अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
प्रशस्त गृहकार्य गरेर बजेट तर्जुमा गर्न सुझाव
राष्ट्रिय समाचार समिति
 

काठमाडौँ, वैशाख १५ गते। आगामी आर्थिक वर्ष- २०६९/०७० को बजेटमा कृषि, पर्यटन र जलविद्युत्लाई राष्ट्रिय गौरवका आयोजनामा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ।

व्यवस्थापिका-संसदको अर्थ र श्रम सम्बन्ध समितिको आज सिंहदरवारमा बसेको बैठकमा गैरबजेटरी निकासालाई कम गर्नका लागि पनि कृषि, पर्यटन र जलविद्युत्जस्ता आयोजनामा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइएको हो।

समितिका सदस्यहरू डा. तिलक रावल, जिपछिरिङ शेर्पा, शेरबहादुर कुँवर र दुर्गा परियारले राष्ट्रिय महìवका विषयमा अध्ययन गरेर मात्र नीति तथा कार्यक्रममा समावेश गरी सोही बमोजिमको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँहरूले कृषि, पर्यटन र जलविद्युत्जस्ता अर्थतन्त्रका मेरुदण्डकारूपमा रहेका विषयलाई प्राथमिकता दिएर ती आयोजनालाई राष्ट्रिय महìवका आयोजनाका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

सरकारले महìवाकाङ्क्षी नीति तथा कार्यक्रम बनाए पनि कार्यान्वयन नगरेकाले जनतामा निराशा छाएको, सरकारको स्रोत, साधन र सामथ्र्यले गर्नसक्ने कार्यक्रम मात्र ल्याइनुपर्ने तथा जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रकारका सुधार हुनु आवश्यक भएकोमा पनि उहाँहरूको जोड थियो।

उहाँहरूले विगतमा दस्तावेजका रूपमा अत्यन्त राम्रा कार्यक्रम तथा योजनाहरू बनेको भए पनि कार्यान्वयन नभएको, उत्पादन क्षेत्रलाई केन्दि्रत गरेर नयाँ कार्यक्रम अगाडि बढाउनुपर्ने, रोजगारी र उच्च आर्थिक वृद्धिलाई विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभएको थियो।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले रु. चार खर्ब ३९ अर्बभित्र रहेर आर्थिक वर्ष २०६९/७० को बजेट ल्याउने तयारी भइरहेको बताउँदै बजेट बाँडफाँडमा राजनीतिक तहबाट दबाब आउने गरे पनि प्रचलित नियम-कानुनलाई कसैले पनि आँकलन गर्न नसक्ने र कार्यदक्षताका आधारमा बजेट तर्जुमा गरिने स्पष्ट पार्नुभयो ।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाले लगानी वातावरणमा विश्वासिलो आधार तय भइनसकेको वर्तमान अवस्थामा बाहृय र आन्तरिक आयस्रोत तथा अनुदानलाई आधार बनाएर पि|mज हुने किसिमले बजेट ल्याउँदा समस्या उत्पन्न हुने भएकाले यसमा थप छलफलको आवश्यकता रहेको औँल्याउनुभयो।

समितिकी सभापति सुशीला कन्दङ्वाले ठूला र बहुवषर्ीय योजनाहरू अगाडि बढाउन सरकारी तथ्याङ्क नै देशको वास्तविकता आधार भएकाले अर्थमन्त्रीसँग थप परामर्श गर्नुपर्ने आवश्यकता देखिएकाले वैशाख १८ गते अर्को बैठक आहृवान गर्नुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home