काठमाडौँ, वैशाख ७ गतेर अन्नपूर्ण फाइनान्स स्तरोन्नति भई कैलाश विकास बैङ्कका रूपमा सञ्चालन हुने भएको छर विगत डेढ दशकदेखि फाइनान्सका रूपमा पोखराबाट सेवा सञ्चालन गर्दै आएको अन्नपूर्ण फाइनान्सलाई नेपाल राष्ट्र बैङ्कले यही वैशाखदेखि 'ख' वर्गको राष्ट्रियस्तरको विकास बैङ्कका रूपमा सञ्चालन गर्ने अनुमति दिएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयोर सो अवसरमा बैङ्कको नयाँ लोगो पनि सार्वजनिक गरियोर
बैङ्को चुक्ता पुँजी ७० करोड ४३ लाख रुपियाँ रहेको छ भने गत चैत मसान्तसम्ममा रु. चार अर्ब ४२ करोड ८६ लाख रुपियाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ८९ करोड ४१ लाख रुपियाँ कर्जातर्फ रहेको जानकारी दिइयोर