अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
तीव्र वृद्धिले नेप्सेमा सर्किट ब्रेक
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख ३ गते। नेपाल स्टक एक्सचेञ्जमा नयाँ वर्षको बजार खुलेको दिन भएको कारोबारमा नेप्से परिसूचकाङ्क दोस्रोपटक दुई अङ्कले वृद्धि भएको छ।

राजनीतिक सङ्क्रमणको अन्त्यको सङ्केतका रूपमा सेना समायोजनाको कार्यमा भएको प्रगतिको सही असर नेप्सेमा देखिन थालेकोले पनि आइतबार नेप्से १७.४१ अङ्कले वृद्धि भएर ३३७.३५ को बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा भएको कारोबारमा नेप्सेमा मात्र वृद्धि नभएर कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। आइतबार नेप्सेमा कुल ७८ कम्पनीको सात सय १९ वटा कारोबारबाट दुई लाख तीन हजार ४३९ कित्ता सेयरको कारोबार भई पाँच करोड ८१ लाख ९९ हजार ३४९ रुपियाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्।

नेप्सेमा आइतबार कमाउने प्रमुख कम्पनीहरूमा स्ट्याण्डर्ड चार्टर बैङ्क १३१ रुपियँा, नबिल बैङ्क ८७ रुपियाँ, एभरेस्ट बैङ्क ५३ रुपियाँ, चिलिमे हाइड्रो पावर ५० रुपियाँ, बैङ्क अफ काठमाडौँ, ४५ रुपियाँ, एनआईसी बैङ्क ३९ रुपियाँ, एनआईबी बैङ्क ३८ र एसबीआई बैङ्क ३७ रुपियाँ रहेका छन् भने गुमाउने कम्पनीमा बुटवल पावर कम्पनी २९ रुपियाँ रहेको छ।

नेप्सेको उच्च बिन्दु एक हजार एक सय ७५ बाट लगातार ओरालो लाग्ने क्रमले निरन्तरता पाउँदै दुई सय ९२ अङ्कको बिन्दुसम्म आई पुग्दा लगानीकर्ताले आˆनो लगानीको झण्डै ७० प्रतिशत रकम गुमाउँदासमेत सरकारले बजार सुधारका लागि खासै प्रयास नगरेको भन्दै आक्रोशित बनेका लगानीकर्ता आन्दोलनको मनस्थितिमा पुगिसकेका बेला बजारमा केही सुधार आउनुले राहत मिलेको छ।

बजार सुधारमा भएको यस पटकको प्रगति अस्वाभाविक नभएर स्वभावित भएको दाबी सेयर बजार विज्ञ उपप्राध्यापक जयन्द्र बानियाँ बताउनुहुन्छ। उहाँका अनुसार सेयर बजार न्यून बिन्दुमा पुगिसकेको अवस्थाले राम्रा सेयरको बजार मूल्य पनि निकै कम भइसकेको अवस्था थियो। लगानी गरेको कम्पनीले दिने राम्रो प्रतिफलले पनि त्यस्ता कम्पनीमा लगानी बढाउन लगानीकर्ता तयार देखिएका थिएनन्। त्यसको कारण राजनीतिक सङ्क्रमण नै प्रमुख थियो। तर अहिले सेना समायोजन जस्तो जटिल विषयमा सहमति हुनु र जेठ १४ भित्रमा नयाँ संविधान आउने प्रायः निश्चित झै बनेकोले बजारमा सुधार आएको हो जुन स्वाभाविक नै हो। बजार विज्ञ बानियाँका अनुसार हाल बजारमा केही सुधार देखिने निश्चित भए पनि आगामी जेठ १४ मा नयाँ संविधान जारी भएपछि पुनः बजारले गति लिने र त्यस्तो बढोत्तरी पाँच सयको हाराहारीमा पुग्ने बताउनुहुन्छ।

बजार उकास्नका लागि केही ठूला खेलाडीले खेल खेले भन्ने कुरासँग आफू सहमत नभएको बताउँदै बजार विज्ञ बानियाँ भन्नहुन्छ, अब सेयर बजार उकालो लाग्ने क्रम बढेको निश्चित हो तर अब त्यस्तो वृद्धि कहाँसम्म जाने हो र कुन बिन्दुसम्मलाई स्वाभाविक र अहिलेको अर्थतन्त्रले धान्न सक्ने भन्ने निक्र्योल भने आगामी दिनले गर्ने उहाँको भनाइ छ ।

सेयर बजारमा आएको बढोत्तरीले सेयर दलालहरूको कार्यालयमा पनि रौनक बढेको छ। विगतमा सुनसान हुने दलालको कार्यालयहरूमा अहिले लगानीकर्ताको भीड बढ्न थालेको देखिएको छ। राजनीतिक सङ्क्रमणका कारण बढ्न नसकेको सेयर बजार अबका दिनमा उकालो लाग्ने कुरामा आशावादी हुने धेरै ठाउँ रहेको कुरा सेयर ब्रोकरहरू पनि स्वीकार्दछन्। आइतबार नेप्सेमा पाँच प्रतिशतको बढोत्तरी भएकोले सर्किट ब्रेकर नै लगाउनुपर्ने अवस्था आएको थियो।

नेप्सेमा प्रमुख बढोत्तरी हुने कम्पनीहरूमा बैङ्क तथा वित्तीय संस्थाहरू नै प्रमुख रहेको त्यसमा पनि क वर्गका वाणिज्य बैङ्कहरूको बजार मूल्यमा आएको बढोत्तरीले समग्र नेप्से सुधारमा सघाउ पुगेको हो।

 

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home