अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
किसानको समस्यालाई सम्बोधन गर्दै केन्द्रीय बैङ्कद्वारा नयाँ निर्देशन
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख ४ गते। नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा गरिएको कर्जाको असुली तालिका निर्माण गर्दै किसानले उत्पादन गर्ने बाली भित्र्याउने समयसँग तालमेल मिल्ने गरी निर्माण गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ।

किसानहरूको ऋण तिर्ने मुख्य स्रोत नै खेतमा लगाएको बाली भएकाले किसानलाई बैङ्कबाट लिएको ऋण तिर्न सजिलो होस् भनेर यस्तो निर्देशन गरेको नेपाल राष्ट्र बैङ्कका प्रवक्त भाष्करमणि ज्ञवालीले बताउनुभयो।

धानखेतीका लागि लिएको ऋण भए धानबाली भित्र्याउने बेलामा र गहुँखेतीका लागि लिएका ऋण भए गहुँबाली भित्र्याउने बेलामा असुली गर्नेगरी कर्जा तालिका निर्माण गर्न उचित हुने उहाँले प्रस्ट पार्नुभयो। राष्ट्र बैङ्कले आइतबार निर्देशक जारी गर्दै राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन गरेको हो।

त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाले चेपाङजस्ता पिछडिएका अल्पसङ्ख्यक जाति, सुकुम्बासी, मुक्त कमैया, हलिया, कमलरी, बादी समुदायलाई घर निर्माणका लागि बिना धितो प्रदान गरेको एकलाख रुपियाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने व्यवस्था पनि राष्ट्र बैङ्कले मिलाइएको छ। यसअघि बैङ्क तथा वित्तीय संस्थाहरूले ग्रामीण क्षेत्रमा सामुदायिक अस्पताललाई प्रवाह गरिने रु. एक करोडसम्मको कर्जालाईर् विपन्न वर्ग कर्जामा गणना गरिँदै आएको थियो।

राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त गरी वित्तीय मध्यस्थकर्ताको कारोबार गर्दै आएका गैरसरकारी संस्थालाई २५ प्रतिशतसम्म सीमा ननाघ्ने गरी 'घ' वर्गको वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्ने व्यवस्था पनि मिलाएको छ, तर यसरी लगानी गरेपछि उनीहरूको वित्तीय मध्यस्थाकर्ताको अनुमतिपत्र भने खारेज गरिने राष्ट्र बैङ्कले जनाएको छ।

त्यस्तै समस्याग्रस्त घोषण भई कारबाहीको अवस्थामा रहेको बैङ्क तथा वित्तीय संस्थालाई उक्त अवधिभर विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा प्रवाह नगरेको कारणले लाग्ने हर्जानामा पनि छुट गरिने भएको छ। यसअघि समस्याग्रस्त घोषित वित्तीय संस्थाहरूले कारबाही अवधिभर विपन्न वर्गमा गरिने लगानीलाई बाध्यात्मक नबनाउन माग गर्दै आएका थिए।

 

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home