अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
छैठौँ राष्ट्रिय प्रतियोगिताको पाठ
 

आइतबार अन्ततः बहुप्रतीक्षित छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत् उद्घाटन भयो। आइतबारदेखि धनगढी, महेन्द्रनगर र टीकापुर मात्र होइन लगभग सारा सुदूरपश्चिम खेलकुदमय भएको छ। यही बृहत् खेलमेलाका कारण सुदूरपश्चिम कम्तीमा एक सातासम्म पूर्ण राष्ट्रिय चर्याको केन्द्रमा हुनेछ। विकासको लागि तड्पिरहेको तथा केन्द्रबाट उपेक्षित सुदूरपश्चिमेलीहरूका निम्ति छोटै भए पनि खुसियालीका केही क्षण जुर्ने भएको छ। प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको लडाकु टिम, विश्वविद्यालयका गरी नौ टिमका लगभग साढे तीन हजार खेलाडीले भाग लिने भएपछि खेल अवधिभर सुदूरपश्चिममा चहलपहल तीव्र भएर वातावरण नै खेलमय हुने भएको छ। यसोभन्दा पनि हुन्छ, प्रतियोगिताले सुदूरपश्चिमलाई नयाँ खेलचेतना पनि केही हदसम्म दिने भएको छ।

यसमा शङ्का छैन, सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता हुनु सुखद पक्ष हो तथापि जुन भव्यढङ्गले प्रतियोगिता हुन सक्थ्यो त्यो हुन सकेको देखिँदैन। खासगरी राष्ट्रिय प्रतियोगिताबाट पूर्वाधारको विकास गर्ने जुन अवसर थियो त्यसमा धेरै प्रफुल्लित हुने अवस्था देखिँदैन। क्रिकेट मैदानदेखि अन्य बन्दोवस्तीमा निकै त्रुटि देखिएको छ। प्रतियोगिता तयारी समितिका संयोजकले तीन महिनामा तयारी पूरा भएको जनाए पनि लगभग एक चौथाई अर्ब लगानीको परिणाम चित्तबुझ्दो नभएको टिकाटिप्पणी सुनिनमा आउनु विडम्बना हो। निर्माणकार्यका अनियमितताको कुरा पनि उठेका छन् यसो हो भने यो गम्भीर पक्ष हो। गरिब राष्ट्रका गरिब जनताको रगत पसिनाबाट उठेको रकमको एक एक पैसाको उच्चतम सदुपयोग हुनुपर्छ। 'लुटको धनले फुपूको श्राद्ध' गर्ने परम्परा भएको देशमा परम्परा भङ्ग गर्ने नीति र नियत भएन भने खेलकुदमात्र कुनै क्षेत्र उँभो लाग्न सक्दैन। स्मरणीय छ, पाँचौँ राष्ट्रिय खेलकुदमा समेत अनियमितताका ठूलो गुनासो आएको थियो। कम से कम अहिलेको खेल नेतृत्व रूपान्तरणकारी, अग्रगामी सोच भएको पार्टीबाट आएको हुँदा लिकबाट हटेर काम गर्ने अपेक्षा थियो र अझ छ। तथापि जसरी झारा टार्ने हिसाबले यो प्रतियोगिताको थालनी भएको छ यसमा नयाँ सोचको प्रतिविम्ब र गहिराइ खोज्न गाह्रो छ। सुदूरपश्चिममा निर्धारित प्रतियोगिता पोखरा, वीरगञ्ज, काठमाडौँ, काभ्रेसम्ममा आयोजना गर्नुपर्ने बाध्यताको अर्थ स्पष्ट छ, नेपालमा खेलकुद पूर्वाधार बेहाल अवस्थामा छ। कनिका छरे जस्तो र नामको लागि काम गर्नुभन्दा पूर्वाधारको विकासमा ठोस लगानी गर्न सकिएको भए आज यस्तो स्थिति आउँदैनथ्यो कि। यसमा एउटा व्यक्ति मात्र होइन प्रवृत्ति दोषी छ। पर्याप्त तयारी नभएको कुरा स्वीकारी सकिएको छ। हुन त ठूला देशमा समेत केही न केही त्रुटि भइरहन्छ तर तीन महिनामा रातदिन निष्ठापूर्वक कार्य गरिएका भए परिणाम अझ राम्रो आउन सक्थ्यो। सेनाको टिम सहभागी गराउन नसक्नुले पनि प्रतियोगितालाई खल्लो बनाएको छ। अब बचेखुचेका समयमा अलि बढी मिहिनेत गर्नुबाहेक उपाय देखिँदैन।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home