काठमाडौँ, वैशाख ७ गतेर खाद्य सुरक्षा र पोषणमा सुधार गर्ने उद्देश्यले कृषि क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरूले मध्यपश्चिमाञ्चलका चार जिल्लामा परियोजना सञ्चालन गर्ने भएका छन्र मध्यपश्चिमाञ्चलका रूपन्देही, नवलपरासी, सुर्खेत र रुकुममा सञ्चालन गरिने उक्त परियोजना आई डी ई नेपाल, सेभ द चिल्ड्रेन, सिमेट, वोल्ड फिस सेन्टा, सेप्रड र बेस नामक गैरसरकारी संस्थाहरूले सयुक्त रूपमा सञ्चालन गर्नेछन्र परियोजना विस्तारको विषयमा साझेदारी संस्थाहरूले राजधानीमा बिहीबार संयुक्त छलफल गरी भावी योजनाहरू समेत तय गरेका छन्र
त्यस अवसरमा परियोजनाका कार्यक्रम विकास निर्देशक डा. मदन परियारले गरिबीको रेखामुनि रहेका मानिसहरूको खाद्य सुरक्षामा सुधार गर्नु नै परियोजनाको प्रमुख उद्देश्य रहेको बताउनुभयोर यो परियोजना तरकारी, खाद्यान्न र माछा उत्पादनमा केन्दि्रत रहने पनि उहाँले बताउनुभयोर परियोजनाले दिगो वातावरण र स्थानीय प्रविधिमा सुधार गरी लक्षित समुदायको उत्पादकत्वमा वृद्धि गर्ने पनि डा. परियारले बताउनुभयोर
परियोजना मुख्य रूपमा दिगो उत्पादन, प्रविधि हस्तान्तरण, बजार प्रबर्द्धन र पोषणमा केन्दि्रत हुने आई डी ई नेपालका सरकारी कार्यक्रम विकास विशेषज्ञ विनोद शर्माले जानकारी दिनुभयोर परियोजनाले तराईको दुई जिल्ला रूपन्देही र नवलपरासीमा तरकारी, खाद्यान्न, माछा र पोषण कार्यक्रममा र पहाडी जिल्ला सुर्खेत र रुकुममा तरकारी उत्पादनको कार्यक्रममा केन्दि्रत रहने पनि उहाँले बताउनुभयोर