सुर्खेत, वैशाख ७ गतेर सुर्खेतमा सरुवा भएर आएका जिल्ला तथा क्षेत्रीय प्रशासकहरूलाई सुर्खेती उद्योग व्यवसायीहरूले स्वागतसँगै गुनासो सुनाएका छन्र बिहीबार सुर्खेत उद्योग वाणिज्य सङ्घकै सभाकक्षामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्याय र क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासलाई स्वागत गर्दै समस्याको ओइरो नै सुनाएर
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर शाहीले सुर्खेत भेरी, राप्ती, कणर्ाली र सेती अञ्चलको जोडिएको जिल्ला भए पनि उद्योग व्यापारको क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनुभयोर उहाँले सुर्खेतलाई कृषिमा पशुपालन, फलफूलमा आँप र मसलामा बेसार उत्पादनको मुख्य जिल्ला मानिएकोले त्यही अनुसारको उत्पादन गर्न सकिने उल्लेख गर्नुभयोर
सुर्खेतमै जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकारले घोषणा गरिसकेपछि पनि जग्गा नपाउँदा निर्माणमा शङ्का उत्पन्न हुन थालिसकेको उहाँले बताउनुभयोर यस्तै, सुर्खेतमा विद्युत्को समस्या भएको, पर्यटकीयस्थल भए पनि उति सारो प्रचार हुन नसकेको लगायतका समस्या राख्नुभएको थियोर
सङ्घका महासचिव पदमबहादुर शाहीले क्षेत्रीय सदरमुकाम भए पनि ठूला उद्योगहरू सञ्चालन तथा स्थापना हुन नसकेको, चन्दा आतङ्कको त्रास हट्न नसकेको, युवाहरू दुव्र्यसनको लतमा फस्न पुगेको समस्या अवगत गराउनुभएको थियोर व्यवसायी जगत खड्काले राजनीतिक अस्थिरताले व्यवसाय गर्ने वातावरण बन्न नसकेको, पलायन हुनुपर्ने अवस्था आई लागेको, लगानी वर्ष कागजमै सीमित हुन पुगेको, पर्यटन, जडीबुटी र खनिजको सम्भाव्यता अध्ययन हुन नसकेको जानकारी गराउनुभयोर क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासले सुर्खेतलगायत यस क्षेत्रको विकासका लागि आफू गम्भीर र चिन्तित भएको बताउनुभयोर उहाँले मध्यपश्चिम क्षेत्रमा पर्यटक र जडीबुटीको प्रचुर सम्भावना भएकोले यसको विकास गर्न सकिने धारणा राख्नुभयोर