अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
बैतडी यू-१९ राष्ट्रिय क्रिकेट च्याम्पियन
गोरखापत्र साचारदाता
 

काठमाडौँ, वैशाख १४ गते। क्षेत्र नं ६ बैतडीले बिहीबार पूर्व विजेता क्षेत्र नं. २ वीरगञ्जलाई चार विकेटले हराएर वाई वाई यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

बैतडीले एक महिनाभित्र राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको यो दोस्रो पटक हो। २०६१ सालमा क्षेत्र नं. ६ को मान्यता पाएको बैतडीले हालै मात्र यू-१६ जितेर पहिलो पटक राष्ट्रिय प्रतियोगिताको स्वाद चाखेको थियो। वीरगञ्जले भने लगातार तेस्रो पटक यू-१९ राष्ट्रिय क्रिकेटको फाइनल खेलेको हो। पहिलो पटक फाइनलमा पुग्दा उपाधि जित्ने वीरगञ्जले दुई वर्षअघि फाइनलमा भैरहवासँग हार व्यहोरेको थियो।

त्रिवि क्रिकेट मैदानमा आज टस जिती पहिले ब्याटिङ गरेको वीरगञ्ज ३७.२ ओभरमा सय रनमा अलआउट भएपछि नै बैतडीले उपाधि जित्ने लगभग पक्का भएको थियो। बैतडीले लक्ष्य ३१.४ ओभरमा छ विकेटको क्षतिमा १०२ रन बनाइ हासिल गर्‍यो। प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान सुरेन्द्र चन्दले ४४ बलमा सात चौकासहित ३८ रन बनाएपछि बैतडीकेा सुरुआत राम्रो भएको थियो। हासिम अन्सारी र अकिब अन्सारीको बलिङले वीरगञ्जले खेलमा फर्किने प्रयास नगरेको भने होइन तर लक्ष्य ठूलो नहुँदा छैटौँ क्रमका ब्याट्सम्यान सौरभ चन्दले खेलेको अविजित २२ रनको पालीले नै बैतडीलाई उपाधि जिताउन पर्याप्त बन्यो।

यसअघि, प्रेम तामाङले दुई ओभरमा मात्र दुई रन खर्ची तीन विकेट लिएपछि वीरगञ्जको पाली चाँडै समेटियो। प्रेम फाइनलको म्यान अफ दि म्याच पनि घोषित भए। बैतडीका लागि सन्तोष भट्ट, यज्ञमान कुमाल र विनोद लामाले पनि दुई/दुई विकेट लिए। वीरगञ्जका लागि अकिब सुरज कुर्मीले सर्वाधिक ३० रन बनाए। सो पालीमा दोहोरो अङ्कमा रन बनाउने अन्य दुई ब्याट्सम्यान हासिम अन्सारी -१५ रन) र अकिब अन्सारी -१८ रन) थिए।

वीरगञ्जका हासिम प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी र सर्वश्रेष्ठ ब्याट्सम्यान घेाषित भए। चार खेलमा ४४ को औसत र ११८.१२ को स्ट्राइक रेटमा कुल १७६ रन बनाउने हासिमले छ विकेट पनि लिएका थिए।

सर्वश्रेष्ठ बलर बैतडीका विनोद लामा बने। लिग चरणका तीन खेलमा १२ विकेट लिएपछि उनी सर्वश्रेष्ठ बलरको हकदार बनेका हुन्। उनले कुल १४ विकेट लिए।

उपाधि विजेता टिम ट्रफीसहित २५ हजार रुपियाँको हकदार बन्यो। यसैगरी, सर्वश्रेष्ठ खेलाडीले १५ हजार र फाइनलको म्याच अफ दि म्याचले पाँच हजार पुरस्कार प्राप्त गरे।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home