कपिलवस्तु, चैत २७ गते। राष्ट्रपति डा. रामवरण यादवले दलहरूलाई मिलेर राष्ट्र जोगाउनेतर्फ लाग्न आग्रह गर्नुभएको छ। शान्ति र संविधानको कार्य पूरा भएमात्र देश सुरक्षित हुने बताउँदै राष्ट्रपति यादवले यसका लागि सबै दल एक भएर लाग्न अनुरोध गर्नुभएको हो।
कपिलवस्तुको बरकुलपुरस्थित जनकल्याण उच्च माविको स्वर्ण महोत्सवलाई सोमबार सम्बोधन गर्दै राष्ट्रप्रमुख यादवले तीन ठूला दल र मधेसी मोर्चाले साना दललाई मिलाएर शान्तिप्रक्रिया संस्थागत गर्नतर्फ लाग्न सुझाव दिनुभएको छ।
दलीय स्वार्थ त्यागेर जनचाहनाअनुरूप भूमिका खेले मात्र राष्ट्र र राष्ट्रियता सुरक्षित हुने जिकिर उहाँले गर्नुभयो। "प्रचण्डजी, सुशीलजी, झलनाथजी र गच्छदारजी सबैलाई म राष्ट्रका लागि मिलेर जान सुझाव दिन्छु", उहाँले भन्नुभयो।
सर्वोच्च अदालतले जेष्ठ १४ भित्र संविधान निर्माण गरिसक्नुपर्ने बताएका कारण अब मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले चैत ३० गते शान्तिप्रक्रिया पूरा गरी वैशाखभित्र संविधानको खाका तयार गरी जेठ १४ भित्र संविधान जारी गर्नेमा आफूलाई विश्वस्त पारेको बताउनुभयो। "भट्टराईजीको प्रतिबद्धताप्रति म विश्वस्त छु र नेपाली जनताले पनि यही इच्छा जाहेर गरेका छन्", उहाँले भन्नुभयो।
राजाको चलखेल र सशस्त्र युद्धले गर्दा देश पछाडि परेको भन्दै राष्ट्रपतिले देश पद्धतिअनुसार नचलेकाले यस्तो समस्या आएको उल्लेख गर्नुभयो। तीन करोड नेपाली जनताको मुखमा अन्न हाल्ने र हातमा काम दिने जिम्मेवारी सरकारको भएको बताउँदै राष्ट्रपति यादवले देश विकासमा युवालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले दुई ठूला छिमेकी राष्ट्रबाट नेपालले राष्ट्रियता र विकासको पद्धतिबाट पाठ सिक्दै देशलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिनुभयो।
स्वर्ण महोत्सव कार्यक्रममा महिला बालबालिका तथा