अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
अग्रगमनको यात्रामा देखिएको अवरोध
भउचप्रसाद यादव
 

विगतमा भएका विभिन्न किसिमका आन्दोलन र ती आन्दोलनमा नेपाली जनताले दिएको बलिदानीले आज हामी नयाँ नेपाल र नयाँ संविधान निर्माणको पूर्व सन्ध्यामा उभिएका छौ तर दलहरूबीचको उत्पन्न विवादले यो कार्य थाती रहने हो कि भन्ने आशङ्का पनि छ।

संविधानसभा मार्फत नयाँ संविधान निर्माण गर्नु नेपालीको आधा शताब्दी देखिको चाहाना हो। यसैका लागि नेपालीले सङ्घर्ष गरेका थिए। विभिन्न शक्तिहरूको चलखेलका कारण नेपाली जनताको यो चाहना आजसम्म त्यसै थन्किएर बसेको थियो तर आज हामी इतिहासको यस्तो युगान्तकारी मोडमा आइपुगेको छौं, हामीले हाम्रो भाग्य रेखा आफंै कोर्न पाउने भएका छौं। राजतन्त्रको अन्त्य संवैधानिक रूपमा भए पनि सङ्घीय लोकतान्त्रिक गणत्ान्त्रको संस्थागत विकास, जनताको समावेशी शासन व्यवस्थाको स्थापना, हिंसाको अन्त्य र दिगो शान्तिको वहाली गर्ने कार्य सोचे अनुरूप अगाडि बढ्न सकेको छैन। जनता नयाँ संविधानको निर्माणसँगै अधिकार सम्पन हुनेछौं भनेर आशा गरिरहेका छन्। त्यसैले आउँदो जेठ १४ गते संविधानसभाले संविधान जारी गर्नै पर्दछ।

राजनीति रूपले उज्वल भविष्यको निकट हामी पुग्न लागेको पक्कै हो तर यसको साथै चुनौती पनि धेरै छन्। हजारांै जँघारहरू पार गर्नुपर्ने देखिन्छ। संवैधानिक रूपले सताच्यूत राजा अर्को कुनै भेषमा हाम्रो अगाडि आउन सक्दछ। युगौंदेखि शोषण, उत्पीडनमा पारिएका नेपाली जनतामा आप\mनो अधिकारको लागि लड्ने अदम्य साहस र उत्साह देखिएको छ तर त्यसमा हिंसा, अपराध र विखण्डनका विष घोलिएको आभास हुन थालेको छ। हामी आप\mनो अधिकारका लागि अरूको अधिकार खोस्ने, लुट्ने अराजकताको सिकार बन्दै गइरहेका छांै। हामी-बीच विचारको प्रतिस्पर्धा होइन, बलप्रयोग र हिंसाको आत्मघाती होड देखिन थालेको छ। पूर्व विद्रोहीहरूमध्ये कहीका धम्कीपूर्ण भाषण, अरू पार्टीहरूमा यथास्थितिवादी धङधङीले मुलुकलाई फेरिमा पछाडि धकेल्ने शङ्का बढ्डै छ। समग्रमा अहिलेको अग्रगमनको यात्रामा धेरै अवरोध र चुनौती देखा पर्न थालेका छन्।

जे होस् अन्याय, अत्याचार र चुनौतीसँग लड्ने हामी नेपालीको परम्परा बनिसकेको छ। यस्तो अवस्थामा हामी चुप लागेर पक्कै बस्न सक्दैनौ होला। विगतमा भएका हरेक परिवर्तनमा सहिदहरूको रगत पोतिएको छ। आगामी दिनमा पनि कसैबाट कुनै किसिमको आक्रमण, जालझेल भएको अवस्थामो हामी फेरि आन्दोलन गर्न सक्षम हुनेछौं। इतिहास निर्माण हुन लागेको यो महत्वपूर्ण घडीमा हाम्रो साझा सङ्कल्प हुनुपर्दछ-नयाँ नेपाल र संविधान निर्माण हुन नदिने शाक्तिहरू विरुध सशक्त रूपमा लाग्न र चोटिलो प्रहार गर्न। यदि नयाँ नेपाल र संविधान बन्न सक्दैन भने विगतका आन्दोलनहरूको के औचित्य रहन्छ ? सहिदका रगतले कहाँ न्याय पाउँछ ? हाम्रो वीरता कुन इतिहासको पानामा समेटिन्छ ? यी यक्ष प्रश्नहरू हाम्रा अगाडि आउन सक्दछ। त्यसैले, नयाँ परिवर्तन, नयाँ नेपाल र नयाँ संविधानको लागि सामूहिक रूपमा हामी दबाबको सिर्जना गरौं।

हामीले पाउन सक्ने अबको संविधान, संविधानमात्र हुँदैन। यसले एउटा पुरानो युगको अन्त्य र नयाँ युगको सूत्रपात गर्नेछ। यदि यसले नयाँ युगको सूत्रपात गर्न सकेन भने यसको केही अर्थ हुने छैन र सभासद्को रूपमा केही मानिसहरूले राजनीतिक रोजगारी पाउनु बाहेक अरू केही हँुदैन। त्यसैले संविधानसभालाई हाम्रो परिवर्तनको अखडाको रूपमा विकास गर्नको लागि लोकतान्त्रिक शक्तिहरू बीचको एकता अनिवार्य छ।

लोकतान्त्रिक विचारले संविधानसभा भरियोस यसले सामन्तवाद, निरङ्कुशवादको सिनो बोकेर हिडोस जनताको श्रम र पसिनालाई राष्ट्रिय एकताको प्रतीक मानोस्। यस्ता शाक्तिहरूको नेतृत्वमा यदि संविधानको निर्माण भएन भने अब बन्ने संविधान विगतको संविधानहरू जस्तै नेपालीलाई एकताको सूत्रमा बाँध्न असफल हुनेछ। आन्दोलनका उपलब्धिहरू त्यस्तै खेर जानेछ। बागमतीको फोहोर पानीसँगै सहिदको रगत पनि बगेर जानेछ। यसले आमूल परिवर्तनको पर्खाइमा बसेका नेपाली जनतालाई ठूलो धोखा दिनेछ। समग्रमा यथास्थितिवादलाई निरन्तरता दिन सक्नेछ।

समयको परिवर्तनसँगै नेपालमा राजतन्त्र, सामन्तवाद, एकात्मक सामाजिक व्यवस्था जुन अहिलेसम्मका नेपालको प्रमुख आधार बनेका थिए, तिनीहरू अब अवशेषको रूपमा मात्र हाम्रो अगाडि छ। त्यसको अन्तिम संस्कार भइसकेको छैन। विकल्पमा ठोस रूपमा कुनै नयाँ पद्धति पनि हाम्रो सामु स्थापित हुनु सकेको छैन। अर्थात् अहिलेको अवस्था राजनीतिक, सामाजिक, सास्कृतिक हरेक दृष्टिकोणले सङ्क्रमणको स्थितिमा छ। हाम्रो सबै संरचना खलबलिएको अवस्थामा छ। हामीले जसको पुनसर्ंरचना गर्न खोजेका छौ, त्यो विरासतमा पाएको यही हाम्रो नेपाली भूमि, नेपाली समाज, नेपाली संस्कृति, सभ्यता आदि। हामीले यो धरती यो आकाशलाई नयाँ संरचना गर्नुपर्दछ। यसको लागि हामी सबैको श्रम, पसिना र विवेकको खाँचो छ। यसरी हाम्रो साझा प्रयासबाट भविष्यमा स्थापित हुने नयाँ नेपाल हामी सबैको साझा हुनुपर्दछ भन्ने सिद्धान्तले हामी सबै नेपाली प्रशिक्षित हुनुपर्दछ। आप\mनो भाषा, संस्कृति, भूगोलको संरक्षणको नाममा नेपाली माथि कुनै किसिमको विखण्डनको रेखा नकोरियोस यो हामी सबैको मूलमन्त्र हुनुपर्दछ।

हामीले लोकतन्त्र, अग्रगामी परिवर्तन र सामाजिक न्यायप्रति सदैव निष्ठावान रहनुपर्दछ। हामी प्रत्येकबाट विगतमा केही कमी कमजोरी भएको हुन सक्दछ र कुनै किसिमका कमी कमजोरी नै हुँदैन भनी ढिपी गर्नुहुँदैन। राम्रोसँग नराम्रो शब्दको विकास पनि सँगै भएको छ। त्यसैले गल्ती र सही जीवनका स्वाभाविक प्रकि्रया हो। तैपनि जानेर। नजानेर हत्या हिंसाको विरोध, लोकतन्त्रको मूल्य र मान्यताप्रति सचेत रहँदै आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याए जति सामाजिक र राजनीतिक परिवर्तनको निम्ति सङ्घर्षरत रहनुपर्दछ जुन शोषित पीडित नेपाली जनताको पक्षमा होस्। संघीय लोकतान्त्रिक गणतन्त्रका शाक्तिहरूको नेतृत्वमा अबको संविधान बन्नुपर्दछ भन्ने हाम्रो साझा मान्यता हुनुपर्दछ। á

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home