अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
पूर्वसांसद मञ्चद्वारा चार प्रदेश प्रस्ताव
बागलुङ समाचारदाता
 

बागलुङ, माघ २७ गते। पूर्वसांसदहरूले समयमै संविधान निर्माण गर्नका लागि संविधानसभामा प्राविधिक विषयमा छलफल अगाडि बढाउन आग्रह गरेका छन् । नयाँ संविधान निर्माणका दुई जटिल विषय शासकीय स्वरूप र राज्य पुनःसंरचनाका विषयमा सुझाव सङ्कलन अभियान अन्तर्गत बागलुङ आइपुगेका पूर्वसांसदहरूले संविधानसभाको काम संविधान निर्माण गर्ने भएकाले प्राविधिक विषयमा छलफल गर्न आग्रह गरेका थिए ।

उनीहरूले संविधान निर्माणका क्रममा धेरै प्राविधिक कठिनाइ आउने उल्लेख गर्दै प्राविधिक विषयलाई संविधानसभाभित्र छलफलमा ल्याउन नसक्ने हो भने समयमै संविधान निर्माण हुन नसक्नेसमेत दाबी गरेका छन् ।

पूर्वसांसद मञ्चका अध्यक्ष तारानाथ रानाभाटले राज्य पुनःसंचना आयोगले हालै ल्याएका प्रतिवदनहरू राजनीतिक विषयका मात्र भएको भन्दै पुनःसंरचना आयोगले प्राविधिक विषयलाई ख्याल नगरी हचुवाका भरमा प्रतिवेदन ल्याएको आरोप लगाउनुभयो ।

कार्यक्रममा पूर्वसांसदहरूले राज्यको पुनःसंरचना गर्दा जातीय आधारमा नगर्न आग्रह गर्दै जातीय आधारमा सङ्घीयता निर्माण गर्ने हो भने नेपालको अस्तित्व नै समाप्त हुने चेतावनी दिए । 'पहिले पहिले २२ से २४से राज्यहरू भएजस्तै जातीयताका आधारमा राज्य स्थापित गर्ने हो भने देशमा द्वन्द्व सिर्जना हुने उनीहरूले बताए।

उनीहरूले जातीय अग्राधिकारको नाममा अल्पमतले बहुमतलाई शासन गर्ने भन्ने विषय अत्यन्तै अवैज्ञानिक छ, पहिचानको आधार अहिले जातीयता मात्र भएको छ, किन भूगोल, भाषा बन्न सकेन ? पूर्वसांसद मञ्चले नेपाललाई सङ्घीय नेपाल बनाउने हो भने चार प्रदेशको सङ्घीयता उपयुक्त हुने तर्कसमेत पेस गरेका छन् ।

उनीहरूले कोसी, गण्डकी, कणर्ालीसहित राजधानी प्रदेश गरेर चार प्रदेशको स्वरूप प्रस्ताव गरेको मञ्चका महासचिव शङ्करनाथ शर्माले बताउनुभयो । नेपाल भौगोलिक हिसाबले अति महìवपूर्ण राष्ट्र रहेकाले पनि हिमाल, पहाड र तराई एकसाथ हुने गरी प्रदेश निमार्ण गर्न आवश्यक रहेको उनीहरूको तर्क छ ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home