ब्राहृमणले बङ्गुर पालेका, पञ्चेबाजा बजाएका, लुगा सिएका घटना नेपाली समाज र पत्रकारितालाई "समाचार" हुने गरेका छन्र सम्भवतः हाम्रा लागि यी आनौठा र अपवादका घटना भएकाले यिनीहरू समाचार भएका हुन्र अन्यथा कसैले पनि कुनै व्यवसाय गर्नु जातीय दृष्टिकोणको समाचार बन्नु नपर्ने होर नेपाली समाज र मानसिकता अहिले पनि श्रम विभाजनकालीन सामाजिक व्यवस्था कै नजिक छ भन्ने देखाउँछन् यस्ता समाचारलेर विगत समाजमा श्रमलाई उचनिच र कसले गर्नुपर्ने कसले गर्न नहुने भनी विभाजन गरिएकाले यसले समाजलाईर् विभाजनमात्र गरेन तहतहमा खण्डिकरणसमेत गरेको हो जसको परिणाम आजको पुस्ताले भोग्दैछर त्यसैले हामीले श्रम, आम्दानी, सामाजिक बहिष्करणलाई सान्दिर्भिक गरेर हेर्नुपर्ने हुन्छर श्रम वा व्यवसायमा राखिने जातीय संकुचित धारणामा परिवर्तन गर्न व्यक्ति वा उसको समूहले प्रतिरोध गर्नुपर्दछर धरान, सुनसरीका पण्डित छविलाल पोखरेलले विश्वकर्माहरूलाई पढाएर र कथित अछूत र महिलाहरूको व्रतबन्ध गरेर समाजमा स्थापित मान्यताविरुद्ध सौम्य प्रतिरोध गर्नुभएको थियोर २००७ सालतिर लम्जुङ तनहुँका ब्राम्हणले हलो जोतेर सामाजिक क्रान्ति गरेका थिए,जसले पेशा जातभातले होइन इच्छाले गर्ने हो भन्ने सन्देश दिएको थियोर तर यस्ता प्रयास वा क्रान्तिलाई हामीले सामाजिक अभियान बनाउन सकेनौंर राजनीतिक कार्यक्रममा र आग्रहमा सीमित गरिएकाले यी अभियानले नेपाली समाजलाई अपेक्षाकृत परिवर्तन गर्न सकेनन्र यस्ता प्रतिरोधहरू विनाहातहतियार आफैबाट शुरु गरिनु पर्दछर बाहुनको जनै चुँडाएर वा भिक्षुको गेरुबस्त्र फुकालिदिएर सामाजिक क्रान्ति
हुँदैनर न त मठ मन्दिर भत्काएरर यद्यपि, मोरङ् मधुमल्ला-८ का गोविन्दप्रसाद भट्टराईले व्यवसाय गर्नुभएको हो यो समाचार वा वहस तर्कको विषय हुन सक्दैन तर उहाँले गरेको व्यवसायले समाजमा जकडिएर रहेको पुरातनलाई चुनौती दिएकाले समाचार वहसको विषय बन्न पुगेको होर
कामको खोजीमा विदेशमा भूमिमा गाई चराउनेदेखि उँट डोर्याउने नेपालीहरूलाई मुलुृकभित्र प्राप्त जुनसुकै काम पनि सम्मान र गरिमापूर्ण हुनुपर्ने होर त्यसो हुन नसक्दा हाम्रो अपार जनशक्ति सस्तो र जोखिमपूर्ण श्रमका लागि विदेशिनु परेको छर बेचिनु रहर होइन बाध्यतार श्रम बेचेर नै दुनियाको मानिस धनी बनेको होलार धनी बन्न उद्यम नै आवश्यक छर अर्थ मन्त्रालयमा बस्ने अधिकारीहरू मुलुकको वाषिर्क बजेटको आकार हरेक वर्ष बढेको अवस्थालाई प्रगति भन्न सक्दछन तर श्रम बेचेर भित्रिएको रेमिट्यान्स गोविन्दप्रसादले बङ्गुर पालेर कमाएको प्रतिफलभन्दा धेरै गुणा कमजोर र क्षणिक हुनेछर व्यक्तिमा लागू हुने यो नियम देशमा पनि लागू हुन सक्दछर त्यसकारण किन नेपालीहरू परम्परागत पेशा, मुलुकभित्र प्राप्त नयाँनयाँ अवसर छाडेर विदेश
जान्छन् ? यसमा व्यक्तिको मात्र होइन राज्यको भूमिका महत्त्वपूर्ण हुने गरेकाले यसको उत्तर खोज्न राज्यतिरै र्फकनु पर्दछर घरमा बङ्गुर पाल्न हिचकिचाउने ब्राहृमण व्यवसायिकरूपमा यस्तो काम गर्न लजाउँदैन, जुत्ता बनाउने काम नगर्ने ब्राहृमण जुत्ता कारखानामा काम गर्ने अवसर खोज्दछ भने यहाँनेर पेशा र प्रविधिको प्रगाढ सम्बन्ध रहेको बुझ्नु पर्ने हुन्छर जुत्ता बनाउने परम्परागत पेशामा नयाँ प्रविधि जोडिदिने हो भने यस्तो पेशा सबैका लागि सहज हुँदो रहेछर बाँसबारी छाला तथा जुत्ता कारखानाका ठूला पदमा पुगेका र नेपालका जुता व्यवसायमा सफल ब्राहृमण यसका उदाहरण हुन्र केही दशकअघिसम्म कुनै एउटा जातिले परम्पारगतरूपमा गर्ने सेप्टीट्याङ्की सफाइको काममा ट्याङ्करको प्रविधि प्रयोग हुन थालेपछि यो काममा अन्य जातिको प्रवेश सहजमात्र भएको छैन ती जातिका लागि आकर्षण पनि थपिएको छर पेशामा प्रविधि मिसाइदिने जिम्मा व्यक्तिको भन्दा राज्यको हो, जसले गर्दा जुनसुकै समुदायको व्यक्तिले जुनसुकै पेशा अँगाल्न सक्दछर मूलतः कृषि र परम्परागत खेती/व्यवसायबाट भएको पलायन रोक्न पनि पेशा/व्यवसायमा आधुनिकीकरण गर्नु आवश्यक छ जसका लागि नयाँ प्रविधि र तौरतरिका अपनाउनु पर्दछर राज्यले अथाह रुपिँया खर्चेर वर्षेनी कृषि र पशुपाल स्वास्थ्यका विशेषज्ञ वा मध्यमस्तरका जनशक्ति उत्पादन गर्ने गर्दछर तिनीहरूले जानेको सीपलाई व्यवहारमा उतार्न नसक्दासम्म यस्तो लगानी अनर्थ हुनेगर्दछर राज्यले लगानी गरेका यस्ता जनशक्ति राजधानीमा क्यानल क्लव खोलेर बस्ने अनि कृषकले जिउज्यानको बाजी लगाएर पालेका पशुहरू रोगाएर मर्ने घटना भइरहँदा मुलुकले प्रगति गर्न सक्ने सम्भावनामा कति आघात पुग्छ सोच्न जरुरी छर त्र