अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
शुभयात्रा डा. हेनिङ
 

आत्मीय शुभचिन्तकलाई विदाइ गर्नु सहज कुरो होइन तर कहिले कही मन नलाग्दा नलाग्दै पनि यस्ता विछोड स्वीकार गर्नुपर्दछ। आजभन्दा ३० वर्षअघि, ३४ वर्षको हराभरापूर्ण पारिवारिक पृष्ठभूमि र जाँगर लिएर जर्मनीबाट नेपाल आउनुभएका डा.एल्बेच्ट हेनिङ् सिराहाको लहानलाई "आँखा उपचारको सहर" को रूपमा स्थापित गरेर अवकाश जीवन विताउन आज सोमबार स्वदेश र्फकदै हुनहुुन्छ। उहाँले लहानमा जे योगदान दिनुभयो त्यो हामी सबै नेपालीका लागि प्रेरणाको विषय हो। सोझो अर्थमा उहाँले नेपाली भूमिमा आँखा उपचारको सफल प्रयोग मात्र गर्नुभएको छैन अनुकरणीय पे्ररणा दिनुभएको छ। उहाँ जर्मनी र्फकनु हुनेछ तर हाम्रा लागि उहाँका योगदान दीर्घकालपर्यन्त नेपालमा अक्षुण्ण रहनेछ। लहान पुग्ने जो कोही नेपाली उहाँले स्थापना र विकास गर्नुभएको लहान आँखा अस्पतालअगाडि पुगेपछि डा. हेनिङ्प्रति सम्मान नगरी रहन सक्दैन। नेपाली मात्र होइन सीमावर्ती प्रान्तका धेरै भारतीयहरूसमेत लहान आएर सो अस्पतालबाट उपचार प्राप्त गरेका छन्। सो अस्पतालले साँचो अर्थमा "सीमारहित डाक्टर/उपाचार"लाई व्यवहारमा उतारेको छ। धेरै नेपाली उपचारका क्रममा भारत जाने आमप्रवृत्तिमा यो अस्पतालले कमसेकम आँखा उपचारको क्षेत्रमा गौरवपूर्ण उपलब्धिबारे वृद्धि गर्नसमेत क्रमभङ्ग गरेको छ।

डा.एल्बेच्ट हेनिङले चिकित्सकीय उपचारमात्र नगरेर अस्पताल भवनसमेत निर्माण, विराटनगरमा थप आँखा उपचार केन्द्रको स्थापना र विस्तार गरी यस क्षेत्रमा उदाहरणीय काम गर्नुभएकाले उहाँलाई लहानवासीकातर्फबाट आइतबार नागरिक अभिनन्दन गरिदैछ। यो समग्र नेपालीले उहाँप्रति गरेको अभिनन्दन हो, सम्मान हो। नेपालमा पछिल्ल्ाो समयमा आएर आँखाको उपचारमा उच्च्ा गतिमा प्रगति भएको छ। डा. सन्दूक राई, रामप्रसाद पोखरेल, बी.पी. कोइराला अप्थाल्मीक केन्द्र, नेपाल नेत्रज्योति संघ, डा.एल्बेच्ट हेनिङजस्ता व्यक्ति तथा संस्थाले धेरे नेपालीलाई भौतिक दृष्टि प्रदान गर्नुभएको छ। यस्ता प्रयासहरूलाई परिणाममुखी बनाउन सबैको सहयोग रहनु पर्दछ। विकास निर्माण वा रचनात्मक कामलाई आग्रह र पूर्वाग्रहभन्दा माथि राखेर डा. हेनिङले जस्तै समाजसेवा गर्ने हो भने नेपालमा विकासको गतिलाई तीव्र र जनस्तरमा पुर्‍याउन सकिन्छ। जसै, डा. हेनिङ लहान अस्पतालका लागि भवन निर्माणार्थ जग्ग्ाा खोज्दै हुनुहुन्थो त्यसबेला पदमनारायण तथा रबन्दिलाल चौधरी परिवारले जग्ग्ाा उपलब्ध नगराएको भए आज सो अस्पतालको भौतिक विकास यस किसिमले हुनसक्ने थिएन साथै अस्पतालले यस प्रकारको उपचार प्रदान गर्न सक्ने थिएन। जग्ग्ाा प्रदान गर्नुहुने चौधरी परिवार, अस्पतालको विकासमा योगदान दिनुहुने सबै स्थानीयवासीको प्रयासलाई डा.एल्बेच्ट हेनिङले नेतृत्व गर्नुभएकाले अस्पतालले छोटै समयमा लोकपि्रयता पाउन सकेको हो।

डा.एल्बेच्ट हेनिङले आखाँ उपचारका लागि नेपालमा बसेर आखामा सानो प्वाल पारेर सिलाइबिना नै उपचार गर्ने प्रविधि र प्रयोग -फिस हुक) भित्र्याउनु मात्र भएन यस्ता प्रविधिबारे नेपाली र विदेशी विद्यार्थीलाई पढाउनुभयो। यसअर्थमा उहाँ आँखामार्फत भौतिक ज्योति प्रदान गर्ने चिकित्सकमात्र नभएर नेत्र रोगसम्बन्धी शिक्षाको विगुल फुक्ने चैतन्यपुरुष पनि हुनभएको छ। उहाँका धेरै विद्यार्थी र शोधार्थीहरू पूर्वाञ्चलका आँखा अस्पताल वा क्लिनिकमा पाइनुले उहाँको योगदानलाई चौतर्फी बनाएको स्पष्ट हुन्छ। उहाँको बहुआयामी योगदानबाट आखाँ रोगी मात्र होइनन् त्यो रोगविरुद्ध काम गर्छु भन्ने अप्थाल्मिक विषयका विद्यार्थी पनि लाभान्वित भएका छन्। अस्पतालको स्थापनादेखि हालसम्मको विकास गतिविधिमा संलग्न पदम्नारायण चौधरीले डा.एल्बेच्ट हेनिङजस्ता व्यक्तित्व यस क्षेत्रले पाउन मुस्किल छ भनेर डा. हेनिङको उच्च्ा मूल्याङ्कन र प्रशंसामात्र गर्नुभएको छैन, -फिस हुक) जस्तो व्यक्तित्व यस क्षेत्रमा नआउने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ। उहाँको चिन्ता लहानवासीको उपचारमा मात्र केन्दि्रत छैन विकासका लागि लालायित नेपालीको साझा चिन्ता हो। एउटा मानिसको योगदानले सधैँ सबैको आवश्यकता र अपेक्षा पूरा हुन सक्दैन। पथप्रदर्शकले बाटोमात्र देखाउन दिन सक्नेजस्तै बुद्ध वा गान्धीले अहिंसाको बाटोमात्र देखाउन भ्याउनु भयो। त्यसको प्रयोग गर्ने जिम्मा आफूपछिका सन्ततिलाई छोडेर जानुभयो। एउटा व्यक्तिले सबैकाम आफू एक्लैले गर्नसक्ने भएको भए थप मानिसको जन्म वा भगवान्को अवतार हुनु आवश्यक पर्दैनथ्यो। डा. हेनिङले जुन "पथ" देखाउनु भएको छ त्यो बाटोबाट प्रेरित, लाभान्वित हामी नेपालीले उहँाको योगदानलाई निरन्तर गर्न सक्यौं भने सायद उदारमना चौधरी परिवार वा लहानवासीले गरेको चिन्तालाई कम गर्न सकिन्छ। उर्वर जीवन नेपाल र नेपालीका लागि सुम्पनु भएका डा.एल्बेच्ट हेनिङको बाँकी जीवन सुखमय होस्, सबै नेपालीकातर्फबाट गोरखापत्रको यही कामना।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home