अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
प्रतिनिधि परिषद् भेला टुँडिखेलमा
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, फागुन ९ गते। नेकपा -एमाले)को फागुन २१ देखि २३ सम्म हुने राष्ट्रिय प्रतिनिधि परिषद्को तयारी भइरहेको पार्टीले जनाएको छ। २१ गते टुँडिखेलमा भेलाको उद्घाटन हुने मूल व्यवस्थापन समितिले जनाएको छ।

मङ्गलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी मूल व्यवस्थापन समितिले उक्त जानकारी गराएको हो। एमालेको राष्ट्रियस्तरको प्रतिनिधि परिषद् भेला पहिलोपटक काठमाडौँमा हुन लागेकाले भेलालाई शक्ति प्रदर्शनका रूपमा स्थापित गर्ने तयारी रहेको बताइएको छ।

परिषद् भेलालाई सफल पार्न विभिन्न तयारी समिति तथा उपसमितिहरू गठन गरिएका छन्। अभियानलाई प्रचार गर्न पार्टीले हातेपर्चा, भित्तेलेखन, पोष्टर स्टिकरको भारी मात्रामा प्रयोग गरेको छ। यसका अतिरिक्त पदयात्रा, घरदैलो अभियान, सांस्कृतिक सभा, कोणसभा, मोटरसाइकल र्‍याली, दौड, जुलुस, ब्यानर, पार्टीको झण्डा ठाउँठाउँमा राख्ने काम भइरहेको व्यवस्थापन समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी, फागुन १८ देखि २० सम्म काठमाडौँमा माइकिङ गर्ने, इन्टरनेट प्रचार अभियान तथा विद्युतीय सञ्चारमाध्यममार्फत प्रचार अभियान थाल्ने प्रचार तथा कार्यालय संयोजक ममता गिरीले बताउनुभयो।

फागुन २१ गते १२ बजे काठमाडौँको टुँडिखेलमा आयोजना हुने उद्घाटन भेलामा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका देशभरबाट सहभागिता रहने गिरीले बताउनुभयो। सोही अनुसार उपत्यकामा घरदैलो अभियान गरी एक घरबाट एक प्रतिनिधिलाई सभामा उपस्थितिका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।

परिषद् भेला तयारीका लागि विनोद श्रेष्ठको संयोजकत्वमा जनपरिचालन तथा स्वयंसेवक समिति, विजय पौडेलको संयोजकत्वमा आर्थिक समिति, रामेश्वर फुयालको संयोजकत्वमा प्रशासनिक सम्पर्क समिति, ममता गिरीको संयोजकत्वमा प्रचार तथा कार्यालय संयोजन समिति, हरिदत्त जोशीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ।

यसैगरी, सानुकुमार श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक संयोजन समिति, सुशीला नेपालको संयोजकत्वमा स्वास्थ्य समिति, जीवनराम श्रेष्ठको संयोजकत्वमा आवास तथा खाद्य समिति र राजेन्द्र श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home