अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
मुम्बई घरेलु मैदानमा पराजित
 

नयाँदिल्ली, वैशाख १० गते। इन्डियन पि्रमियर लिगमा आइतबार किङ्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई छ विकेटले हराएको छ । घरेलु पिचमा पहिले ब्याटिङ गरेको मुम्बईले छ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा सचिन तेन्दुलकरसँग क्रिजमा आएका जेम्स

प|mाङ्कलिनले ५१ बलमा ७९ रन बनाएपछि सुस्त सुरुवात गरेको मुम्बईको स्कोर राम्रो भयो। तेन्दुलकर २३ बलमा २३ रन बनाई रनआउट भए।

पन्जाबले पहिलो विकेटका लागि छ ओभरको पावरप्लेमा ४८ रन जोडेर राम्रो सुरुवात गरेका थिए तर पावरप्ले सकिनासाथ प्रारम्भिक ब्याट्सम्यानद्वय नितिन साइनी -३० रन) र मन्दीप सिंह -२४ रन) आउट भए। यद्यपि सन मार्सले ४० बलमा अविजित ४८ रनको पालि खेली पन्जाबलाई तीन बलअघि नै जित दिलाए।

यसैगरी शनिबार राति सौरभ गाँगुलीको अलराउन्ड प्रदर्शन र जेसी राइडरको ८६ रनको सहयोगमा पुने वारियर्सले दिल्ली डेयरडेभिल्सलाई २० रनले हरायो। पुनेले तीन विकेटको क्षतिमा १९२ रन बनाएपछि लक्ष्य पछ्याएको घरेलु टिम दिल्लीले सात विकेटको क्षतिमा १७२ रन मात्र बनाउन सक्यो। ब्याट्बाट ४१ रनको योगदान दिने गाँगुलीले दिल्लीका दुई ब्याट्सम्यानलाई आउट गरे।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home