अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
मोफसल विकास गतिविधि
 
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
अत्तरिया समाचारदाता
 

कैलाली, माघ १५ गते । कैलाली जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको छ । पछिल्लो छ महिनामा एक बालकसहित ४६ जना कुष्ठरोगी फेला परेका छन् भने नयाँ र पुरानो गरी जिल्लामा आठ बालबालिका सहित १८७ जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

तीमध्ये ११ जना कुष्ठरोगी नियमित औषधि उपचारपछि सन्चो भएर घर फर्केका छन् ।

५९औँ कुष्ठरोग दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार अन्तक्रिर्यामा सो जानकारी दिइएको हो ।

कुष्ठ रोगको उच्च जोखिममा रहेका देशका १४ जिल्लामध्ये कैलाली छैटौँ स्थानमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले बताउनुभयो । उहाँले जिल्लामा हालसम्म १८७ जना कुष्ठरोगी रहेका छन्, ११ जना निःशुल्क औषधि उपचारपछि घर फर्केका छन्, उहाँले भन्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार धनगढी, टीकापुर नगरपालिका सहित १८ गाउँ विकास समितिमा साउनदेखि पुससम्म सञ्चालन गरेको स्वास्थ्य अभियानमा ती कुष्ठरोगी फेला परेका र कैलालीमा प्रति १० हजार जनसङ्ख्यामा दुईजनामा कुष्ठ रोगी फेला परेका हुन् ।

त्यस अवसरमा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक महेन्द्र श्रेष्ठले सुदूरपश्चिमका नौवटै जिल्ल्ाामा २५२ जना कुष्ठरोगी रहेकोमा कैलालीमा ५६ प्रतिशत कुष्ठरोगी रहेको जानकारी दिनुभयो । उहाँले अछाममा १६ जना, कञ्चनपुरमा ४३ जना, डोटीमा १६, दार्चुलामा पाँचजना, डडेल्धुरामा पाँचजना, बाजुरामा सातजना, बझाङ ११ जना र बैतडीमा १० जना कुष्ठरोगी रहेको बताउनुभयो । यहाँका पहाडी आठ जिल्लामा कुष्ठरोग निवारणको अवस्थामा रहेको भए पनि कैलालीमा कुष्ठरोगका बिरामी बढ्दै गएका छन् उहाँले भन्नुभयो, सबै ठाउँमा कुष्ठरोग निवारणका लागि सरकारी प्रयास जारी छ । कुष्ठरोगका बिरामीका लागि डडेल्धुराको टिम अस्पताल र कैलालीको सेती अञ्चल अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था रहेको र उपचार गराएर कुष्ठरोग पूर्णरूपमा सञ्चो भएर जाने बिरामीलाई सरकारले एक हजार रुपियाँ उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

कुष्ठरोगका बिरामीमा शरीरमा कालो फुस्रो दाग र हातखुट्टा झम्झमाउने लगायतका लक्षण देखिने भएकाले त्यस्ता व्यक्तिलाई नििजको स्वास्थ्य संस्थामा जँचाएर औषधि सेवन गर्न निर्देशक श्रेष्ठले आग्रह गर्नुभयो ।

 
अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home