अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
भाषिक समानतामा रूपान्तरण आवश्यक
धीरेन्द्र प्रसाद साह
 

राजविराज, चैत्र १८ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ अघि नै संविधानलाई मूर्त रूप दिने बताउनु भएको छ।

राष्ट्रिय मैथिली सम्मेलन २०६८ को शनिबार राजविराजमा उद्घाटन गर्दै उहाँले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले कुनै पनि हालतमा जेठ १४ अघि नै लोकतान्त्रिक संविधानलाई मूर्त रूप दिने ठोकुवा गर्नुभयो। सङ्घीयताबिनाको संविधान परिकल्पना गर्न नसक्ने बताउँदै उहाँले सङ्घीय शासन प्रणालीका बारेमा राजनीतिक दलहरूसँग व्यापक छलफल भइरहेको जानकारी दिनुभयो। वर्तमान सरकार स्वशासन, आत्मनिर्णयको अधिकारप्रति संवेदनशील रहेकाले उक्त विषयहरूमा चाँडै नै टुङ्गो लगाई शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याई संविधान बनाएर आर्थिक समृद्धितर्फ अघि बढ्ने उहाँले बताउनुभयो। वर्तमान सरकारको मुख्य लक्ष्य शान्ति र संविधान रहेको भन्नुहुँदै प्रधानमन्त्री भट्टराईले सेना समायोजन विशेष समितिको चैत ३० गतेभित्र सेना समायोजनको काम पूरा गर्ने निर्णय ऐतिहासिक रहेको बताउनुभयो।

सम्मेलनका मूल आयोजक समारोहका संयोजक विष्णुकुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री भट्टराईले लोकतान्त्रिक संविधानमा मैथिलीसहित तमाम मातृभाषालाई नेपाली भाषासरह राष्ट्र भाषाको दर्जा दिने बताउनुभयो।

महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस विद्रोहको समेत त्यही मूलमन्त्र रहेको स्मरण गराउँदै उहाँले एक भाषा एक भेषको सट्टा भाषिक समानतामा रूपान्तर गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री भट्टराईले दक्षिण अफि्रकामा सङ्कटकालका वेला चार हजार मानिस मारिएको चर्चा गर्दै कुनै पनि देशका लागि सङ्क्रमणकालीन अवस्था सङ्कटपूर्ण रहेको भए पनि नेपालको सङ्क्रमणकालीन अवस्था शान्त र सुव्यवस्थित रहेको बताउनुभयो।

प्राचीनकालमा मिथिला गौतमबुद्ध, अष्टावक्र, जानकीजस्ता विद्वानहरूको गढ रहेको उल्लेख गर्दै उहाँले मैथिली जस्तो सहज भाषा, सरल व्याकरण, सुन्दर लिपि, बृहत् शब्दकोष रहे पनि मैथिली भाषा, संस्कृति, रीतिरिवाजका बारेमा पठनपाठन नहुनु विभेदपूर्ण रहेको बताउनुभयो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home