अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
बानको नेपाल भ्रमण स्थगित
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, चैत ८ गते। संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनको नेपाल भ्रमण स्थगित भएको छ। आगामी वैशाख १७ गतेदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन महासचिव बान वैशाख १६ गते नेपाल आउने तय भएको थियो।

राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि रोवर्ट पाइपरले सामाजिक सञ्जाल 'टुइटर'मार्फत बानको नेपाल भ्रमण समय 'रिसेड्युल्ड' -हेरफेर) गरिएको सन्देश बुधबार सार्वजनिक गर्नुभएको छ। उहाँले लुम्बिनी सम्मेलनको तयारीका लागि थप केही समय चाहिने र जारी शान्तिप्रक्रिया अन्यत्र नमोडियोस् भन्ने हेतुले बानको भ्रमण समयमा हेरफेर गरेको बताउनुभएको छ।

तर संयुक्त राष्ट्रसङ्घका महासचिव बानको नेपाल भ्रमण रद्द भएको वा स्थगित भएको भन्नेसम्बन्धमा माओवादी अध्यक्ष तथा बृहत्तर लुम्बिनी विकास समितिका निर्देशक पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिवालयले केही थाहा नभएको बताएको छ।

नेपाल सरकारका तर्फबाट केही दिनअघि मात्र नेपाल भ्रमणका लागि सरकारले बानलाई औपचारिक निम्तो पत्र पठाएको थियो। यसअघि माओवादी अध्यक्ष तथा बृहत्तर लुम्बिनी विकास समितिका निर्देशक पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिका भ्रमणका क्रममा महासचिव बानलाई नेपाल भ्रमणमा आउन र परिषद्को नेतृत्व गर्न निमन्त्रणा दिनुभएको र त्यही निमन्त्रणा स्वीकार्दै मुन नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home