अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
कति बढ्यो तलब
शम्भुकुमार प्रसाइं
 

काठमाडौा, असार ३१ गते । नयाा बजेटले व्यवस्था गरेको तलब वृद्धिप्रति अधिकांश सरकारी कर्मचारी सन्तुष्ट देखिएका छन् । लामो समयदेखि जीविकोपार्जनयोग्य तलबको माग गर्दै आएका कर्मचारीको मागका आधारमा सरकारले तलब वृद्धि गरेपछि कर्मचारी सन्तुष्ट बनेका हुन् ।

सरकारले आर्थिक वर्ष २०६८/०६९ को बजेटले निजामती कर्मचारीको तलब ३०.३९ देखि ४२.८६ प्रतिशतसम्मले वृद्धि गरेको छ । यो वृद्धिसागै कार्यालय सहयोगी प्रथम स्तरको सुरु तलब स्केल ९ हजार ९९९ र मुख्यसचिवको ३३ हजार ६३० रुपियाा पुगेको छ । यो वृद्धि १ः३.१ को अनुपातमा छ । यसअघि दिादै आएको १२ सय रुपियाा महागी भत्ता तलबमा समायोजन गरिएको छ ।

प्रजातन्त्र स्थापना भएपछि उल्लेख्य रूपमा तलब वृद्धि भएको यो दोस्रोपटक हो । यसअधि २०५६ सालमा सहायक स्तर प्रथमको दुई हजार दुई सयबाट तीन हजार र मुख्यसचिवको छ हजार ६०० बाट १५ हजार रुपियाा तलब वृद्धि गरिएको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्ठनका महासचिव ठाकुर देवकोटाले तलब वृद्धिले सरकारी कर्मचारी केही हदसम्म सन्तुष्ट भएको प्रतिक्रिया दिनुभयो । उहााले भन्नुभयो- "कर्मचारी सङ्गठनका मागलाई पूर्णरूपले सम्बोधन गर्न नसके पनि यसलाई उपलब्धिमूलक मान्नुपर्छ ।"

उपभोग्य वस्तुको महागी दिन-प्रतिदिन बढे पनि सरकारले तीन वर्षदेखि तलब वृद्धि गर्न सकेको थिएन । तलब वृद्धिसागै सरकारले कर्मचारीका समस्या सम्बोधन गर्ने प्रयास गरेको बताउादै कर्मचारी सङ्गठनहरूले अब महागी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका महासचिव मोहनकुमार घिमिरेले आधारभूत तहको तलब भत्ता जीविकोपार्जन योग्य नभएको प्रतिक्रिया दिनुभयो ।

"तल्लो तहका कर्मचारीको समस्यालाई यो वृद्धिले खासै सम्बोधन गर्न सकेन", महासचिव घिमिरेले भन्नुभयो- तलब वृद्धिको अनुपात मिलेकै भए पनि अङ्कमा फरक परेको छ । उहााले अब महागी नियन्त्रण भए मात्र कर्मचारी तथा सर्वसाधारणलाई राहत हुने बताउनुभयो । बजेटमा क्षतिपूर्तिसहितको नागरिक सेवाको ग्यारेन्टी गरिनु सकारात्मक पक्ष भएको उहााको भनाइ छ ।

नेपाल निजामती कर्मचारी युनियनका महासचिव सुवोधकुमार देवकोटाले तलब वृद्धिले कर्मचारीलाई सामान्य राहत मिलेको प्रतिक्रिया दिादै तलबमा गाभिएको महागी भत्ता बराबरको रकम पुनः सबै तहका कर्मचारीलाई उपलब्ध गराइादा मात्र न्यायोचित हुने विचार व्यक्त गर्नुभयो ।

१० देखि १५ प्रतिशत मात्र तलब वृद्धि हुादैछ भन्ने समाचार प्राप्त भएपछि हामीले बजेट पेस हुने अघिल्लो दिन अर्थ मन्त्रालयमा दिएको धर्नाको परिणाम हो यो- अध्यक्ष देवकोटाले भन्नुभयो, कर्मचारी सङ्गठनको दबाबकै कारण मन्त्रीले तलबमा थप रकम विनियोजन गर्नुभएको हो । साथै, उहााले करको सीमा बढाउनुपर्नेमा जोड दिनुभयो ।

निजामती, जङ्गी, प्रहरी, शिक्षकलगायतका करिब चार लाख कर्मचारीको तलब वृद्धि गरिादा राज्यलाई करिब २२ अर्ब आर्थिक दायित्व थपिएको छ । यद्यपि अहिलेको तलब वृद्धि पनि दक्षिण एसियाली मुलुकको तुलनामा निकै न्यून र अनुपातको हिसाबले पनि कम रहेको कर्मचारीको भनाइ छ ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home