कैलाली माघ १६ गते । नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकार स्वतन्त्र प्रेसमाथि
कुण्ठित पार्ने रणनीतिमा रहेको बताउनुभएको छ ।
उहाले धनकुटामा प्रहरी प्रशासनबाट पत्रकारमाथि भएको हातपात दुव्र्यहारको घटना त्यसैको उपज भएको बताउनुभयो । सो कार्य स्वतन्त्र प्रेसलाई कुण्ठित पार्न खोज्ने सरकारको चालबाजी हो, त्यस्तो कार्य लोकतन्त्रवादीका
लागि स्वीकार्य छैन, उहाँले भन्नुभयो ।
कैलालीमा सोमवबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सूचनामा अङ्कुश लगाउने सरकारी निर्णयको मर्यादित र शान्तिपूर्ण विरोधमा रहेका पत्रकारहरूमाथि प्रहरी प्रशासनले बल प्रयोग गर्नु प्रेसमाथिको सरकारको
नाङ्गो हस्तेक्षप भएको टिप्पणी गर्नुभयो ।
अहिले देखिएको राजनीतिक गतिरोधको निकास सहमतीय सरकारको गठन हो, उहाँले थप्नुभयो, त्यसका लागि प्रधानमन्त्रीको राजिनामा आउनुपर्छ ।
भ्रातृ सङ्घठनलाई उचालेर माओवादीले जनसत्ताका नाममा गरेको जग्गासम्बन्धी निर्णयलाई वैधता दिन खोजेको छ, त्यसलाई एमाले किमार्थ स्वीकार्दैन,
उक्त सरकारी निर्णय तत्काल फिर्ता हुनुपर्छ, नेता अहोलीले भन्नुभयो ।