अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
वालमार्टले आधुनिक सञ्जाल विकास गर्ने
एजेन्सी
 

बैङ्लोर, वैशाख ७ गतेर विश्वप्रसिद्ध ब्रान्ड वालमार्टले भारतमा आˆनो इ-कमर्सको प्लेटर्फम विकासका लागि एक सयभन्दा बढी भारतीय सˆटवेयरको विकास गर्ने कम्पनीलाई काम दिने भएको छर भारतमा वालमार्टलाई ल्याउने कुरामा निकै ठूलो विवाद भए पनि हाल विश्वकै ख्यातिप्राप्त खुद्रा बिक्रेताले आˆनो कारोबार निश्चित दायराभित्र रहेर गर्न पाउने भएको छर

भारतमा समेत लगानी गरेर काम थालेको विश्वभर सञ्जाल फैलाएको वालमार्टले आˆनो ग्राहकहरूको सिकायत सुन्ने, सुझाव लिने र आˆनो स्टोरमा भएको सामानको बारेमा जानकारी दिनेजस्ता कुराहरू विश्वभरका सबै ग्राहकहरूलाई सजिलै उपलब्ध गराउनका लागि नयाँ नयाँ सˆटवेयर विकास गर्ने क्रममा भारतीय सˆटवेयर निर्माताहरूलाई काम दिने निधोमा पुगेको बताइएको छर

वालमार्टले तयार पार्ने सˆटवेयरमार्फत वालमार्टका ग्राहकले कुनै पनि मुलुकबाट सो संस्थाको विश्वभर रहेको स्टोरहरूको कुनै पनि सूचना सजिलै प्राप्त गर्न सक्ने अवस्था सिर्जना हुनेछ भने सो संस्थालाई पनि आˆनो विश्वभर सञ्चालित सञ्जालको व्यापारको अवस्था र समग्र व्यापारको लेखाजोखा राख्न सजिलो हुने भएकोले सो संस्थाले अत्याधुनिक सˆटवेयर निर्माणमा जोड दिएको होर सूचना र प्रविधिको क्षेत्रमा निकै प्रगति गरेको र विश्व बजारमा पारिश्रमिकका हिसाबले निकै सस्तो श्रम पाइने भएकोले वालमार्टले नेटवर्कको पूर्वाधार विकासमा दक्षता हासिल गरेका भारतीय आईटी इन्जिनियरहरू, ठूलो तथ्याङ्क सञ्चालन गर्नसक्ने विशेषज्ञहरू भएको कम्पनीहरूलाई काम दिन लागेको जनाइएको छर

विश्वमै खुद्रा व्यवसायका लागि निकै ख्याती कमाउँदै आएको वालमार्टले आˆना विश्वभर छरिएर रहेका उपभोक्ताहरूलाई विभिन्न प्रकारको सुविधा दिने खालका सˆटवेयरहरू निर्माणलाई विशेष महìव दिनुका साथै ग्राहकहरूले अनलाइन, मोबाइलजस्ता आधुनिक प्रविधिबाट आवश्यक सूचना लिनसक्ने व्यवस्थामा जोड दिने बताएको छर

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home