अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
थि्रस्टार बि्रटिस गोर्खाको सेमिफाइनलमा
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख ९ गते । पूर्वार्द्धमा पछाडि परेर पनि एपीएफलाई ४-१ ले हराउँदै थि्रस्टार बिटि्रस गोर्खा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

उपाधिको हृयाटि्रक गर्ने दाउमा रहेको थि्रस्टारले फाइनलमा स्थान बनाउन अब मच्छिन्द्र क्लब र हिमालयन सेर्पा क्लबबीचको विजेतासँग खेल्नेछ ।

थि्रस्टारका लागि सन्तोष साहुखलले दुई तथा कप्तान विशन गौचन र विक्रम लामाले एक/एक गोल गरे । पूर्वार्द्ध एपीएफका लागि राम्रो रहृयो । खेलको ३०औँ मिनेटमा कप्तान कुमार थापाको पासमा राजेन्द्र रावलले हेड गर्दै एपीएफलाई अग्रता दिलाएपछि थि्रस्टार मध्यान्तरसम्म पछाडि परेको थियो ।

उत्तरार्द्धमा थि्रस्टार भिन्न टिमका रूपमा प्रस्तुत भयो । खेलको ७१औँ मिनेटमा मात्र थि्रस्टारले साहुखलको गोलबाट खेल बराबर गर्‍यो । विराज महर्जनको क्रस सदुपयोग गर्दै साहुखलले गोल गरेका हुन् ।

बराबरी गोलको ३ मिनेट बित्न नपाउँदै विष्णु गुरुङलाई एपीएफका डिफेन्डर कृष्ण लामाले डिबक्समा लडाएपछि थि्रस्टारले पेनाल्टी पायो र साहुखलले नै सो मौकाको उपयोग गरे । विष्णुलाई लडाएपछि कृष्ण दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिए । जसले गर्दा एपीएफले दोहोरो झट्का बेहोरेको थियो ।

एपीएफ दस खेलाडीमा सीमित भएपछि थि्रस्टारले अन्तिम समयसम्म एकोहोरो आक्रमण गर्‍यो । फलस्वरुप थि्रस्टारले ८१ र ८९औँ मिनेटमा दुई गोल थप्यो । कप्तान विशनले करिब २५ गजबाट सीधै बल गोलपोस्टमा छिराएर तेस्रो गोल गरे भने अन्तिम समयमा 'म्यान अफ द म्याच' विराजको क्रसमा विक्रमले अन्तिम गोल गरे ।

थि्रस्टारका प्रशिक्षक मेघराज केसीले पूर्वार्द्धमा एपीएफले राम्रो खेल्दा आप\mनो टिम दबाबमा आएको प्रतिक्रिया दिए । पछिल्ला दुई संस्करणको विजेता भएकाले जित्ने दबाब थियो, त्यसैले पनि पूर्वार्द्धमा फरक पार्‍यो, यद्यपि उत्तरार्द्धमा आक्रामक रणनीति अपनायौँ र गोल गर्न पनि सफल भयौँ -प्रशिक्षक केसीले भने ।

एपीएफका प्रबन्धक प्रेमकुमार श्रेष्ठले रेप|mीले पक्षपातपूर्ण निर्णय दिँदा हार बेहोर्न बाध्य भएको भनी रोष प्रकट गरे । रेप|mीको निर्णय सही भएन, पेनाल्टीको निर्णय गलत थियो, त्यसपछि खेलाडीको मनोबल घट्यो -प्रबन्धक श्रेष्ठले भने ।

आइतबारको खेल

नेपाल पुलिस क्लब-आर्मी क्लब

समय ः ३ः०० बजे

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home