अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
चेल्सी बराबरीमा रोकियो
 

लन्डन, चैत २८ गते। क्लिन्ट डेम्पसेले पुनः गोल गरेपछि इङ्लिस पि्रमियर लिगमा सोमबार राति फुल्हमले चेल्सीलाई १-१ ले बराबरीमा रोकेको छ। जुन नतिजाले चेल्सीलाई चौथो स्थानमा उक्लनबाट वञ्चित पार्‍यो।

चेल्सीसँगै आगामी सत्रमा च्याम्पियन्स लिगमा चयन हुने होडमा रहेका न्युक्यासल र टोटेनहामले भने भिन्नाभिन्नै नतिजा निकाले। न्युक्यासलले लगातार पाँचौँ जित हासिल गर्ने क्रममा बोल्टनलाई २-० ले हरायो भने टोटेनहाम घरेलु मैदानमा नर्विचसँग २-१ ले स्तब्ध बन्यो। पूर्वार्द्ध सकिनै लाग्दा प|mाङ्क लाम्पार्डले पेनाल्टीमा गोल गरेपछि चेल्सी लगातार तेस्रो जिततर्फ अग्रसर थियो तर डेम्पसले निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकीछँदा गोल गरी खेल बराबर गरे। लाम्पार्डको पि्रमियर लिगमा यो १५०औँ गोल हो। यसैगरी डेम्पसेको गोलसङ्ख्या यस सत्रमा २२ पुगेको छ। पि्रमियर लिगमा मात्र डेम्पसेले १६ गोल गरिसकेका छन्। उनी दुई दिनअघि बोल्टनविरुद्ध दुई गोल गरी फुल्हमका लागि एक सत्रमा सर्वाधिक लिग गोल गर्ने खेलाडी बनेका थिए। सन् २००४ मा लुइस साहले १३ गोल गरी कीर्तिमान कायम गरेका हुन्।

यसैगरी न्युक्यासललाई जित दिलाउन खेलको ७३औँ मिनेटमा हाटेम बेन आर्फा र खेलको ८३औँ मिनेटमा पापिस सिसेले गोल गरे। न्युक्यासलमा आबद्ध भएपछि उनले दस खेलमा नौ गोल गरिसकेका छन्। न्युक्यासल गोलअन्तरले मात्र चौथो स्थानमा रहेको टोटेनहामभन्दा पछाडि छ।

टोटेनहामलाई स्तब्ध पार्ने क्रममा एन्थोनी पिल्किङटन र इलियोट बेनेटले गोल गरे। नर्विच जितसँगै नवौँ स्थानमा उक्लेको छ। पि्रमियर लिगमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र आर्सनल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home