अन्तर्वार्ता
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
प्रमद्वारा गुनासो
 

काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री माधवकुमार नेपालसँग बिहीबार नेपालस्थित राष्ट्रसङ्घीय नियोग (अनमिन) प्रमुख करिन लेन्डग्रेनले भेट गर्नुभयो ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घजस्तो स्वतन्त्र एवं निष्पक्ष संस्थाबाट समेत नेपालको आन्तरिक मामिलामा एकतर्फी रूपमा धारणा आएको भनी प्रधानमन्त्रीले गुनासो व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नेपालले राजनीतिक सहमति कायम भई जनादेशबमोजिमको संविधान घोषित मितिमा सार्वजनिक हुने तथा शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी अनमिन प्रमुख लेन्डग्रेनले राष्ट्रसङ्घका महासचिव वान की मुनको नेपालसम्बन्धी अभिव्यक्तिको बचाउ गर्दै सहज रूपमा नेपाललाई राजनीतिक निकास दिने हो भने सहमति कायम गरी अघि बढ्नुको विकल्प नरहेको स्पष्ट गर्नुभयो ।

भेटमा माओवादी लडाकू रेखदेख तथा व्यवस्थापनलगायत नेपालको समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा पनि छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच करिब ४५ मिनेट छलफल भएको थियो । रासस

 
अन्य शीर्षक
हतियार राखेको दल लोकतान्त्रिक बन्दैनः प्रम
संविधान बन्नुअघि सेना समायोजन अमान्य
बस दुर्घटनामा सातजनाको मृत्यु
बाह्र हजार पक्षी नष्ट गरिने
'सरकार परिवर्तन हल्ला मात्र'
फिदिम बजारमा भीषण आगलागी
रूपन्देहीमा फस्टायो जग्गा व्यापार
'संयन्त्र निर्माण सरकार परिवर्तन गर्न होइन'
माओवादीद्वारा आन्दोलन घोषणा
'बढी विविधता गोरखापत्रमै'



Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px
Designed & Maintained by: Rosebud Infotech