अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
बैङ्क अफ काठमाण्डू नयाँ अभियानमा
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १३ गते। बैङ्क अफ काठमाण्डू लिमिटेडले १० देखि २२ वर्ष उमेरका युवालाई लक्षित गरी 'बिओके चेतनशील युवा बचत' योजना प्रारम्भ गरेको छ।

न्यूनतम् सय रुपियाँ मौज्दातमा खाता खोल्न सकिने यस योजनामा ग्राहकलाई खुत्रुके निःशुल्क उपलब्ध हुने र बचत खाताहरूमध्ये उच्चतम ब्याज प्राप्त हुने बैङ्कले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दियो।

बैङ्कका शाखाहरूबाहेक तोकिएको केही विद्यालय, क्लब जस्ता स्थानमा गई स-सानो रकम जम्मा गर्ने र निकाल्ने सुविधा यस योजनामा हुनेछ। पहिलो चरणमा परीक्षणको रूपमा अत्तरिया, सुर्खेत, गोङ्गबु र भक्तपुर शाखाबाट सुरु गरिएको यो योजना अब बैङ्कका सबै शाखाबाट उपलब्ध हुने बैङ्कले जनाएको छ।

पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले विभिन्न सञ्चार माध्यमलगायत सडक नाटक, विद्यालय, क्लब तथा युवा समुदायसँग सम्बन्धित गैरसरकारी संस्थासँग सहकार्य गरी युवा पुस्तामाझ वित्तीय कारोबार र बचतबारे जानकारी गराउने तथा उनीहरूलाई बचत गर्न उत्प्रेरित गर्ने गरी कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। उहाँले यस योजनामार्फत न्यून आय भएका र बचत गर्ने बानी नभएका युवाहरूलाई वित्तीय क्षेत्रको मूलधारमा समाहितको प्रयास गरिने बताउनुभयो। बैङ्क अफ काठमाण्डूले युथ सेभ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको जनाएको छ।

सेभ द चिल्ड्रेनको नेतृत्व तथा द मास्टर कार्ड फाउण्डेसनको सहयोगमा वासिङ्टन विश्वविद्यालयस्थित सामाजिक विकास केन्द्र, विपन्न वर्गको सहयोगका लागि परामर्श एकाइ र न्यू अमेरिका फाउन्डेसन नामक संस्थाहरूले नेपाल, कम्बोडिया, केन्या, घानामा सन् २०१० बाट यस परियोजना

सुरु गरेको हो।

यस परियोजना सञ्चालन सम्बन्धमा सेभ द चिल्ड्रेन तथा बैङ्क अफ काठमाण्डूबीच सन् २०१० मा नै सम्झौता भएको बैङ्कले जनाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home