अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
स्पेनी लिग रोचक स्थितिमा
 

लन्डन, चैत २७ गते। भ्यालेन्सियाले आइतबार राति रियल म्याडि्रडलाई गोलरहित बराबरीमा रोकेपछि स्पेनी लिगको उपाधि होड पुनः खुला भएको छ। सात चरण बााकी रहेको स्थितिमा बार्सिलोनाभन्दा शीर्ष ूथानमा रहेको रियल म्याडि्रड मात्र चार अङ्कले अगाडि छ।

तीन हप्ताअघि रियल म्याडि्रडले तीनपटकका विजेता बार्सिलोनलाई दस अङ्कले पछाडि पारेको थियो तर रियल म्याडि्रडले पछिल्ला पााचमध्ये तीन खेल बराबरीमा खेल्दा बार्सिलोनाले दूरी छोट्याउने अवसर पायो। अझ आगामी महिना रियल म्याडि्रडले बार्सिलोनामा खेल्न बााकी नै छ। ३१ खेलबाट रियल ७९ र बार्सिलोना ७५ अङ्कमा रहेका छन्।

भ्यालेन्सियाका गोलरक्षक भिसेन्ट ग्वाइटाले विशेष रूपमा रियललाई निराश पारे। खेलको आठौा मिनेटमा नै क्रिूटियानो रोनाल्डोको सशक्त प्रहार ग्वाइटाको दर्शनीय गोलरक्षणले मात्र विफल भएको थियो। उत्तरार्द्धको ११औा मिनेटमा पनि रोनाल्डो गोल नजिक पुगेका थिए। त्यसपछि अन्तिम समयसम्म लगातार आक्रमण गरे पनि रियलले गोल गर्न सकेन। जसले गर्दा पछिल्ला पााच वर्षमा रियल म्याडि्रड पहिलोपटक घरेलु मैदानमा गोलरहित बराबरीमा रोकियो।

यसैगरी म्यानचेूटर युनाइटेड भने २०औा इङ्लिस पि्रमियर लिग उपाधि नजिक पुगेको छ। अङ्क तालिकामा म्यानचेूटर युनाइटेडले आˆनै सहरको अर्को क्लब म्यानचेूटर सिटीलाई आठ अङ्कले पछाडि पारिसकेको छ। युनाइटेडले हिजो राति क्विन्स पार्क रेन्जर्सलाई २-० ले हराएपछि उपाधि होडमा कायम रहन सिटीलाई आर्सनलविरुद्ध जित हासिल गर्नु आवश्यक थियो तर आर्सनलसाग सिटी १-० ले ूतब्ध बन्यो।

युनाइटेडका लागि वायने रुनी र पल ूकल्सले गोल गरे। युनाइटेडको यो लगातार आठौा जित हो। पि्रमियर लिगमा युनाइटेडले मात्र छ खेल खेल्न बााकी छ।

आर्सनलका लागि खेल सकिन ५ मिनेट बााकीछादा आर्टेटाले करिब २५ गजबाट सीधै बल गोलपोूटमा छिराएर गोल गरे। त्यसपछि खेलको ९०औा मिनेटमा म्यानचेूटर सिटीका मारियो बालाटोलीले रातोकार्ड पनि पाएका थिए। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home