काठमाडौँ, फागुन ९ गते। राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा देखिएको राजनीतिक र सैद्धान्तिक फाटोलाई भाषा-साहित्यको माध्यमले पुरिनुपर्ने बताउनुभएको छ। उहाँले यहाँको भाषिक, सांस्कृतिक विविधतालाई संयोजन गरेर मुलुकको राष्ट्रिय एकता र सद्भावको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २०१२ को सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा मङ्गलबार राजधानीमा आयोजित 'मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०६८'को उद्घाटन गर्दै राष्ट्रपति यादवले सो धारणा व्यक्त गर्नुभएको हो।
मुलुकको विविधतालाई एकतामा बदल्नुपर्ने बताउँदै राष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट गणतन्त्रलाई संस्थागत गरी मुलुकको आधुनिकीकरण गर्न सकिने बताउनुभयो।
''हाम्रो विशेषता नै बहुलताबीचको एकता हो,'' उहाँले भन्नुभयो, ''मुलुकको हरेक जातजाति, भाषाभाषीबीचको एकता नै मुलुकको एकताको जग हो।'' संस्कृति राज्यमन्त्री सुष्मा शर्मा घिमिरेले मातृभाषा कविता महोत्सवको आयोजना गरेर प्रज्ञा प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताउनुभयो। त्यस्तै, प्रतिष्ठानका कुलपति बैरागी काइँलाले भाषिक, सांस्कृतिकलगायतका विविधताको संरक्षण र प्रवर्द्धनले मात्र मुलुकको राष्ट्रिय एकता मजबुत हुनसक्ने धारणा व्यक्त गर्नुभयो।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले सबै भाषा संस्कृतिको संरक्षणले मात्र मुलुकको एकतालाई सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। महोत्सवका संयोजक प्राज्ञ सुलोचना मानन्धर धितालले महोत्सवले मुलुकको राष्ट्रिय एकता र सामाजिक सद्भावमा वृद्धि हुने बताउनुभयो। नेवारी भाषाका कवि दुर्गालाल श्रेष्ठको कवितासँगै सुरु गरिएको सो कविता महोत्सवमा मैथिली, भोजपुरी, अवधी, थारू, नेवारी भाषामा कविहरुले कविता वाचन गरेका थिए ।'विविधतालाई एकतामा बदल्नुपर्छ'
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते। राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा देखिएको राजनीतिक र सैद्धान्तिक फाटोलाई भाषा-साहित्यको माध्यमले पुरिनुपर्ने बताउनुभएको छ। उहाँले यहाँको भाषिक, सांस्कृतिक विविधतालाई संयोजन गरेर मुलुकको राष्ट्रिय एकता र सद्भावको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २०१२ को सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा मङ्गलबार राजधानीमा आयोजित 'मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०६८'को उद्घाटन गर्दै राष्ट्रपति यादवले सो धारणा व्यक्त गर्नुभएको हो।
मुलुकको विविधतालाई एकतामा बदल्नुपर्ने बताउँदै राष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट गणतन्त्रलाई संस्थागत गरी मुलुकको आधुनिकीकरण गर्न सकिने बताउनुभयो।
''हाम्रो विशेषता नै बहुलताबीचको एकता हो,'' उहाँले भन्नुभयो, ''मुलुकको हरेक जातजाति, भाषाभाषीबीचको एकता नै मुलुकको एकताको जग हो।'' संस्कृति राज्यमन्त्री सुष्मा शर्मा घिमिरेले मातृभाषा कविता महोत्सवको आयोजना गरेर प्रज्ञा प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताउनुभयो। त्यस्तै, प्रतिष्ठानका कुलपति बैरागी काइँलाले भाषिक, सांस्कृतिकलगायतका विविधताको संरक्षण र प्रवर्द्धनले मात्र मुलुकको राष्ट्रिय एकता मजबुत हुनसक्ने धारणा व्यक्त गर्नुभयो।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले सबै भाषा संस्कृतिको संरक्षणले मात्र मुलुकको एकतालाई सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। महोत्सवका संयोजक प्राज्ञ सुलोचना मानन्धर धितालले महोत्सवले मुलुकको राष्ट्रिय एकता र सामाजिक सद्भावमा वृद्धि हुने बताउनुभयो। नेवारी भाषाका कवि दुर्गालाल श्रेष्ठको कवितासँगै सुरु गरिएको सो कविता महोत्सवमा मैथिली, भोजपुरी, अवधी, थारू, नेवारी भाषामा कविहरुले कविता वाचन गरेका थिए ।