अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'लोकतान्त्रिक संविधान बन्छ'
रूपन्देही समाचारदाता
 

रूपन्देही, चैत २७ गते। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शान्ति र संविधानको काम जेठ १४ भित्रै सकिने बताउनुभएको छ। उहाँले एकीकृत नेकपा -माओवादी)ले लोकतन्त्र स्वीकार गरेकाले अब लोकतान्त्रिक संविधान निर्माणमा पनि उसले लचकता अपनाउने बताउनुभयो। उहाँले भन्नुभयो, "लोकतान्त्रिक संविधान लिएर चुनावमा जाऊँ, जसले जित्छ त्यहीअनुसार देश चलाऊँ।"

सोमबार नेपाली काँग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलामा कोइरालाले सर्वोच्च अदालतले समय सीमित गरिदिएकाले अब संविधान निर्माणको काममा विलम्ब नहुने उल्लेख गर्नुभयो। लोकतान्त्रिक संविधान निर्माण गरेर देशको आर्थिक विकासका लागि सबै जुट्नुपर्ने भन्दै कोइरालाले देशमा रहेको भौतिक स्रोतसाधनको समुचित प्रयोग गर्नसके समुन्नत राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो।

सभापति कोइरालले पार्टीभित्र केही विवाद रहेको स्वीकार गर्दै आगामी दिनमा विधान सच्याएर अघि बढिने बताउनुभयो। उहाँले भन्नुभयो, "विधानमा कतिपय कुरा प्रस्ट नहुँदा विवाद र्सिजना भएका छन्, अब विधान नै परिवर्तन गरेर उचित निकास निकालिनेछ।"

केन्द्रदेखि वडाहरूसम्म नै विवादहरू देेखिएको भन्दै स्थानीय नेताहरूले कोइरालासमक्ष गुनासो गरेका थिए। पार्टीलाई भावनात्मक रूपमै एकताबद्ध बनाएर लैजान उनीहरूले आग्रह गरेका थिए। खासगरी मनोनयनको

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home