग दाँज्न थालिएको छ। हाल स्पेनी टिमलाई सर्वकालीन सर्वश्रेष्ठ टिम मान्नेमा भने फुटबल पण्डितहरू विभाजित छन्। दुई वर्षपछि ब्राजिलमा हुने विश्वकप जितेमा भने यो टिम निर्विवाद सर्वकालीन सर्वश्रेष्ठ टिम बन्नेछ।
स्पेनको सफलताको रहस्य
स्पेन र इटालीबीचको समूह चरणमा प्रशिक्षक भिसेन्टे डेल बोस्कले ४-६-० को संरचनामा आप\mनो टिमलाई मैदानमा उतारी विश्वलाई आश्चर्यचकित पारे। यो प्रयोग फाइनलसम्म कायम रह्यो। यो रणनीति विशेषतः फाइनलमै सफल भयो। उपाधि जित्नेक्रममा स्पेनले 'टिकीटाका' फुटबल खेल्ने शैलीको विकास गर्यो। फर्नान्डो टोरेज, जेसस नाभास र हुँवा माटा 'सुपरसब'का रूपमा प्रस्तुत भए। उपाधि विजेताको सुरुआत चम्किलो रहेन तर फाइनललाई स्पेनको प्रदर्शनलाई वर्षौंवर्षसम्म याद गरिनेछ।
इटाली, पिर्लो र बालोटेली
स्पेनले फाइनलमा इटालीको मानमर्दन गर्यो। यद्यपि, इटाली युरो-२०१२ मा सर्वाधिक आकर्षक टिम थियो। प्रतियोगिताअघि कमजोर नतिजा र म्याच फिक्सिङ चपेटामा रहेको इटालीले सही समयमा आफ्नो छविअनुरूप खेल्यो। इटालीले जर्मनीलाई सेमिफाइनलमा हराएको खेल प्रतियोगिताकै आकर्षक खेलका रूपमा रह्यो। इटालीले इंग्ल्यान्डलाई पनि बिदा गरेको थियो। इटालीको शानदार प्रदर्शनमा एन्द्रीय पिर्लो नायक थिए। ३३ वर्षको उमेरमा पनि उनी सर्वाधिक प्रभावशाली मिडफिल्डरका रूपमा प्रस्तुत भए। उनले क्रोएसियाविरुद्ध प|mी किकमा गरेको गोल निकै दर्शनीय थियो। स्ट्राइकर मारियो बालोेटेलीको भूमिका पनि इटालीका लागि निणर्ायक रह्यो। विश्वका सर्वश्रेष्ठ स्ट्राइकर बन्ने कोसिसमा रहेका बालोटेलीले जर्मनीविरुद्ध पूर्वार्द्धमा गरेका २ गोल युरो-२०१२ कै विशेष गोलका रूपमा रहे। प्रतियोगितामा उनले क्रोएसियाली दर्शकबाट रंगभेदी व्यवहारको पनि सामना गर्नुपर्यो।
हिरो र जिरो
अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले एकपटक भनेका थिए, ''फुटबलमा गोलको सर्वाधिक ठूलो महत्त्व हुन्छ। एउटा गोलमा सिंगो टिमकै कति योगदान हुन्छ तर चर्चामा रहन्छन् गोल गर्ने खेलाडी मात्र।''
यस अर्थमा युरो-२०१२ पनि फरक रहेन। खेलाडीको चर्चामा क्रिस्टियानो रोनाल्डो, फर्नान्डो टोरेज, मारियो बालोटेली, मारियो गोमेज, ज्लाटन इब्राहिमोभिच, आन्द्रेई सभेचेन्कोजस्ता स्ट्राइकर नै अगाडि रहे। इनिएस्ता, जाभी आक्रामक मिडफिल्डर खेलाडीको पनि चर्चा भयो। एन्दि्रज पिर्लोजस्ता बूढा बाघ युरोमा छाए। वायने रुनी, रोविन भान पर्सीजस्ता खेलाडी भने प\mलप भए।
कम गोल औसत
फुटबलमा दर्शक गोल हेर्न चाहन्छन्। तर, यसपटक प्रतिखेल गोलको औसत कम रह्यो। प्रतियोगितामा स्ट्राइकरको भूमिका कमजोर रह्यो। प|mी किकमा स्तरीय गोल कमै भए। प्रतिखेल २ दशमलव ४५ गोलमात्र भए जुन युरोपेली च्याम्पियनसीपकै पछिल्ला १६ वर्षको इतिहासमा सबैभन्दा कम औसत हो। फुटबलमा गोलले नै खेल रोमाञ्चक बनाउँछ। गोल कम भए पनि प्रतियोगिता निरस भने थिएन। युरो-२०१२ मा फुटबलको स्तर र प्राविधिक शैली निकै उन्नत थियो।
स्तब्धकारी नतिजा
युरो-२०१२ मा त्यति ठूलो उलटफेर भएन यद्यपि विश्वकप उपविजेता तथा उपाधि दाबेदारमध्ये एक हल्यान्ड समूह चरणका तीनै खेल हारी प्रतियोगिताबाट बाहिरिनु अचम्मकै घटना थियो। पहिलो खेलमा चेक गणतन्त्रजस्तो टिमलाई ४ गोल हान्ने रूस पहिलो चरणमै बिदा हुनु पनि कम स्तब्धकारी थिएन।
सरसर्ती हेर्दा यसपटक जर्मनी सर्वश्रेष्ठ टिम थियो। तर फुटबलमा भन्ने गरिन्छ, जित्नलाई मात्र १ गोल काफी हुन्छ र एक खेलाडीको चामत्कारिक प्रदर्शनले पनि ठूलो उलटपुलट हुन सक्छ। जर्मनीलाई त्यस्तै भयो। इटालीविरुद्धको सेमिफाइनल सायद जर्मनीको दिन थिएन। सो खेलमा इटालीका मारियो बालोटेली चम्कँदा जर्मनीका शानदार यात्रा अन्तिम चारमा समाप्त भयो। यसअघि प्रतियोगितामा सबै खेल जित्ने जर्मनी एकमात्र टिम थियो।
'टिकीटाका' र ४-४-२ शैली
युरो-२००८ र विश्वकप-२०१० जित्दा स्पेनको कलात्मक खेलमा विश्व मोहित भएको थियो। तर, स्पेनकै सोही शैली युरो-२०१२ मा पत्यारलाग्दो बन्यो। फुटबलमा दर्शक गोल हेर्न चाहन्छन् तर स्पेनी टिम यसपटक सेन्टर फरवार्डविना ४-६-० को रणनीतिमा मैदानमा ओर्लियो। स्पेनले खेल्ने टिकीटाका भनेको नेपालीमा ट्वाक्कटुक्क खेल्ने भनेजस्तै हो। यस शैलीअनुसार खेलाडीले बल एक सेकेन्ड पनि आप\mनो खुट्टामा राख्दैनन्। विपक्षीको चुनौती नपाए पनि छोटोछोटो पासमा बल चलायमान भइरहन्छ। त्यसैले पनि स्पेनले विपक्षी टिममाथि आक्रमण गर्दा कम्तीमा एक दर्जन पास खेल्ने गर्छ। यो शैलीले खेलमा नियन्त्रण बनाए पनि गोल हुन नसकेपछि दर्शकले 'बोर' मान्न थालेका हुन्। तर, यो पट्यार फाइनलअघिसम्म मात्र रह्यो। स्पेनले सबैभन्दा महत्त्वपूर्ण समय यही शैलीमा खेलेर इटालीलाई ४-० ले हरायो।
युरो-२०१२ मा लोकपि्रय शैली ४-४-२ को संरचना कमै टिमले मात्र प्रयोग गरे। यो संरचनामा खेल्नेमा इंग्ल्यान्डले मात्र क्वाटरफाइनलसम्मको यात्रा तय गर्यो। विश्वमा ४-४-२ सबैभन्दा सफल संरचना हो। तर, यसपालि यो संरचनाको असफल हुनुमा यसको प्रयोग विश्वस्तसँग हुन नसक्नु, भाग्य र खेलाडीको क्षमतालाई कारण मानिएको छ।
सेन्ट्रल फरवार्ड र हेडर
स्पेनले सेन्ट्रल फरवार्डविना ४-६-० को संरचनामा खेली ट्रफी हात पार्यो। जुन फुटबल रणनीति अहिलेसम्म कसैले प्रयोग गरेको थिएन। यस प्रयोगले फुटबलमा सेन्ट्रल फरवार्ड आवश्यक छैन त भन्ने प्रश्न उठेको छ।
स्पेनकै स्ट्राइकर फर्नान्डो टोरेजले अधिकांश समय बेन्चमा बिताएर पनि ३ र १ गोलको मौका सिर्जना गरेर गोल्डेन बुट जित्नुले पनि यो कुरा प्रमाणित गर्छ। हुन त जर्मनीका मारियो गोमेज ३ गोल गर्दा रोक्ने स्थितिमा देखिएनन्। इटालीका मारियो बालोटेली र क्रिस्टियानो रोनाल्डो पनि गोलकै कारण चर्चामा रहे। तर, समग्रमा युरोकपमा सफलता हासिल गर्न स्ट्राइकरै नचाहिने साबित भएको छ।
युरो-२०१२ लाई हेडरहरूको प्रतियोगिताका रूपमा पनि याद गरिनेछ। प्रतियोगितामा कुल २२ गोल हेडमार्फत भयो। यो युरोपेली च्याम्पियनसीपमा कीर्तिमान हो।
सफल आयोजना
आयोजकद्वय युक्रेन र पोल्यान्ड सफल आयोजनामा प्रशंसाको हकदार बने। यी दुई राष्ट्रलाई युरोपको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्ने अधिकार दिँदा युइएफएले गलत निर्णय गर्यो भन्ने चर्चाबीच दुवै राष्ट्रले अत्यन्त सफलपूर्वक सम्पन्न गर्यो।
रंगशाला अपूर्ण रहेको, यातायात सुविधा तथा भौतिक पूर्वाधार अपेक्षाअनुरूप नभएको, होटलको भाउ -विशेषतः युक्रेनमा) चर्किएको आरोप युक्रेन र पोल्यान्डले खेपेका थिए। यसैगरी, आयोजक राष्ट्रका केही रंगशालामा अश्वेत खेलाडीमाथि दुव्र्यवहार गरेको र एसियाली विद्यार्थीमाथि आक्रमण भएको वृत्तचित्र बीबीसीले प्रसारण गरेपछि युरो-२०१२ मा रंगभेदी दंगाको त्रास पनि उत्तिकै थियो। युक्रेनमा मानवअधिकार गम्भीर विषय भएको भन्दै युरोपका केही राष्ट्रले युक्रेनमा हुने सबै खेल बहिष्कार गर्ने धम्की पनि दिए। यद्यपि, उद्घाटन खेलदेखि फाइनलसम्म एकसेएक विश्वस्तरीय खेल भएपछि सबैको ध्यान मैदानमा मात्र केन्दि्रत बन्यो। यद्यपि, केही छिटपुट घटना भने नघटेको होइन। विदेशी समर्थकले रंगभेदी नारा लगाएर समस्या दिन खोजेका थिए। पोल्यान्ड र रूसबीचको खेलमा दुई समर्थकबीच भयंकर झडप पनि भयो। á