लन्डन, फागुन २६ गते। च्याम्पियन्स लिगबाट पाखा लागेर युरोपा लिगमा झरेका म्यानचेस्टरका दुवै क्लब युनाइटेड र सिटी बिहीबार राति सो प्रतियोगितामा पनि स्तब्ध बनेका छन्।
युरोपा लिगको अन्तिम-१६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेड आप\mनै घरेलु मैदानमा स्पेनको एट्लेटिको बिल्बाओसँग ३-२ ले पराजित भयो। म्यानचेस्टर सिटी भने स्पोर्टिङ लिस्बनमा १-० ले हार्यो। वायने रुनीले युनाइटेडलाई अगाडि पारे पनि पूर्वार्द्धमै फर्नान्डो लोरेन्ट, ओस्कार डी मार्कोस र इकेर मुनियनले गोल गरेर बिल्बाओलाई आरामदायक स्थितिमा पुर्याएका थिए। त्यसपछि रुनीले इन्जुरी समयमा पेनाल्टीमा गोल गरी अगाडि बढ्ने सम्भावना कायम राखेका छन्। लिस्बनमा सिटी ब्राजिलियाली डिफेन्डर जान्डाआको ब्याकहिल गोलबाट स्तब्ध बनेको थियो। एपी