अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
बटुवालाई चेतना भया
 

सडक पार गर्दा आकाशे पुल प्रयोग नगर्ने बटुवालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि कारबाही गर्नथालेको छ। पटक-पटक चेतना अभियान सञ्चालन गर्दा पनि बटुवाले आकाशे पुल प्रयोग नगरेका कारण त्यस्ता बटुवालाई तत्कालै ५० रुपियाँ तिराई कारबाही गर्नथालिएको हो। पैदलयात्रुका लागि बाटो काट्न सजिलो होस् भन्ने उद्देश्यले काठमाडौँका ठाउँ, ठाउँमा आकाशेपुल बनाइएको भए पनि सर्वसाधारणले आˆनो ज्यानको समेत वास्ता नगरी एकदमै जोखिमपूर्ण ढङ्गले सडक पार गर्ने गरेका छन्। नजिकै आकाशे पुल भए तापनि जथाभाबी सडक मिच्ने परिपाटीले आम यात्रुको चेतनाको स्तर उदाङ्ग बनाएको छ भने पुल चढ्दा, ओर्लंदा लाग्ने केही छिन्को अल्छ्याइँले जोखिम मोली मुख्र्याइँसमेत प्रदर्शन भइरहेको छ जसका लागि आकाशे पुल बनाइएको हो, तिनैले त्यसको महìव नबुझ्नुलाई आश्चर्यको विषय मान्नैपर्छ। जहाँसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियताको प्रश्न छ, विगतमा पनि विविधखाले सचेतना कार्यक्रम चलाएर अपेक्षित दिशामा सक्रियता बढाएको पाइन्छ। आकाशेपुलको प्रयोग नगरी जथाभाबी सडक काट्नेलाई सम्झाईबुझाई गर्नुका साथै फलफूलसमेत दिएर व्यङ्ग्यात्मकरूपमा सन्देश पनि दिनखोजेकै हो। सचेतनाका अनेक कार्यक्रम चलाउँदा पनि बटुवाका घैँटामा घाम नलागेका कारण ट्राफिक प्रहरीले यतिखेर जरिबानाको कार्य अघि बढाएको छ। काठमाडौँको सुन्धारा, भोटाहिटी र रत्नपार्कमा सक्रिय ट्राफिक प्रहरीले नजिकैको आकाशेपुल प्रयोग नगरी सडक पार गर्ने बटुवालाई धमाधम कारबाही गर्नथालेपछि अबका दिनमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा पलाएको छ।

एक, दुई दिनको कारबाही प्रक्रियाले यसमा परेको प्रभाव मूल्याङ्कन गर्न मद्दत पुग्नेछ भने काठमाडौँका अन्य क्षेत्रका आकाशेपुलमा समेत कार्यक्रम खट्किएको छ। जथाभाबी सडक काट्ने प्रवृत्तिले दुर्घटना बढाउँदै ल्याएकामा विमति रहँदैन। केही बेरको हतारोले ज्यानै जाने खालको सुर्‍याइँ देखाइनु सर्वथा गलत भएको हेक्का समस्त पैदलयात्रुमा हुनैपर्छ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी दुर्घटना चिन्ताको विषय बने पनि यसलाई घटाउनेतर्फ अर्थपूर्ण काम हुनसकेको छैन। दुर्घटना बढ्नाका पछाडि अनेक कारण छन्। अधिकांश दुर्घटनामा चालकको मनपरीतन्त्र बढी जिम्मेबार देखिएको छ। ट्राफिक प्रहरीले आवश्यक दायित्व निर्वाह नगर्दा पनि दुर्घटना बढेकामा शङ्का छैन। चालकले मदिरापान गरेर सवारी चलाउँदा होस् वा सहायकलाई सवारी चलाउन दिँदा होस्, दुर्घटना भएका उदाहरण धेरै छन्, तीव्र वेगमा सवारी हुइँक्याउने, उछिनपाछिन गर्ने, क्षमताभन्दा बढी यात्रु कोचेर चलाउनेजस्ता परिपाटीले दुर्घटना बढाएको विदितै छ। सवारी दुर्घटना बढ्नाका पछाडि यात्रु पनि कम दोषमुक्त छैनन्। कैयन् दुर्घटना बटुवाकै लापर्बाही वा हेलचेक्र्याइँका कारण भएका छन्। आकाशेपुल हुँदाहुँदै त्यसको प्रयोग नगरी जथाभाबी सडक काट्ने प्रवृत्तिले पनि बटुवाको लापर्बाही स्वतः स्पष्ट पार्छ। कि आफू जान्नू, कि भनेको मान्नू, दुवै नगर्नेलाई कारबाही गरिनु स्वाभाविक मानिनुपर्छ। कारबाहीको प्रक्रिया अँगालिँदा पनि स्थितिमा सुधार आउन सकेन भने राजधानीका जनताको बुद्धि दुनियासामु छर्लङ्गनि पुग्नेछ। अतः त्यस्तो स्थिति आउन नदिन बटुवा स्वयं अघि सरी ट्राफिक प्रहरीले चालेको क्रियाशीलतालाई बुझ्नुपर्छ। तिनले हेक्का राख्नुपर्छ, यो दण्ड विधान वा कडीकडाई तिनकै जीवन रक्षाको लागि हो। दस पाइला हिंड्न नचाहने अल्छी या आत्मअनुशासनहीनहरूका लागि दया गर्न जरुरी छैन बरु यो दण्ड कम भयो भने बढाउन पनि पर्ने हुन्छ।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home