अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
नेपालमा राजमार्गको सन्देश
रामकृष्ण रेग्मी
 

समाजको आर्थिक सामाजिक रूपान्तरणलाई स्फुरण गर्ने र दिगो पार्ने दिशामा नेपालमा अहिले विद्यमान राजमार्गको सञ्जालले महìवपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा सर्वविदित छ। यसलाई योजनाबद्ध हिसाबले समयोचित ढङ्गमा उपयोग गर्न भने त्यति विचार पुगेको छैन। फलतः गरिबी कम गर्न, रोजगारीका विकल्प सिर्जना गर्न, आयमा वृद्धि गर्नका लागि राजमार्गले खोलेका सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न निकै प्रयास गर्न बाँकी नै छ। सम्बद्ध क्षेत्रमा सम्भावनाको बोध भने निश्चय नै छ, अझ परिस्कृत रूपमा नै छ भन्न पनि नसकिने होइन तर तृणमूल तहमा राजमार्गबाट सम्भव हुने अनेकपक्षीय लाभ पुग्ने स्थिति छैन।

यसमा समयमा विचार पुर्याउनु अनिवार्य छ। नयाँ नेपालको निर्माण प्रयासमा त्यो प्राथमिकतामा पर्नु जरुरी नै छ। नागरिकको घुमफिरको अधिकार, र यात्राको हकलाई सुनिश्चित गर्न र वस्तु वा सेवासम्मको पहुँचको आवश्यकतालाई परिपूर्ति गर्न सडक सञ्जालले पुर्याएको योगदान सबैले अनुभव गरेको कुरा हो। निर्माण सम्पन्न भइसकेका राजमार्गले खास स्थान, वस्ती र बजारको मुहार बदलेको, उत्पादकत्वमा सारपूर्ण वृद्धि गरेको प्रेरक उदाहरण छन्। अन्यत्र त्यसो गर्न नसकिएको स्थिति पनि छ। यो चुनौतीलाई सम्बोधन गर्न नसकिने भने छैन। यसका लागि उपयुक्त सोच, योजना र कार्यान्वयन कुशलताको खाँचो भने अवश्य नै पर्छ।

राजमार्ग र अर्थतन्त्रबीचको अन्योन्याश्रति सम्बन्ध देशको पूर्वलाई पश्चिमसँग जोड्ने, उत्तरलाई दक्षिणसँग आबद्ध गर्ने अनेक निर्मित निर्माणाधीन राजमार्ग र तीसँग गाँसिएका थुप्रै मार्गले स्पष्ट परिभाषित गरिरहेका छन्। आधिकारिक तथ्याङ्कले देशमा गतः आर्थिक वर्षसम्ममा २१ हजार ४५५ किलोमिटर सडक सञ्जाल भएको देखाउँछ जसमा छ हजार ६६९ किलोमिटर सडक पिच र पाँच हजार सात किलोमिटर सडक ग्राभेल रूपमा छन्। सडकमा गुड्ने साधनको संख्या पनि एघार लाखको हाराहारीमा रहेको र तिनमा बस, ट्रक, टि्रपर, ट्राक्टरको संख्या पनि उल्लेख्य नै छ। तिनको बृद्धि दर पनि वाषिर्क ११.०६ रहेको छ। विज्ञको विचारमा यो तीव्र रूपमा बढ्ने संकेत छ।

यी अड्ढलाई विश्लेषण गर्दा अर्थ खुल्छ- सडकका यी रेखाले त मैदानदेखि भन्ज्याङमाथि हिमाली फेदसम्मका उचाइका वस्ती, संस्कृति, कृषि, उद्योग धन्दाका करिडर -क्षेत्र) वनस्पति आदिको विविधतालाई पो गाँसिरहेका रहेछन्। रेखा बनजङ्गल, फाँट, बन्यजन्तु, नदीको बगर, पहाडका चट्टानसम्मका संसाधनमाझ दगुरिरहेका रहेछन्। अन्यत्र विरलै पाइने विविधताका यी अवसरलाई उपयुक्त रूपमा पुँजीमा बदल्न नसकिने छैन। हो, त्यसो गर्नका लागि लामो समयसम्म लगानी मैत्री वातावरणको आवश्यकता पर्छ,। आर्थिक नीतिको निरन्तरता र स्थिरता त अनिवार्य नै छ। उद्यमशीलतालाई त्यतातिर प्रवाहित गर्न राजनीतिक इच्छा पनि स्पष्ट हुनुपर्छ नै।

लुकेका सम्भावना

रेखाको त्यो स्थितिलाई विकास अर्थशास्त्रीले माग, आपूर्ति, वितरण, लगानी भनेर व्याख्या गरेको पाइन्छ। तिनको यो कथन मर्मस्पर्शी छ र लगानी वर्षको चर्चा र बहसमा पथप्रदर्शक पनि हुनसक्छ। मेचीदेखि केाशी, कमला, नारायणी, कणर्ाली, रापती हुँदै महाकाली पुग्ने पूर्व पश्चिम राजमार्गले त्यसमा पर्ने अनेक स्थान, बजार, वस्ती, देहातका उत्पादन उपभोग तथा वितरणलाई सहज तुल्याउन वषौंर्ंदेखि योगदान दिइरहेछ। त्यसलाई समयअनुरूप बढी व्यवस्थित, उत्पादनशील, नागरिक मैत्री, तथा संस्थागत पार्नुपर्ने आजको आवश्यकता हो।

त्यस्तै आर्थिक दृष्टिकोणले उत्तर दक्षिणका सडक सञ्जाललाई पनि व्यवस्थित, उत्पादनशील पार्नुपर्ने आवश्यकता छ। उत्पादनशीलताको होनहार सम्भावना बोकेर धनगढी महेन्द्रनगर डडेलधुरालाई बझाङ र दार्चुलासँगको यातायात कडीमा राख्ने सडक, र नेपालगन्जबाट सुर्खेत हुँदै जुम्ला पुग्ने बाटो उपस्थित छ। त्यसै गरी भैरहवाबाट पोखराको बाटोबाट जोमसोम छिचोल्ने मार्ग, वीरगन्जबाट रसुवा वा जनकपुरबाट धुलिखेल हुँदै तातोपानी पुग्ने मार्ग राजविराजबाट ओखलढुङ्गातिरको बाटो पनि उद्यमीको प्रतीक्षामा छ। कोशी राजमार्गतिर धनकुटा हुँदै संखुवासभा तेह्रथुम भोजपुर पुग्ने बाटो र मेची राजमार्गको इलाम फिदिम ताप्लेजुङ जाने सडक पनि किनारातिर र वरपर उद्यम अवसर औंल्याएर पर्खिरहेको अनुभव हुन्छ।

त्यो चित्रलाई अझ बढी प्रभावकारी पार्ने लक्ष निर्माण सोचमा रहेको मध्य पहाडी राजमार्गले लिएको छ। यसले पश्चिमको झुलाघाटदेखि पूर्वको चियाभन्ज्याङसम्मका पहाडी भूभागलाई जोडेर १७७६ किलोमिटर लामो यातायातको एउटा भरपर्दाे विकल्प उपलब्ध गराउन सक्ने स्पष्ट छ। विज्ञहरूको विचारमा सिलगढी, दुल्लु, मुसिकोट, वाग्लुङ, धुलिखेल नेपालथोक र दिक्तेलतिरका वस्ती र स्थानलाई सडक सञ्जालमा ल्याएर आर्थिक विकासको लहर नै खोल्ने क्षमता राख्छ। डिटेल प्रोजेक्ट रिपोर्टअनुसार यो मार्ग बनाउन ४३.३८ अरब रुपियाँ लाग्छ र यसलाई दुईसय किलोमिटरले छोट्याउन सक्ने सम्भावना पनि रहेको छ भनिन्छ। त्यसो गर्दा निश्चय नै निर्माण खर्च घट्न जान्छ तर यसमा विवेक पुर्याउनु पर्ने कुरा के हो भने बाटो छोट्याउँदा खास स्थानका वस्तीलाई अप्ठेरो पो पर्छ कि ? कतै तिनलाई सडक वञ्चितताका मारमा फेरि पनि वस्नु पर्छ कि?

जान्नेहरूले भनेको सुनिन्छ- वास्तवमा राजमार्ग नै त्यस्तो स्थान हो जहाँ एक दृष्टिमा देशको आर्थिक स्थितिलाई झलमल्ल देखाउन सकिन्छ, राजमार्ग नै त्यस्तो स्थान हो जसमा देशको आर्थिक उत्पादनको सञ्जाललाई उपभोक्तासँग आबद्ध गर्ने सहज सरल पाइपलाइन तयार पार्न सकिन्छ। जनस्तरका सामान्य आवागमनदेखि ढुवानी साधनले ओसार पसार गर्ने सेवा सामानसम्मका विहङ्गम हस्याङफस्याङ यसमै प्रस्तुत हुन्छ। तिनले समग्रमा अर्थतन्त्रलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ऊर्जा प्रदान गरिरहेका हुन्छन्। राजमार्गका यही शक्तिलाई पहिचान गरेर नै विज्ञहरूले यसलाई शरीरको मुख्य धमनी झैं महìवपूर्ण मानेका हुन्छन् र भनेका हुन्छन् यस्ता सडकलाई निरन्तर खुला राख्नु अनिवार्य छ, तनावमा राख्नै हुन्न।

सडक तयार भएपछि निजी क्षेत्रले आफ्नै सुरमा, गतिमा, र सोचमा आर्थिक गतिविधि बढाउँदै गरेको, सवारी सेवा प्रवर्द्धन गरेको र ढुवानी सेवालाई सम्बर्द्धन पार्दै लगेको दृश्य नेपालका विविध सडक सञ्जाल क्षेत्रमा देख्न पाइन्छ। यसलाई पूर्वाधारमा सरकारी क्षेत्रको संलग्नता र त्यसपछिको प्रयोगमा निजी क्षेत्रको सहभागिताको राम्रो उदाहरणको रूपमा लिन मिल्छ। त्यसलाई आर्थिक रूपमा संस्थागत गर्न र नागरिकको हितमा प्रवर्द्धन गर्न भने धेरै गर्न बाँकी छ। नेपालीको सडक जागरुकताको स्तर कम छैन। तृणमूल तहमा जनश्रमदानद्वारा सडक निर्माण गर्न देखाइएको उत्साहलाई कम आँक्न मिल्दैन। प्रजातन्त्रमा त्यसलाई अत्यन्त महìवपूर्ण पुँजी मानिन्छ। त्यो उत्साहको सम्मान गर्दै सम्बद्ध आकांक्षाअनुरूप दिगो रूपमा हिउँद वषर्ा निरन्तर चल्ने सडक बनाउनतिर सघाउनु राज्यको पनि दायित्व नै हो।

सम्बोधन खोज्ने प्रश्न

राजमार्गसँग गाँसिएका प्रश्नहरू नभएका होइनन्। देशमा उपलब्ध राजमार्गको उच्चतम प्रयोग गर्न सकिएको छैन। इन्जिनियरिङमा देशमा विद्यमान उच्च व्यावसायिक विज्ञ कार्यमा अनुवादित हुन सकेको छैन। निर्माण प्रक्रियामा गुणस्तरीयताको खाँचो सधैँ नै खट्किने कुरा भएको छ। सडक निर्माणसँगै त्यसलाई प्रयोग गरी आर्थिक गतिविधसँग गाँसेर भविष्यपर्यन्त उत्पादनशील तुल्याउने दिशामा सोच राखेको पाइन्न। सडक मूलतः इन्जिनियर कार्य नै हो। तर यस पूर्वाधारमा रहेको बहुपक्षीय प्रयोग वा सेवाका अनेक अवसरबारे त्यतिसारो चासो राखिन्न। सडकमा आधारित आय वृद्धिका अवसर तथा सामाजिक रूपान्तरणका सम्भावनालाई उपयोग गर्नेतिर पनि दीर्घकालीन रूपमा खासै केही योजना भएको पाइन्न। यी कमीलाई सम्बोधन गर्ने प्रयास भएमा सडकबाट उद्यमशीलता प्रवाहित हुनेमा निश्चित रहन सकिन्छ।

सुरक्षित यात्रा र सेवा पनि राजमार्गको प्रसङ्गमा उल्लेख गर्नुपर्ने विषय हो। समय समयमा ठाउँ ठाउँमा दुर्घटना हुने गरेको सर्वविदित सन्दर्भ हो। नागरिकका हिँडडुलका अधिकार, सुरक्षित यात्राको हक, प्रत्याभूति हुनुपर्ने सडकमा त्यस्तो दुखद घटना हुनु चिन्ताको विषय हो। त्यसमा सरोकारवाला सबैले नै ध्यान दिनु अनिवार्य छ। कानुनको राजको पालना राजमार्गमा कुन रूपमा भइरहेको छ त्यसको राम्रो अनुगमन आवश्यक छ। सडकमा असुरक्षा, अपराध चोरी ढुवानी सहन सकिन्न।

सडक, वस्ती र पर्यावरणबीचको सम्बन्धलाई पनि ध्यान दिनुपर्ने भएको छ। निर्माण क्रम र सञ्चालन प्रक्रियामा सडकले पर्यावरणमा पर्ने प्रतिकूल प्रभावलाई मनन गर्नु अनिवार्य भइसकेको छ। सडक वञ्चित नेपालमा सडक पुर्याउनु पर्ने हाँक एकातिर छ भने अर्काेतिर समाजले प्रयोग गर्ने सक्ने, पर्यावरणले धान्न सक्ने सडकको सम्बर्द्धन गर्नु। सडक सञ्चालनका लागि चाहिने इन्धन र त्यसको उर्लंंदो मूल्य पेचिलो समस्याको रूपमा छ। यी सबै प्रश्नलाई सम्बोधन गर्न त्यसबेला मात्र सकिन्छ जब अहिले उपलब्घ राजमार्गतिर आर्थिक दृष्टिकोणले उत्पादनशीलता र उद्यमशीलतालाई हुर्काइन्छ। á

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home