अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
सशस्त्र प्रहरी महानिरीक्षकमा वन्त
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, चैत २७ गते। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक कोशराज वन्तलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको छ। २०४६ सालमा इन्सपेक्टरबाट सेवा प्रवेश गर्नुभएका वन्त सशस्त्र प्रहरी प्रमुख कार्यालयमा प्रशासन विभागको प्रमुखमा कार्यरत हुनुहुन्छ।

सुरक्षात्मक उपायहरू अवलम्बन गर्ने कार्यमा महìवपूर्ण भूमिका निर्वाह गर्नुभएका वन्त यसअघि कार्य विभाग तथा सीमा विभागमा समेत कार्य गरिसक्नुभएको छ भने संविधानसभाको चुनावका बेला केन्द्रीय निर्वाचन सेलको प्रमुख भएर काम गर्नुभएको थियो। इन्जिनियरिङ पढ्नु भएका वन्त प्रहरी विभाग अन्तर्गतका २९ वटा महìवपूर्ण तालिमहरू हासिल गर्नुभएको छ। २०१९ वैशाख २ गते जन्मनुभएका वन्तको जन्मस्थान काठमाडौँको क्षेत्रपाटी रहेको छ भने पुख्र्यौली घर गोरखाको वगुवामा रहेको छ।

त्यस्तै सोही बैठकले देशका विभिन्न १३ ठाउँमा कर सेवा कार्यालय खोल्ने निर्णयसमेत गरेको छ। कर कार्यालय खोल्ने जिल्लाहरूमा इलाम, दमक, इटहरी, धनकुटा, उदयपुर, बर्दीवास, जुम्ला, रौतहट, तनहुँ, सुर्खेत, पाल्पा, धुलिखेल र बाग्लुग रहेका छन्। अर्थमन्त्री वर्षमान पुनका अनुसार त्यसमध्ये महोत्तरीको जलेश्वर तथा सर्लाहीको मलङ्गवामा कर सेवा कार्यालय खोल्ने सैद्धान्तिक स्वीकृतिसमेत भएको छ। मन्त्री पुनले बाँकी रहेका जिल्लाहरूमा जहाँ कर सेवा कार्यालयहरू छैन, त्यहाँ रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयले कामकारबाही हेर्ने निर्णयसमेत भएको जानकारी गराउनुभयो।

मन्त्री पुनका

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home