अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
अन्तरिम संविधान पुनः संशोधन गरिने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, चैत २७ गते। निर्धारित समयभित्र संविधान निर्माणको कार्यलाई टुङ्ग्याउन राजनीतिक दलहरू संविधान निर्माणको विधि र प्रक्रिया छोट्याउन सहमत भएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकले अन्तरिम संविधानको धारा ७० लाई संशोधन गर्ने निर्णय गरेका हुन्।

बैठकपछि -एमाले) अध्यक्ष झलनाथ खनालले अन्तरिक संविधानको धारा ७० संशोधन गरी प्रक्रिया छोट्याएर संविधान जारी गर्न दलहरूबीच सैद्धान्तिक सहमति बनेको बताउनुभयो।

पूर्वप्रधानमन्त्री खनालले अन्तरिम संविधानको धारा ७० अनुसार संविधान निर्माणको प्रक्रियामा जाँदा जेठ १४ गतेभित्र संविधान जारी हुन अप्ठेरोपर्ने भएकाले विधिलाई छोट्याउन दलहरू सहमत भएको बताउनुभयो।

धारा ७० मा विधेयक पारित गर्ने विधि र प्रक्रियाबारे उल्लेख छ। सर्वदलीय बैठकको निर्णयलाई कानुनी मान्यता दिन व्यवस्थापिका संसद्को कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्नुपर्ने हुन्छ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home