अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
चियाको हरियो पत्तीको मूल्य निर्धारण
राजु शिवा/पशुपतिनगर
 

पशुपतिनगर, वैशाख ७ गतेर वर्षकै उत्कृष्ट हरियोपत्ति -ˆस्ट फल्स) उत्पादनसँगै इलामका चिया कारखानाहरूले हरियो पत्तीको नयाँ मूल्य तोकेका छन्र

चैत दोस्रो सातादेखि नै फस्ट ˆल्सको हरियो पत्ती कारखानामा आउन थालेपछि कारखानाहरूले किसानले ल्याउने पत्तीको तह -ग्रेड) छुट्याई नयाँ मूल्य कायम गरेका हुन्र इलामको फिक्कलस्थित नेपाल स्मल टी फिक्कलले पहिलो ग्रेडलाई ४२, दोस्रोलाई ३८ र तेस्रो ग्रेडको हरियो पत्तीलाई ३४ रुपियाँ प्रतिकिलो कायम गरेको जनाएको छर अहिले कारखानामा नयाँ बजार, फिक्कल, पञ्चकन्या, गोर्खेलगायतका क्षेत्रबाट दैनिक १०/१२ हजार किलो हरियो पत्ती आइरहेको कारखानाले जनाएको छर

यता पञ्चकन्याको आइतबारेस्थित इलाम टी प्रोड्युसर्स प्रालिले पनि हरियो पत्तीको नयाँ मूल्य लागू गर्न थालेको छर प्रालिले पहिलो ग्रेडलाई ४२, दोस्रोलाई ३८ र तेस्रो ग्रेडको हरियो पत्तीलाई ३४ रुपियाँ प्रतिकिलोले किसानलाई दिन थालेको छर आˆनो कारखानाले मात्र अन्य ८-१० कारखानासँग व्यापारिक प्रतिस्पर्धा गर्नुपर्ने भएकाले हरियो पत्तीको मूल्य किसानलाई चित्त बुझ्दो रूपमा दिन थालेको कारखानाका लेखा अधिकृत विद्याराज प्रसाईंले बताउनुभयोर अहिले यस कारखानामा कन्याम, पशुपतिनगर, फिक्कल, आरुबोटे, गोदक र लक्ष्मीपुरका छ हजार बढी किसानले दैनिक २० हजार किलो जति हरियो पत्ती ल्याइरहेको कारखानाले जनाएको छर प्रसाईंले भन्नुभयो, जसले ताजा हरियो पत्ती ल्याउँछ उसलाई रु. दुई प्रतिकिलो ढुवानी भाडासहित थप रु. तीनसमेत दिने गरेका छौँर इलाम टी प्रोड्युसर्सले हरियो पत्ती प्रशोधन गरी भारतको कलकत्तामा बिक्रीका लागि नमुना पठाउने गरेको सुनाउँदै प्रसाईंले भन्नुभयो, किसानले गुणस्तरको चिया ल्याए कारखाना र किसान दुवैलाई फाइदा हुन्छर

यस्तै, इलामको श्रीअन्तुमा रहेको इलाम टी प्रोड्युसर्स प्रालिले पहिलो ग्रेडलाई ४१, दोस्रोलाई ३७ र तेस्रो ग्रेडको हरियो पत्तीलाई २९ रुपियाँ प्रतिकिलो मूल्य तोकेको छर किसानले ल्याउने पत्तीको गुणस्तर हेरेर थप मूल्य बढाउन सक्ने कारखानाका ओमप्रकाश काˆलेले बताउनुभयोर यहाँ अन्तु र समाल्बुङलगायतका किसानले दैनिक १८ हजार किलोभन्दा माथि हरियो पत्ती ल्याउने गरेका छन्र गत वर्षको तुलनामा यस वर्ष मूल्य राम्रो कायम गरिएकाले हरियो पत्ती बढी मात्रामा आइरहेको काˆलेले बताउनुभएको छर

इलाममा त्रिवेणी सङ्घाईअन्तर्गतका पाँचवटा कारखाना र बगान छन्र उनीहरूले आफैँ पत्ती प्रशोधन गरेर भारतमा बिक्री गर्दै आएका छन्र हरियो पत्तीको उत्पादन सुरु सङ्घाईअन्तर्गतका कारखानाले पनि नयाँ मूल्य कायम गरेका छन्र इलामका २२ वटा चिया कारखानामा जिल्लाका पाँच हजार बढी किसानले नियमित रूपमा हरियो पत्ती बिक्री गर्दै आएका छन्र इलामका किसानले वाषिर्क ११ लाख २९ हजार १० किलो हरियो पत्ती उत्पादन गर्ने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छर इलामका किसानले तीन हजार सात सय ९४ हेक्टर जमिनमा चिया खेती लगाएका छन्र चैत दोस्रो सातादेखि उत्पादन सुरु हुने हरियो पत्ती मङ्सिरसम्म टिपाई हुन्छर

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home