अन्तर्वार्ता
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
उत्कृष्ट विद्यार्थी सम्मानित
 

काठमाडौा, चैत २५ गते । बेलायतस्थित क्याम्बि्रज विश्वविद्यालयद्वारा सञ्चालित 'ए' लेभल क्वालिफिकेसन परीक्षामा विश्वभरिबाट सर्वाधिक अङ्क ल्याई सफल हुने तीन नेपाली छात्रलाई मङ्गलबार राजधानीमा सम्मान गरियो ।

सो विश्वविद्यालयअन्तर्गतको जनरल सर्टिफिकेट अफ एजुकेसन -जीसीई) र क्याम्बि्रज इन्टरनेसनल एक्जामिनेसन -सीआईई) बोर्डद्वारा लिइएको परीक्षामा सर्वाधिक अङ्क ल्याउन सफल चेल्सी इन्टरनेसनल एकेडेमीका अभिमन्यु क्षेत्री, किङ्स कलेजका अनोज शाही र काठमाडौा साईपल एकेडेमीका रिसव कर्णलाई सम्मान गरिएको हो ।

छात्रत्रयलाई उपराष्ट्रपति परमानन्द झा, क्याम्बि्रज इन्टरनेसनल एक्जामिनेसनका प्रतिनिधि इयान च्याम्बर्सलगायतका अतिथिले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सम्मानित छात्रमध्ये क्षेत्रीले सन् २००८ को वैशाख/जेठमा सञ्चालन भएको परीक्षाअन्तर्गत जनरल पेपर विषयमा र शाहीले गणित विषयमा संसारभरिबाट उत्कृष्ट अङ्क ल्याएका थिए ।

त्यसैगरी साइपल एकेडेमीका कर्णले २००८ को साउन/भदौमा लिइएको जनरल पेपरमा सर्वाधिक अङ्क ल्याउन सफल भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

क्याम्बि्रज एजुकेटर्स एसोसिएसन इन नेपाल -सिआन)का अध्यक्ष सुधिरकुमार झाले नेपालमा बसेर पनि अन्तर्राष्ट्रियस्तरको यो शिक्षाप्रति विद्यार्थीको झुकाव बढ्दैगएको बताउनुभयो ।

 
अन्य शीर्षक
प्रधानमन्त्री चयन नहुँदा
सहिद परिवारलाई सम्मान गर्नुपर्ने
एमाले राष्ट्रिय सहमतिमा अडिग
नागरिकका लागि 'वायोमेटि्रक स्मार्ट कार्ड'को तयारी
तीसहजार भुटानी शरणार्थी अमेरिकामा
दासढुङ्गाको प्रदर्शन सुरु
प्राकृतिक प्रकोपबाट २५८ को मृत्यु, बजेट नआउादा राहत र उद्धारमा समस्या
सूचना प्रविधि गाउँस्तरमा पुर्‍याउन आग्रह
राजधानीमा मनाइयो गौरापर्व
कर्मचारीका लागि दसैँ खर्च दिन समस्या आउँदैन - अर्थसचिव



Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px
Designed & Maintained by: Rosebud Infotech