अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
मधेसी सभासद्हरूको भेला हुने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १५ गते। बृहत् मधेसी मोर्चाले नयाँ बन्ने संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन दबाब दिन मधेसी सभासद्हरूको भेला वैशाख १८ गते बोलाउने निर्णय गरेको छ।

सिंहदरबारस्थित मधेसी जनअधिकार फोरम नेपाल संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बृहत् मोर्चाको बैठकले त्यस्तो निर्णय गरेको हो।

अन्तरक्रिया कार्यक्रम सफल पार्न महेन्द्र पासवान, गोपाल ठाकुर, कौशल यादव, रामनरेश राय, सञ्जय साह, विश्वेन्द्र पासवान, मोहम्मद इस्तियाक राईन, भरत साह, प्रदुमनप्रसाद चौहान, रेणु यादव र सदरुलमिया हक सम्मिलित एक व्यवस्थापन समिति गठन गरेको छ। अन्तरक्रिया कार्यक्रम संविधानसभा भवनको ल्होत्से हलमा गर्ने निर्णयसमेत भएको जानकारी गराइएको छ।

साथै, बैठकले मोर्चाको २५ बुँदे आचारसंहितासहित कार्यक्रम र कार्ययोजना पारित गरेको छ ।

मोर्चालाई विस्तार गर्नका लागि विभिन्न राजनीतिक दल, सङ्घसंस्था तथा व्यक्तित्वसँग वार्ता गर्नका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका उपाध्यक्ष शरत्सिंह भण्डारी, एमालेका नेता रामचन्द्र झा, एमाओवादीका नेता रामकुमार शर्मा, नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरी, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान र सदरुलमिया हक सम्मिलित एक वार्ता समितिसमेत गठन गरेको नेता कौशलराय यादवले

जानकारी गराउनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home