अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
पाल्पाको कफीको बाहृय बजारमा माग बढ्दो
रामपुर समाचारदाता
 

रामपुर-पाल्पा), वैशाख १५ गते। पाल्पामा उत्पादित कफीको माग देश विदेशमा बढ्न थालेपछि किसानहरूका लागि कफी खेती दरिलो आम्दानीको स्रोत बन्न थालेको छ। पाल्पामा उत्पादित शुद्ध अर्गानिक कफीको माग स्वदेशदेखि विदेशसम्म बढ्न थालेपछि यहाँका किसानहरूले कफी खेतीलाई पहिलो प्राथमिकतामा पारेका छन्।

पाल्पाली किसानहरूले मनमा उत्साह र जाँगर भएमा घरमै बसेर सजिलै लाखौँ रुपियाँ आम्दानी गर्न सकिने उदाहरण दिन सफल भएका छन्। खेतबारीको ढिककान्लामा लगाइएको कफी आजकल आम्दानीको राम्रो र सजिलो स्रोत बन्न थालेको छ। सामान्यतया बिरुवा रोपेको २ वर्षदेखि कफीले उत्पादन दिने भएकोले किसानहरूतर्फ आकषिर्त हुन थालेका हुन्। पाल्पाका अधिकांश किसानको खेतबारीमा कम्तीमा एक दुई वटा कफीको बोट बिरुवा राख्ने चलन रहे पनि जिल्लाभरि झण्डै २५ सय बढी किसानहरूले व्यावसायिक रूपमै कफी खेतीलाई निरन्तरता दिँदै आएका छन्।

यसरी व्यावसायिक रूपमा कफी खेतीमा लागेका किसानहरूले वर्षको दुई लाख रुपियाँसम्म आम्दानी लिने गरेको जिल्ला कफी व्यवसायी समिति पाल्पाका अध्यक्ष रेवन्तबहादुर विष्टले जानकारी दिनुभयो। त्ाानसेन नगरपालिका तथा गाविसका किसानहरूले कफी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन विभिन्न किसान समूहको गठन गरेको अध्यक्ष विष्टले बताउनुभयो।

वि.सं. २०३८ सालमा १० वटा बिरुवा लगाएर कफी खेती सुरु गर्नुभएका अध्यक्ष विष्टले हालसम्म आइपुग्दा ५ हजार वटा कफीको बिरुवाबाट उत्पादन दिँदै आएको बताउनुभयो।

पाल्पामा बर्षेनी कफी खेती गर्ने किसानहरूको सङ्ख्या बढ्दो छ। कफीले सजिलै आम्दानी दिन थालेपछि अधिकांश किसानहरू कफी खेतीमा आकषिर्त हुन थालेका हुन्। हाल पार्चमिट गरेको कफी किसानको घरबाटै २ सय रुपियाँ किलोमा बिक्री वितरण हुँदै आएको छ। पाल्पामा उत्पादित कफी स्वदेश तथा देश बाहिर जापान, जर्मन, अमेरिकालगायतका देशहरूमा निर्यात हुँदै आएको छ। गत वर्ष मात्रै पाल्पाबाट करिब ४५ मेटि्रक टन कफी निर्यात भएको जिल्ला कफी व्यवसायी सङ्घ पाल्पाले जनाएको छ। जिल्लाका ग्रामीण क्षेत्रहरूमा उत्पादन भएको कफी सङ्कलनका लागि ठाउँ-ठाउँमा ३० वटा सङ्कलन केन्द्र राखिएको छ। किसानहरूलाई कफीसम्बन्धी प्राविधिक जानकारी दिन १० जना प्राविधिक सहजकर्ता गाउँ गाउँमा पुगेर काम गर्दै आएका छन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home