अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
भारतमा सूचना सम्मेलनको तयारी
एजेन्सी
 

नयाँ दिल्ली, वैशाख ३ गते। भारतमा सूचना र प्रविधि क्षेत्रसँग आबद्ध संस्थाहरूको विश्व सम्मेलन वैशाख ५ गतेबाट सुरु हुने भएको छ। सूचना र प्रविधिसँग आबद्ध विभिन्न मुलुकका संस्थाहरू समेत सम्मिलित हुने र पहिलोपटक हुन लागेको भनिएको उक्त सम्मेलनमा विश्वका तीस राष्ट्रको सूचना र प्रविधि क्षेत्रसँग आबद्ध व्यक्ति, संस्था र सरकारी अधिकारीहरूको सहभागिता हुने बताइएको छ।

विश्वमै सूचना र प्रविधिको क्षेत्रमा राम्रो प्रगति गरेको मुलुक भारतमा हुन लागेको सूचना र प्रविधिसम्बन्धी विश्व सम्मेलनले यस विभिन्न क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढाउने र सो क्षेत्रमा नयाँ प्रविधि भित्राउने कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।

भारतको इलेक्ट्रोनिक्स र सूचना र प्रविधि विभागका अनुसार सो मुलुकमा आयोजना हुन लागेको उक्त विश्वस्तरको सम्मेलनमा सूचना र प्रविधिको क्षेत्रमा हालसम्म हासिल भएको उपलब्धिहरू प्रदर्शित हुने जनाइएको छ।

भारतका सूचना र प्रविधि तथा दूरसञ्चार मन्त्री कपिल सिब्बलका अनुसार सम्मेलनमा दक्षिण कोरिया, क्यानडा, नाइजेरिया, केन्या, मलेसिया, इस्टोनियाजस्ता सूचना र प्रविधिको प्रयोग व्यापक बनाउँदै लगेका मुलुकहरूको ठूला व्यवसायी र सरकारी अधिकारीहरूको जमघट हुनेछ।

भारतले सस्तो सूचना र प्रविधिको क्षेत्रको दक्ष जनशक्तिको पर्याप्त उपलब्धिताको कारण विश्वमै बिजिनेस प्रोसेस आउट सोर्सिङ्ग -बीपीओ)को काम ठूलो मात्रामा पाउँदै आएको र भारतको सˆटवेयर निकासी पनि दिनानुदिन बढ्दै गएको सन्दर्भमा भारतमा आयोजना हुने यस्तो सम्मेलनले व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास आयोजक भारतका अधिकारीहरूले गरेका छन्।

भारतको सˆटवेयर निकासीमा वृद्धि हुँदैछ भने बीपीओको काममा पनि करिब १२ प्रतिशतले बढोत्तरी हुँदै गएको पाइएको छ भने सूचना र प्रविधिको क्षेत्रले भारतमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै झण्डै ७० अर्ब अमेरिकी डलरको हाराहारीमा राजस्व प्राप्त हुँदै आएको छ।

उक्त सम्मेलनलाई विश्वको सूचना र प्रविधिको उपलब्धिहरूको अध्ययनका साथै सो क्षेत्रको व्यवसाय विस्तार गर्ने गतिलो गन्तव्यका रूपमा सदुपयोग गरिनुका साथै सूचना र प्रविधिको विकासमा आवश्यक सहकार्य गर्ने अवसरका रूपमा हेरिएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home