काठमाडौँ, साउन १४ गते । एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको आˆना मागका विषयमा शनिबार मोर्चालाई लिखित जवाफ बुझाउने भएको छ । यसअधि मोर्चाले प्रधानमन्त्री चुन्ने विषयमा आफूले समर्थन गर्न प्रधानमन्त्रीका उम्मेदवार बनेका पार्टीहरूको धारणा माग गरेको थियो । मोर्चाले तराई केन्दि्रत मुद्दाका बारेमा सहमत हुने पार्टीलाई समर्थन गर्ने बताएको छ ।
मधेसवादी पार्टीहरूले एक मधेस एक प्रदेश, नेपाली सेनामा मधेसीहरूको समूहगत प्रवेश, माओवादी सेनाको समायोजनको सङ्ख्या तुरुन्त तोक्नुपर्नेलगायतका माग राख्दै आएको छ ।
यस विषयमा एमाओवादीले आˆनो धारणा तयार पारिसकेको र ती अवधारणा शनिबार मोर्चालाई बुझाएर सार्वजनिक गरिने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सोही विषयमा छलफल गर्न शनिबार मधेसी मोर्चाले बैठक बोलाएको र उक्त बैठकमा माओवादीको धारणा बझाइने उपाध्यक्ष श्रेठले बताउनुभयो ।
यस अगाडि साउन ५ गते र ७ गते भएको प्रधानमन्त्रीको चुनावमा नेकपा -एमाले), मधेसवादी दललगायतका अन्य साना दलहरू तटस्थ बसेपछि प्रधानमन्त्रीका प्रत्यासी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल दुवै नेता पराजित हुनुभएको थियो ।
यही महिनाको १७ गते हुने प्रधानमन्त्रीको चुनावको लागि आफूलाई समर्थन गर्न एमाओवादीले मधेसवादी दलहरूसँग छलफल अगाडि बढाइरहेको छ ।
यसअधि प्रधानमन्त्रीको लागि दुईतिहाइ बहुमत प्राप्त हुनुपर्ने अडान राख्दै प्रधानमन्त्रीको उम्मेदवारी फिर्त्ता लिएको एमालेले भने अहिलेसम्म आˆनो अडानमा फेरबदल गरेको छैन । यदि १७ गतेको चुनावमा पनि मधेसवादी दलले एमाओवादीलाई समर्थन नगर्ने हो भने तेस्रो पटक पनि प्रधानमन्त्रीको चयन हुने छैन ।