अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
मोफसल विकास गतिविधि
 
हिंसा रोक्न राजमार्ग बन्द
महोत्तरी समाचारदाता
 

जलेश्वर, चैत ७ गते । महोत्तरी जिल्लाको माइस्थानमा एकपछि अर्को गर्दै महिला हिंसाका घटना बढ्न थालेपछि स्थ्ाानीयवासी चिन्तित भएका छन् । उनीहरूले यस्ता कार्य रोक्न र दोषीलाई तत्काल पक्राउ गरी कारवाही थाल्न माँग गर्दै पूर्वपश्चिम राजमार्ग समेत बन्द गरे ।

शनिबार रहस्यमय तरिकाले खुकुरी प्रहार गरी माइस्थान-१ की जानुका श्रेष्ठलाई हत्या गरिए पनि प्रहरीले दोषीलाई सार्वजनिक र कारवाही नगरेको भन्दै माइस्थानवासीले सोमबार पूर्वपश्चिम राजमार्ग बन्द गराइदिएका थिए । उनीहरूले मृतकको शवलाई राजमार्गमा तेस्र्याएर बर्दिवास बजारसमेत बन्द गराइदिएका थिए ।

इलाका प्रहरी कार्यालय बर्दिवासले श्रेष्ठको हत्या गरेको अभियोगमा आइतबार पाँचजनालाई पक्राउ गरेका थिए । पक्राउ पर्नेमा सोही गाउँका ५५ वषर्ीय खिल बहादुर बोगटी, उनकी श्रीमती ५० वषर्ीय गङ्गा बोगटी, १६ वषर्ीय छोरा इश्वर बोगटी, १८ वषर्ीया छोरी सरस्वती बोगटी र सोही ठाउँका ईश्वर श्रेष्ठ रहेका छन् । उनीहरूलाई किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेका थिए ।

मृतकका आफन्त र स्थानीयवासीहरूले अनुसन्धानको नाउँमा प्रहरीले उनीहरूलाई पक्राउ गरे पनि कारवाही नै नगरी, पैसा लिएर छाड्न लागेको आरोप लगाएका छन् । त्यसैगरी उनीहरूले मृतक परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत प्रहरीले कुनै सहयोग नगरेको समेत बताएका छन् । सोही कारण प्रहरीप्रति आक्रोशित भई राजमार्गका साथै बाजारसमेत बन्द गराइएको स्थानीय विक्रम रौनियारले जानकारी दिनुभयो । दुई महिनाभित्रैमा सो ठाउँमा तीनवटा हिंसाका घटना भइसकेका कारण स्थानीयवासी त्रसित बनेका छन् । यता इलाका प्रहरी कार्यालय बर्दिबासले त्यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 
अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home